×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सुन पसल नै तस्करीमा !

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रकाश ढुंगाना
    काठमाडौंको न्युरोडमा रहेको भाग्य लक्ष्मी ज्वेलर्स नै सुन तस्करीमा सम्लग्न रहेको पाइएको छ। महानगरीय अपराध महाशाखाले सो सुन पसलमा छापा मारेर साढे  ९ किलो सुन बरामद गरेको छ। एक एक केजीमा ९ वटा र आधा किलोको एउटा सुनको विस्कुट प्रहरीले बरामद गरेको हो । प्रहरीले सुन पसलका  संचालकद्वय  विक्रम मित्तल र विबेक मित्तललाई पक्राउ गरेको छ।
    उनीहरु दाजुभाई हुन्। भारतको वेष्ट बंगालको कालिङपुङका दुवै जना काठमाडौं सात आठ वर्षदेखि सुन व्यवसायी गर्दै आएका थिए। प्रहरीले सुन किन्न आएका एक भारतीय नागरिकलाई पनि सुन पसल अगाडीबाट पक्राउ गरेको छ। पहिले सुन किन्न आएका भागिरथ चौधरीलाई समातेको प्रहरीले पछि सुन पसलमा गएर छापा मारेको थियो।
    संगठित रुपमा नै तस्करी
    महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले उनीहरुले संगठित रुपमा नै सुन तस्करी गर्ने गरेको दाबी गरे। लामो समयदेखि उनीहरु सुन तस्करीमा सम्लग्न भएको भन्दै उनले उनीहरुमाथि सुन तस्करी र संगठित अपराधको मुद्दा चलाइने दाबी गरे। उनीहरुले चीनबाट सुन ल्याउने, कलंकीमा गएर लिने र पसलमा लगेर बेच्ने गरेको अनुसन्धानबाट देखिएको उनले सुनाए।
    मामा चीनमा  भान्जा मित्तल दाजुभाइ काठमाडौंमा
    पक्राउ परेका मित्तल दाजुभाइले चीनबाट नेपाली नागरिक मामा भन्ने व्यक्तिले आफूहरुलाई सुन पठाउने गरेको वयान प्रहरीसमक्ष दिएका छन्। मामा भन्ने व्यक्तिको विवरण आइनसकेको र अनुसन्धान भइरहेको एसएसपी खनालले बताए। मामा भन्ने व्यक्ति व्यक्ति चीनमा नै बस्ने गरेको मित्तल दाजुभाइले बताएका छन् । मामा भन्नले चीनबाट पठाएको सुन आफ्नो पसलमा ल्याएर उनीहरुले भारतमा तस्करी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ।
    सुन तस्करीबारे पत्रकार सम्मेलन गरेर जानकारी दिर्दै एसएसपी सर्वेन्द्र खनाल


    सुन तस्कर तातोपानी नाकाबाटै

    प्रहरीले बरामद गरेको सुन तातोपानी नाका हुँदै काठमाडौं आइपुगेको प्रहरीले दाबी गरेको। गत वैशाख १२ गते आएको भूकम्पपछि तातोपानी नाकाहुँदै सुनको तस्करी बढ्न थालेको छ ।  भूकम्पपछि राजस्व छलेर तातोपानी हुँदै काठमाडौं आइपुगेको सुन प्रहरीले ठूलो परिमाणमा समातेको यौ नै पहिलो हो। सुन लुकाएर ल्याउन सजिलो हुने भएकाले मित्तल दाजुभाइले भरिया नै खटाएर सुनको तस्करी गरिरहेको प्रहरीले जनाएको छ। भरियाहरुलाई उनीहरुले एक किलोको  २५ हजारदेखि ५० हजारसम्म दिने गरेको खुल्न आएको छ ।
    प्रहरीलाई  १ करोड १६ लाख ५ हजार कमिसन
    प्रहरीले बरामद गरेको साढे ९ किलो सुनको बजार मूल्य ४ करोड ६६ लाख रुपैयाँ छ। यसरी बरामद गरेको २५ प्रतिशत सुन प्रहरीलाई कमिसनका रुपमा दिनुपर्ने कानुनी प्रावधान नै छ। त्यही रकमबाट प्रहरीले सुराकीलाई पनि रकम बाँडनुपर्छ।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.