पुस २५, २०७२- अवैध लागू पदार्थ ओसारपसारमा संलग्न यहाँका दुई महिलालाई १८ केजी चरेस सहित प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो निसीको भलकोटबाट बुर्तिवाङ आउँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसमा यात्रा गरेका रुकुम काक्री ३ का ४२ वर्षीया दानमाया बुढा र ५०की जोकमाया बुढालाई प्रहरीले पक्राउ गरेको प्रनाउ चक्रबहादुर सिंहले बताए ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत निसी-१ स्थित सडकमा प्रहरीले चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिकको ड्रममा कार्टुन टेपले बेरेर लुकाइ छिपाइ लगेको भेटेपछि प्रहरीले पक्राउ गरेको हो ।
उक्त पदार्थ चरेस भएको प्रहरीले ठहर गरी अभियुक्तलाई नियन्त्रणमा लिइ जिल्ला ल्याउने तयारी गरेको छ । पक्राउ महिलालाइ थप अनुसन्धान भइरहेको सिंहले बताए ।
ekantipur




















