×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विद्युत प्राधिकरणमा ‘लुटको धन फुपूको श्राद्ध’

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जनतालाई अन्धकारमा राखेर चौबीसै घन्टा बिजुली पाउने उद्योगलाई चार अर्ब छुट

    घरमा चौबीसै घन्टा निर्वाध बिजुली आउने हो भने तपाईं कतिसम्म महसुल तिर्न तयार हुनुहुन्छ?
    ललितपुर, इमाडोलका स्थानीय कविन्द्र नकर्मीलाई यो प्रश्न सोध्दा उनको जवाफ थियो, ‘डबलै तिर्नुपरे पनि तयार छु, लोडसेडिङ कहिल्यै हुन्न भन्ने ग्यारेन्टी चाहिँ हुनुपर्यो।’
    प्रतियुनिट लगभग १० रुपैयाँ महसुल तिरिरहेका उनले थपे, ‘बरु घरको बजेट मिलाउन बिजुली बढी खाने इलेक्ट्रोनिक सामानहरू कम प्रयोग गरुँला।’
    नाकाबन्दीका कारण इन्धन अभावले पिल्सिएका प्रत्येक उपभोक्ता लोडसेडिङमुक्त हुने हो भने डबल वा प्रचलितभन्दा बढी महसुल तिर्न सम्भवतः तयार हुनेछन्।
    यसको अर्थ, विद्युत प्राधिकरण यस्तो खालको प्याकेज ल्याउने तयारीमा लागेको भने होइन। अस्पतालजस्ता अत्यावश्यकीय सेवामा त चौबीसै घन्टा बिजुली दिन नसक्ने प्राधिकरणले सर्वसाधारणका लागि यस्तो सुविधा ल्याउला भनेर कल्पनासम्म गर्न सकिन्न।
    पछिल्लो समय लोडसेडिङका कारण राजधानीका सरकारी अस्पतालले अप्रेसनको समयमा हेरफेर गर्दै आएको प्रशस्त उदाहरण भेटिन्छ। ट्रमा सेन्टरका एक चिकित्सक भन्दै थिए, ‘लोडसेडिङले पावर ब्याकअप नपुगेर अप्रेसनको टाइम सारेको सार्यै गर्नुपर्छ। एकचोटि त अप्रेसन थियटरमा लगेर बेहोस पारिसकेको बिरामीलाई समेत त्यत्तिकै फर्काउनुपर्यो।’
    स्वास्थ्य सेवाधरि प्रभावित हुने लोडसेडिङको यस्तो उत्कर्षमा पनि विद्युत प्राधिकरणले केही उद्योगलाई भने अस्पताललाई भन्दा बढ्ता प्राथमिकतामा राख्दै चौबीसै घन्टा बिजुली दिइरहेकै छ। ती उद्योगलाई प्रचलितभन्दा दोब्बर मूल्य लिने गरी ‘डेडिकेटेट फिडर’ बाट लोडसेडिङरहित बिजुली उपलब्ध गराइँदै आएको थियो।
    यहाँसम्म त ठिक छ। निर्वाध बिजुली पाएपछि उद्योगले हजारौंलाई रोजगारी दिन सक्छन् भन्ने मान्यताका आधारमा यस्तो सुविधा दिनुलाई कसैले गलत ठानेनन्।
    विवाद त्यतिखेर सुरु भयो, जब विद्युत प्राधिकरणले ‘डेडिकेटेट फिडर’ बाट चौबीसै घन्टा बिजुली पाइरहेका उद्योगलाई पनि उपभोक्ता मूल्यमै उपलब्ध गराउने निर्णय गर्यो।
    प्राधिकरण सञ्चालक समितिको यही पुस २० गते बसेको बैठकले ‘डेडिकेटेट फिडरबाट बिजुली लिने उद्योगलाई साबिकको महसुल दरमै चौबीसै घन्टा बिजुली उपलब्ध गराउने’ निर्णय गरेको हो। ‘लुटको धन फुपूको श्राद्ध’ जस्तो गरी निजी उद्योगलाई दिइएको यो छुटबाट प्राधिकरणले चार अर्ब रुपैयाँ महसुल गुमाउनुपर्नेछ।
    नाकाबन्दीका कारण मर्कामा परेका उद्योगलाई राहत दिने नाममा प्राधिकरणले केही सीमित व्यक्तिलाई पोस्ने जुन नीति लियो, त्यसले प्राधिकरणभित्र मात्र होइन, संसदीय समितिमा समेत विरोध भएको छ।
    संसदको सार्वजनिक लेखा समितिले उद्योगहरूलाई चार अर्ब विद्युत महसुल छुट दिने निर्णय तत्काल कार्यान्वयन नगर्न बिहीबार विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।
    ‘बढी महसुल तिर्छु भनी कबुल गरी डेडिकेटेट फिडरमार्फत् चौबीसै घन्टा बिजुली सुविधा पाइरहेका उद्योगलाई एकाएक के आधारमा महसुल छुट दिइएको हो, त्यसबारे विवरण पेस गर्न प्राधिकरणलाई निर्देशन दिएका छौं,’ बिहीबारको बैठकपछि समितिका उपसचिव सुरेन्द्र अर्यालले सेतोपाटीसँग भने।
    सीमित उद्योगलाई प्रभाव र पहुँचका आधारमा लोडसेडिङको मार भोग्नुनपर्ने डेडिकेटेट लाइन उपलब्ध गराएकोमा समितिका सदस्यहरूले असन्तुष्टिसमेत व्यक्त गरेका थिए।
    कुन–कुन ग्राहकले यस्तो सुविधायुक्त बिजुली उपभोग गरिरहेका छन् त्यसको विवरण तीन दिनभित्र पेस गर्न लेखा समितिले प्राधिकरणलाई निर्देशन दिएको छ। त्यस्ता ग्राहकलाई दोब्बर महसुल लिने साबिकको निर्णयमा संशोधन नगरी कुनै किसिमको छुट नदिन पनि लेखा समितिको निर्देशन छ।
    प्राधिकरण सञ्चालक समितिको निजी उद्योग पोस्ने निर्णयमा पूर्व मुख्यसचिव लीलामणि पौड्यालले समेत आपत्ति जनाएका छन्।
    ‘सर्वसाधारणलाई भात पकाउन र अस्पतालमा बिरामीको अप्रेसन गर्न बिजुली अपुग भइरहेको छ, यस्तो बेला उनीहरूको लाइन काटेर निजी उद्योगलाई जम्मा डबल महसुल लिँदै चौबीसै घन्टा बिजुली दिनु नै ठूलो सहुलियत हो,’ पूर्व मुख्यसचिव पौड्यालले सेतोपाटीसँग भने, ‘अहिले आएर महसुल पनि अरू उपभोक्तासरह कायम गर्ने प्राधिकरणको निर्णय अन्यायपूर्ण छ।’
    निर्वाध बिजुली सेवा लिएबापत दोब्बर महसुल तिर्छु भनी कबुल गरेका उद्योगलाई एकतर्फी रूपमा छुट दिने अधिकार प्राधिकरणका अधिकारीहरूलाई नभएको उनले बताए।
    ‘जसले निर्वाध बिजुली पाइरहेका छन्, उनीहरूलाई नै मर्का पर्यो भनेर थप छुट दिनु हाँस्यास्पद कुरा हो,’ उनले भने, ‘निर्वाध बिजुली नपाइरहेका उपभोक्ता, उद्योग र अस्पतालहरू त यहाँ झन् ठूलो मर्कामा छन्, उनीहरूका लागि सरकारले के सहुलियत दिएको छ ?’
    ‘प्राधिकरण भनेको सरकारी निर्णय कार्यान्वयन गर्ने निकाय हो, उद्योगपतिहरूलाई चार अर्ब रुपैयाँ महसुल मिनाहा गर्दै हिँड्ने मालिक होइन,’ पूर्व मुख्यसचिव पौड्यालले भने।
    प्राधिकरणकै कर्मचारी संगठनहरू पनि सञ्चालक समितिको उक्त निर्णयबाट आन्दोलित छन्।
    इन्धन र ग्यास अभाव झेलिरहेका उपभोक्तालाई लोडसेडिङको थप मारमा पार्दै उद्योगहरूलाई साबिककै दाममा चौबीसै घन्टा बिजुली उपलब्ध गराउनु न्यायोचित नभएको भन्दै प्राधिकरणसम्बद्ध पाँच कर्मचारी संगठनले विरोध जनाएका छन्।
    उपभोक्ता चर्को लोडसेडिङको मारमा परिरहेका बेला ‘डेडिकेटेट’ लाइनमार्फत् चौबीसै घन्टा बिजुली पाउने उद्योगलाई महसुलसमेत घटाउनु अन्यायपूर्ण भएको प्राधिकरण कर्मचारी संगठनका पदाधिकारी बताउँछन्।
    यसअघि डेडिकेटेट फिडरबाट लोडसेडिङरहित बिजुली सुविधा पाउने उद्योगले प्रतियुनिट २० रुपैयाँभन्दा बढी महसुल तिर्नुपर्थ्यो। सर्वसाधारण उपभोक्तालाई भने प्रतियुनिट लगभग १० रुपैयाँ पर्छ। न्यूनतम २० युनिटको ८० रुपैयाँ र त्यसमाथि प्रतियुनिट ८ रुपैयाँ महसुल छ।
    ‘प्राधिकरण सञ्चालक समितिबाट त्यस्तो निर्णय हुनु गम्भीर गल्ती हो,’ पूर्व मुख्यसचिव पौड्यालले भने, ‘म यो गल्ती सच्याउन ऊर्जामन्त्रीज्यूलाई आग्रह गर्छु। म उहाँलाई के भन्न चाहन्छु भने, यस्तो छुट दिने अधिकार प्राधिकरणलाई छँदै छैन।’
    साबिककै मूल्यमा निर्वाध बिजुली उपभोग गर्न पाइने भए उद्योग मात्र किन, हरेक उपभोक्ता त्यस्तो सुविधा लिन तयार हुने उनले बताए।
    जस्तो, इमाडोलका नकर्मीले भनेकै छन्, ‘बरु कम प्रयोग गरुँला, तर चौबीसै घन्टा बिजुली आउने भए डबल तिर्न तयार छु।’
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.