×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कुकुर, बिरालो र घाँस सकियो, माटो खाँदै मान्छे

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फोहर फालिएको ठाउँमा अन्न खोजेर खाँदा मडाया सहरका एक बासिन्दा । तस्बिर : ट्वीटरबाट
    एजेन्सी : अबु अब्दुल रहमानले चार दिनदेखि केही खान पाएका छैनन् । सिरियाको मडाया सहरमा भोकमरीका कारण रहमान र उनका परिवारका सदस्य धेरै कम्जोर भइसकेका छन् ।
    कमजोरीका कारण उनी आफ्नो घरभित्र पनि हिँडडुल गर्न सक्ने अवस्थामा छैनन् । हिँड्डुल गर्ने कोशिश गर्यो‍ भने शरीरमा बाँकी रहेको उर्जा पनि सकिएर मर्ने चिन्ताले यिनलाई सताएको छ ।
    रहमानले अलजजिरा टेलिभिजनका अली सादसँग भने, ‘यो सहरमा बिरालो र कुकुर एउटा पनि बाँकी छैनन् । यहाँसम्म कि रुखको पात पनि अब दुर्लभ भइसक्यो ।’
    बीबीसीको रिपोर्टका अनुसार यहाँका बासिन्दा अहिले भोक मेटाउनका लागि माटो खाइरहेका छन् ।
    सिरियाको राजधानी दमास्कसबाट उत्तर–पश्चिम २५ किलोमिटर टाढाको मडाया सहरका बासिन्दा गम्भीर कुपोषणको समस्यासँग जुधिरहेका छन् । यहाँ इन्धन र औषधिको आपूर्ति पुरै ठप्प भएको छ ।
    अघिल्लो साल जुलाई महिनादेखि यो सहरलाई सिरियाली राष्ट्रपति बसर अल असदको सेनाले घेराबन्दी गरेर राखेको छ । रेडक्रसले जनाए अनुसार चिसोबाट बच्नका लागि यो सहरका बासिन्दा प्लास्टिक जलाइरहेका छन् ।
    रहमानले यही अवस्था केही महिना रहेमा यहाँका बासिन्दाले भोकै ज्यान गुमाउनुबाहेक अर्को विकल्प उनीहरुसँग छैन । ‘यहाँ अब जिउँदो रहने कुनै आशा छैन’, उनले दबेको स्वरमा भनेका छन्, ‘यो ददर्नाका अवस्थालाई बुझ्ने र सम्झिने कोही भएन ।’
    सिरियाली अब्जर्भेटरी फर ह्युम्यान राइट्सले बुधबार बताए अनुसार खानै नपाएर यहाँ बालबालिकासहित केही दिनयता २३ जनाले ज्यान गुमाएका छन् ।

    भोकै रहेका मडाया सहरका बालक । तस्बिर : सिबिएस न्यूज
    आईएआईसले कब्जा गरेको यो सहरको पुरै इलाकामा असद नेतृत्वको सरकारी सेनाले सम्पूर्ण आपूर्ति ठप्प पारिदिएको छ ।
    उनीहरुलाई लेबनानको सिया समूह हिजबुल्लाको सेनाको समर्थन मिलेको छ । बेलायतस्थित बेस्ड निगरानी समूहले बताए अनुसार यहाँ खान नपाएर भोकभोकै कम्तिमा तीन सय बालबालिका मर्न लागेका छन् ।
    स्थानीय मानवअधिकारकर्मीहरुले बताए अनुसार मडाया सहरका ४ हजार मानिससम्म खाद्यान्न र औषधि पुग्न सकेको छैन । दमास्कस रेडक्रसका प्रवक्ता पबेल क्रिजिसिकले मडाया सहरबासीको अवस्था अत्यन्तै दयनीय भएको बताएका छन् ।
    उनले डीपीए न्यूजसँग बताए अनुसार यहाँका मानिसहरु भोकले तड्पिरहेका छन् । ‘एकातिर भोक छ भने अर्कातिर असाध्य चिसो बढेका बेला यहाँ बिजुली र इन्धन आपूर्ति ठप्प छ’, उनले भने ।
    मडायाका अस्पताल सञ्चालक र औषधि पसलेले बताए अनुसार यहाँका मानिसहरु आफूलाई जीवित राख्न घाँस खाइरहेका छन् ।

    खान नपाएर सुकेका युवा । तस्बिर : एजेन्सी
    डाक्टर खालिद मोहम्दले डीपीएसँग बुधबार भने, ‘हामीले यहाँका नवजात शिशुहरुलाई दूध उपलब्ध गराउन सकेका छैनौ ।’ शुक्रबारमात्रै यहाँ एक वर्षीय बालकले भोककै कारण ज्यान गुमाए ।
    विपक्षी सिरियन नेशनल कोअलिसनले मडायामा मानवीय विनाको चेतावनी दिएको छ । नजिकैको अर्को सहर जबादनीको अवस्था पनि मडायाको जस्तै छ ।
    संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार पछिल्लो पाँच वर्षमा सिरियामा चलेको हिंसात्मक संघर्षका क्रममा २ लाख ५० हजार मानिसले ज्यान गुमाइसकेका छन् । गृहयुद्धका कारण देश छाड्नेहरुको संख्या २० लाख भन्दा बढिरहेको छ ।
    एजेन्सी

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    विश्व बजारमा तेलको मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.