×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘ढुंगेलबारेको आदेश कार्यान्वयन शुरु गरिने’

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक विषयसँग सम्बन्‍धित मुद्दाहरु हेर्न थालेको छ।

    माफी दिने सिफारिस कार्यान्वयन नगर्न सर्वोच्च अदालतले बिहिबार आदेश दिएपछि एकीकृत माओवादी नेता बालकृष्ण ढुंगेललाई गिरफ्तार गर्ने प्रक्रिया शुरु गरिने सर्वोच्च अदालतका अधिकारीहरुले बताएका छन्।

    हत्या अभियोगमा पाँच वर्षअघि सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढुंगेललाई माफी दिनु भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेपछि त्यसविरुद्ध मुद्दा दायर गरिएको थियो।

    ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर्याउँदै पाँच वर्षअघि सर्वोच्चले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो।

    तर चार वर्षअघि भट्टराई प्रधानमन्त्री भएका बेला उनलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो।

    फैसला कार्यान्वयन शाखा हुन्छ हाम्रो, फैसला कार्यान्वयन अधिकारी हुन्छ, उसले मान्छे खटाउँछ, पक्रिन्छ वा ढुंगेलले आफैं गएर आत्मसमर्पण पनि गर्न सक्छ

    नहकुल सुवेदी, प्रवक्ता, सर्वोच्च अदालत

    उक्त सिफारिसविरुद्ध उज्जनकुमारकी दिदी सावित्री श्रेष्ठले दायर गरेको मुद्दामा बिहिवार संवैधानिक इजलाशले सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको हो।

    माफी नपाउने निर्णय भएसँगै अब ढुंगेललाई कानुन अनुसार सजायको प्रक्रिया थालिने सर्वोच्चका अधिकारीले बताएका छन्।

    सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले भने, “फैसला कार्यान्वयन शाखा हुन्छ हाम्रो, फैसला कार्यान्वयन अधिकारी हुन्छ, उसले मान्छे खटाउँछ, पक्रिन्छ वा ढुंगेलले आफैं गएर आत्मसमर्पण पनि गर्न सक्छ।”

    संवैधानिक विषयसंग सम्बन्धित मुद्दाको छिनोफानो गर्नका लागि गठित संवैधानिक इजलासले गरेको यो दोस्रो फैसला हो।

    बिहिवारको फैसलापछि आफ्ना नेतालाई आत्मसमपर्ण गर्न लगाउने वा के गर्ने भन्ने विषयमा पार्टीमा छलफल गरिने एकीकृत नेकपा माओवादीले जनाएको छ।

    पार्टी प्रवक्ता दिनानाथ शर्मा भन्छन्, “भर्खरै यो विषय आएको छ, अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल गर्छौं।”

    अदालतले अपराध प्रमाणित गरेर सजाय सुनाएपनि ढुंगेल त्यस विपरीत खुलेआम हिंडेको तथ्य सार्वजनिक भएपछि र हत्या जस्तो फौजदारी मामिलाका दोषीलाई तत्कालीन प्रधानमन्त्री भट्टराईले आममाफीको सिफारिस गरेपछि ढुंगेल, एकीकृत माओवादी र भट्टराईको व्यापक आलोचना भएको थियो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.