×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

परदेशबाट फर्केर सरकारी जागिर

  •  
  • शनिबार, पुष २५, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    – दिनेश रेग्मी, काठमाडौं

    पुस २५, २०७२- एसएलसी पास गरेपछि खोटाङ–१, बितलबका रमेश गेलाल राजधानी छिरे आईकम पढ्न । आर्थिक अभावले पढ्न सहज थिएन । उनले जुक्ति निकाले– पहेंलो कागज किनेर लिफा (खाम) बनाएर स्टेसनरीमा बेच्ने । त्यही खर्चले आईकम सकाए । तर बीबीएस पढ्दा सकस भयो । खामको व्यापार साझेदारीमा चलाए, तर जम्म सकेनन् । आर्थिक दुरवस्थाले च्याप्यो । अनि ऋण खोजेर उनी कतार हानिए, बीबीएस तेस्रो वर्ष पढ्दा पढ्दै । कतारको ५ वर्षे बसाइमा उनले क्लिनरदेखि प्रशासन सहायकसम्मका काम गरे । सप्लाई कम्पनी मार्फत कतारको ठूलो कम्पनी ‘रास ग्यास’ मा काम गर्थे उनी । पछिल्लो अवस्थामा तलब रामै्र भए पनि जति पाउनुपथ्र्यो त्यो मिलेन । कारण थियो– शैक्षिक योग्यता । ‘मेरो पर्फर्मेन्स देखेर कम्पनीले निर्देशक बनाउन
    चाह्यो, जसको तलब हुन्थ्यो– मासिक साढे २ लाख रुपैयाँ,’ उनले सुनाए, ‘मेरो ब्याचलर डिग्री नभएपछि रास ग्यासले रिजेक्ट गर्‍यो र भोलिपल्टै राजीनामा दिएर हिँडें ।’
    मुलुक फिरेर गेलालले फार्म हाउस चलाउन चाहेका थिए उनले तर साथीहरू नमिलेपछि २ वर्ष साइबर कम्युनिकेसन चलाए । स्नातक तहमा प्राइभेट पढ्न थाले । सँगसँगै सुरु गरे, लोकसेवाको तयारी । बीए दोस्रो वर्ष पढ्दै गर्दा खरिदार (सहायक कम्प्युटर अपरेटर)) मा नाम निस्कियो र पोस्टिङ भए– पशु सेवा विभाग, हरिहर भवन, ललितपुरमा । ‘विदेश जानुअघि र फर्केलगत्तै पनि लोकसेवा के हो भन्ने थाहै थिएन, केवल आफ्नै गाउँमा देखेका सरकारी शिक्षक, प्रहरी र सेनामात्र जान्दथें,’ साढे दुई वर्षअघिदेखि सरकारी सेवामा प्रवेश गरेका ३२ वर्षीय गेलालले भने ‘मामाका छोराहरूले तयारी गर्दै गर्दा थाहा पाएँ र मैले पनि सुरु गरेको हुँ ।’ उनी अहिले एक तह माथिल्लो पद नासुमा नाम निकालेर कोष तथा लेखा नियन्यण कार्यालय, जनकपुर, कम्प्युटर अपरेटरमा कार्यरत छन् ।
    साढे २ वर्ष कतारको रोजगारीपछि फर्केका गुल्मीको नयाँगाउँ–५ का ३३ वर्षीय मीनबहादुर घर्ती मगरको मेहनत पनि उस्तै छ । उनी शाखा अधिकृत (लेखा समूह) उत्तीर्ण भएर हाल स्टाफ कलेज, जावलाखेलमा ‘आधारभूत प्रशासनिक प्रशिक्षण’ लिँदै छन् । ३ वर्षअघि निजामतीमा प्रवेश गरेका घर्तीमगर यसअघि रौतहट जिल्ला अदालतमा नासु थिए । भन्छन्, ‘परदेशको दु:ख र विभेद सम्झँदै निजामतीमा भिडेको हुँ, सफल पनि भएँ, अब मेरो जीवनै यसैमा हुन्छ ।’
    घर्तीमगरजस्तै स्टाफ कलेजमा ६ महिने प्रशिक्षणमा व्यस्त अर्का शाखा अधिकृत सम्राट थापामगर रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया पुगेका थिए । कमाइकै लागि विदेश पुगे पनि उनको मन त्यता रमेन । ‘कोरियामा लेबर काम गरेर बस्नुभन्दा लोकसेवा फाइट गर्छु भनेर एक वर्षमै फर्किएर आएँ,’ भकुन्डे–६, बागलुङ निवासी २९ वर्षे थापामगरले सुनाए, ‘जोखिम मालेर आएको थिएँ, पहिलोपटकमै सफल भएँ ।’
    ओखलढुंगा, सिद्धिचरण नपा–३, गैरीगाउँका दिनेश खत्रीको विदेश यात्रा अलि फरक छ । उनी अस्ट्ेरलिया पुगेका थिए अध्ययनलाई माध्यम बनाउँदै, उद्देश्य भने उही थियो पैसा कमाउने । तर, सोचेजस्तो भएन । ‘पढाइ खर्चिलो र भविष्य पनि सुरक्षित देखिनँ । र, २ वर्ष २ महिनामा फर्किएँ,’ ३२ वर्षे खत्रीले सुनाए, ‘जाँदा ८ लाख खर्च भएको थियो र कलेजको लागि ५ लाख मगाएर कुल १३ लाख रुपैयाँ खर्च गरेंको थिएँ ।’ शंकरदेव क्याम्पसबाट बीबीएस गरेर अस्ट्ेरलिया पुगेका खत्रीले फर्केपछि खरिदारदेखि अधिकृतसम्म लोकसेवा दिन थाले र ०७१ मंसिर १६ मा नासुमा नाम निकाले । सुरुमा महालेखा परीक्षकको कार्यालय, बबरमहल जागिर गरेपछि वैकल्पिकबाट उनी शाखा अधिकृतमा सिफारिस भए । हाल उनी जिल्ला निर्वाचन कार्यालय, खोटाङमा प्रमुख छन् ।
    ‘विदेशमा के गरिएन ? रेस्टुरेन्ट, कृषि, सुपरमार्केटमा पनि काम गरें, गाडी पनि धोइयो,’ उनले भने, ‘विदेशको चमकधमक र साथीभाइको लहलहैमा लागेर नहुने रहेछ, आफंैले सोचेर गनुपर्छ ।’ तेस्रो मुलुकका गरिब कामदारबीचकै प्रतिस्पर्धा र तत्कालीन अस्ट्ेरलियाको मन्दीले काम घटीघटाउ मूल्यमा गर्नुपर्दाको पीडा सुनाए उनले । ‘काम सामाजिक परिवेश र प्रतिष्ठासँग पनि जोडिँदो रहेछ,’ ३२ वर्षे खत्रीको ठम्माइ छ, ‘अब मेरो निरन्तरता यसै (निजामती) मै हुन्छ ।’
    दक्षिण कोरिया लगातार ४ वर्ष ९ महिना रोजगारी गरेर फर्केका थम्मनसिंह गौतम हाल कोष तथा लेखा नियन्त्रण कार्यालय स्याङ्जामा कोष नियन्त्रक छन् । कोरिया जानुअघि साढे सात वर्ष शिक्षण पेसा गरेका उनलाई उतिबेला सरकारी कर्मचारीको चाहना उतिसारो थिएन र ‘पैसा कमाउन’ वैदेशिक रोजगार रोजें । तर एक दिन उनले महसुस गरे– पैसाले मात्र सन्तुष्टि दिँदैन । त्यसपछि उनमा पलायो सरकारी सेवामा प्रवेश गर्ने सोच ।
    कोरियाको खटाइ र मेहनतले सरकारी सेवा प्रवेशमा सघाएको बताउँछन् । आरुखर्क–९, स्याङ्जा निवासी ३३ वर्षे गौतम ०७१ मंसिर १६ मा निजामतीमा प्रवेश गरेका हुन् । ‘लगातार करिब ५ वर्ष घरै नफर्किई कोरियामा ३६ घन्टासम्म काम गरें, १६ घन्टासम्म त ३ वर्षसम्म गरियो,’ उनले सुनाए, ‘त्यही मेहनत गर्ने बानीले नै मैले कुनै ट्युसन/कोचिङ नपढी स्वअध्ययनबाटै अधिकृतमा नाम निकालेको हुँ ।’
    वैदेशिक रोजगारमा रहँदा लोकसेवा छिर्ने अघिको उमेर हद नाघ्छ भन्दै हतारिएर फर्किने युवा उत्तिकै छन् । त्यस्तै हतार गरेर फिरेका हुन् विनोदकुमार यादव, जसले दुबई (युएई) र बहराइन गरी करिब ४ वर्ष सिनियर इलेक्ट्रिसियन भएर काम गरेका थिए । निजामतीमा प्रवेश गर्न पुरुष ३५ वर्ष र महिला ४० वर्ष नकटेको हुुनुपर्छ । यादवले ३४ वर्षको उमेरमा खरिदारमा लडे र नाम निकालेर सर्वोच्च अदालतमा पोस्टिङ भए । सेवा प्रवेश गरिसकेकालाई उमेर हद नलाग्ने भएकाले उनका लागि माथिल्लो पदको बाटो खुला भयो । बनौटा–३ महोत्तरीका ३६ वर्षीय यादव हाल सडक विभागअन्तर्गत हेभी इक्विपमेन्ट डिभिजनमा ‘सिनियर इलेक्ट्रिसियन (प्राविधिक नासु) मा कार्यरत छन् । ‘पहिलोपटकमै खरिदार भएँ र फेरि लडेर नासु भएको छु,’ इलेक्ट्रिकल डिप्लोमा गरेका यादव भन्छन्, ‘हेरौं अब के कस्तो हुन्छ ?’
    महोत्तरी, पडोल–२ का देवनारायण यादव ३ वर्ष साउदी अरबमा काम गरेर फर्किएपछि लोकसेवा भिडे । अहिले सिंचाइ विभागमा कम्प्युटर अपरेटर (नासु) मा कार्यरत उनी महालेखा परीक्षको कार्यालय खरिदार (सहायक कम्प्युटर अपरेटर) बाट बढुवा भएका हुन् । ‘अबको योजना मास्टर्स गर्ने र शाखा अधिकृत भिड्ने छ,’ बीएस्सी आईटी गरेका ३६ वर्षीय देवनारायणले भने, ‘साउदीमा ४८ डिग्रीको घाम र लेबर कामसमेत गर्नुपरेको पीडा सम्झेर लागेको छु ।’ साउदीमा कम्प्युटर अपरेटर, टाइम किपिङ, क्लर्क र जे परिआउँछ त्यही काम गरेका थिए उनले । ‘विदेशको जस्तो आम्दनी नभए पनि प्रतिष्ठाको काम र भविष्य सुरक्षित भएकाले ढुक्क छु,’ उनले सुनाए ।
    बीएस्सी गरेर ईपीएसबाट कोरिया हानिएका भद्रपुर–९, झापाका रोशन अधिकारी फर्केर लोकसेवा भिडे । अहिले उनी लोक सेवा आयोगकै कार्यालयमा कम्प्युटर अपरेटर (नासु) मा कार्यरत छन् । ‘पहिल्यैदेखि कम्प्युटर फिल्डमा काम गर्ने हुँदा मलाई सजिलो पनि भो,’ ४ वर्ष कोरियामा बिताएका ३० वर्षीय अधिकारीले सुनाए, ‘विदेशमा परिवार छाडेर बस्नुपर्दाको पीडा छँदैछ, यहाँ फर्केपछि के गर्ने भन्ने पीर हुन्छ, अब म ढुक्क छु ।’
    निजामती सेवामात्र होइन सरकारी संस्थानमा पनि लागेका युवा पनि थुप्रै छन् । तिनैमध्ये एक हुन्, गुल्मी, दरबारदेवीस्थान– ५, उप्रीकोटका मोहन ज्ञवाली । हाल निक्षेप तथा कर्जा सुरक्षण निगम, नेपालगन्ज क्षेत्रीय कार्यालयमा पद खरिदार (कम्प्युटर सहायक) मा कार्यरत उनी साउदी अरबबाट फर्किएका हुन् । ‘मुख्य कुरा अध्ययन नै हो, त्यसैले निस्कियो नाम,’ २८ वर्षे ज्ञवाली भन्छन्, ‘विदेशको आम्दानी हेरेर हुँदैन, स्वदेशकै जागिर धेरै राम्रो ।’ उनलाई जागिर तयारीका क्रममा श्रीमतीको साथ उत्तिकै रह्यो । सँगै तयारी गरे, एकै ठाउँमा नाम निकाले र काम पनि गरे । पछि श्रीमतीले नासुमा निकालिन् ।
    दुईपटक युएई (दुबई) गएर करिब ४ वर्ष कुकको काम गरेर फर्केका गुल्मीको बस्तु–१ का सुजन भण्डारी हाल सैनामैना नगरपालिका (रुपन्देही) कार्यालयमा कम्प्युटर अपरेटर छन् । ‘साथीहरूको कोही दुबई, कोही क्यानडा, नेपाल आएर रेस्टुरेन्ट खोलेका छन्, म सरकारी सेवामा लागें,’ भण्डारी भन्छन् । उनकी श्रीमती पनि शिक्षक छिन् । ‘एकजनाको जागिर भए त चित्त बुझाउनुपथ्र्यो, दुईजनाको छ, विदेश जाने सोच्न पनि छाडियो,’ उनले भने ।
    मलेसियाबाट फर्केर लोकसेवाको परीक्षा भिडेका
    स्याङ्जा, पौवईगौडे–२ रामचन्द्र रेग्मी हाल यातायात कार्यालय, पोखरामा खरिदार छन् । प्रमाणपत्र तह पढ्दापढ्दै मलेसिया हानिएका रेग्मीले फर्किएर फेरि प्लस टु गरे । बीए तेस्रो वर्षमा अध्ययनरत उनी ०६७ चैत १ देखि निजामतीमा प्रवेश गरेका हुन् । ४ वर्ष गोरखाको धावा र ताङ्द्राङमा गाविस सचिवको काम गरेपछि उनी पोखरा पुगेका हुन् । ‘विदेशमा अर्काको अन्डरमा काम गर्न मन लागेन र स्वदेश आएर तयारी गरेको हुँ,’ उनले भने, ‘विदेशमा जति कमाए पनि उस्तै हुने, यतैको कमाइ र बसाइ नै ठीक छ मलाई ।’
    विदेशबाट फर्केर को कति कुन सेवामा लागेका छन्, यकिन छैन । निजामतीमा यो संख्या बिस्तारै बढ्न थालेको लोकसेवा आयोगका अधिकारीको अनुभव छ । ‘अन्तर्वार्ताका क्रममा मैले नै ८/१० जना पुरुष र २ जना महिला वैदेशिक रोजगारीबाट फर्केर आएको भेटकी छु,’ आयोगकी सहायक प्रवक्ता गीताकुमारी होमेगाई भन्छिन्, ‘महिलाहरू सिफारिस भए/भएनन् थाहा भएन, विदेशबाट फर्केर लोकसेवामा भिड्नेहरूको क्रम भने बढ्दै गएको छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.