×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रोबोट बनाउनेकाे कथा

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    गणेशविक्रम सिंह आले र उनका साथीहरू मिलेर बनाएको बम डिस्पोजल गर्ने रोबोट केही साताअघि मात्रै नेपाली सेनाले ७ लाखमा किनेको छ । सेनाले पहिलोपटक आफ्नै देशमा बनेको बम डिस्पोजल रोबोट किनेको थियो । रोबोट बनाउने समूहको नेतृत्व गरेका आलेको अनुभव :

    पुस २४, २०७२- पुस ७ गते नेपाली सेनाले नेपालीले बनाएको रोबोट खरिद गर्ने सम्झौता गर्‍यो । यो खबरसँगै एकाएक चर्चामा आएका पात्र थिए, गणेशविक्रम सिंह आले । उनको चर्चा किन पनि भएको थियो भने, पहिलोपटक सेनाले आफ्नो देशमा बनेको उत्पादनलाई विश्वास गरेको थियो र आलेले पनि आफूले गर्न सक्छु भन्ने प्रमाणित गरिदिएका थिए ।

    सेनाले रोबोट खरिद गरेको दिन आलेको ‘सपना पूरा भएको दिन’ थियो किनकि उनको दुई वर्षदेखिको मिहिनेत साकार भएको थियो र रोबोटप्रतिको उनको सानैदेखिको लगावले उपलब्धि हात पारेको थियो । तर, यो उपलब्धि उनले यति सजिलै हात पारेका होइनन् । रोबोटको काम गर्न वर्षौंदेखि देखाएको लहडले उनलाई सक्षम बनाएको हो । धेरै रोबोटिक्स प्रतिस्पर्धामा विजेता बनेपछि उनी सेनाको आँखामा परेका थिए ।

    सेनाले २०७० साल चैत अन्तिम साता आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी प्रतिस्पर्धामा आलेको टोली प्रथम भएको थियो । आलेको समूहले विभिन्न काम गर्न सक्ने ८ वटा रोबोटसहित प्रतिस्पर्धामा भाग लिएको थियो । यसअघि काठमाडौंमा आयोजित यन्त्र १.० र यन्त्र २.० मा आलेको समूह विजेता बनेको थियो । सबै प्रतियोगितामा आले टिम लिडर थिए ।

    ‘विजेता बनेपछि सेनाले हामीलाई बम डिस्पोजलमा सहयोग गर्ने रोबोट बनाउने प्रस्ताव गर्‍यो,’ आलेले भने, ‘प्रतिस्पर्धामा भाग लिएको हाम्रो रोबोट सामान्य खालको थियो, त्यसैलाई पटकपटक मोडिफाई गरेपछि नयाँ रोबोट बनेको हो ।’ आलेको समूहले सेनालाई बेचेको रोबोटले दुई काम गर्न सक्छ– सय मिटर परबाट बम रहेको स्थानमा पिक स्टिक लैजान सक्ने र ३ केजीसम्मको बमलाई बोकेर अन्त लैजान सक्ने ।

    पिक स्टिकले बम रहेको स्थान नजिकैबाट पानीको फोहोरा फ्याँकेर बमलाई निष्क्रिय बनाउन मद्दत गर्छ । यसलाई ‘डिस्ट्रक्टर’ पनि भनिन्छ । रोबोटमा तीन क्यामेरा छ जसले टाढैबाट बमको अवस्था, पिक स्टिकसँगको दूरी बताउँछ । ‘यसमा प्रयोग भएका ८० प्रतिशत सामान नेपालमै मोडिफाइड गरिएका सामानहरू हुन्,’ उनी भन्छन्, ‘सेनाकै आवश्यकताअनुसार डिजाइन गरिएको हो ।’

    उनले सेनालाई बिक्री गरेको रोबोट के कारण पनि महत्त्वपूर्ण छ भने यो सेनाले आफ्नो आवश्यकताअनुसार डिजाइन गर्न लगाएको हो । सेनाले यसअघि प्रयोग गरिरहेको बम डिस्पोजल गर्ने रोबोट ३०० किलो तौल भएको र १ करोड ६० लाख हाराहारी मूल्य पर्ने खालका थिए । आलेको समूहले बनाएको रोबोटको विशेषता ? ‘यो जम्मा ३० केजीको छ, बोकेर पनि लैजान सकिन्छ ।

    यो अन्य बम डिस्पोजल रोबोटको तुलनामा सस्तो छ र यसलाई सेनाकै प्राविधिकले पनि सजिलै मर्मत र परिमार्जित गर्न सक्छन्,’ आलेले आफूले बनाएको रोबोटको विशेषता सुनाए । सेनाले किन्नुअघि प्रेसरकुकर, सकेट बमसहित चार वटा बम डिस्पोज गरेर यसको परीक्षण गरिएको थियो । सेनालाई ६ लाख ९५ हजारमा बेचिएको उक्त रोबोटको नाम जीएआईएभी १.० नाम राखिएको छ ।

    आले र उनका मित्र यज्ञप्रसाद देवकोटाको नाम जोडेर रोबोटको नाम जुराइएको हो । आले र देवकोटा पछिल्लो ७ वर्षदेखि मिलेर रोबोटको काम गरिरहेका छन् । सेनालाई बिक्री गरिएको रोबोट बनाउने काममा आले र देवकोटासहित सुमित थापा र अमृत दाहाल पनि संलग्न थिए । थापा र दाहाल राजधानीको एनसीआईटी कलेजका विद्यार्थी थिए ।

    आले र देवकोटा तीन वर्षअघि एनसीआईटीबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङबाट ब्याचलर सकाएका हुन् । जुम्लाका देवकोटा र तेह्रथुमका आलेको रोबोटप्रतिको लगावका कारण ‘दोस्ती’ जमेको थियो । रोबोटप्रतिको लगावकै कारण आलेले राजधानीको बालकुमारीस्थित आफ्नो कोठालाई ल्याबमा बदलेका छन् । ‘दुईमध्ये एक कोठामा ल्याब बनाएको छु,’ आलेले सुनाए, ‘इन्जिनियरिङ कलेजलाई पुग्ने खालको ल्याब छ ।’

    घरबाट लिएको पकेट खर्च र कलेजमा तिर्नुपर्ने फी कटाई–कटाई सामान किनेर उनले ल्याब जोडेका हुन् । भन्छन्, ‘मेरो ल्याबमा ४० लाख जतिको सामान छ ।’ ल्याब जोड्न मिहिनेत गरेका कारण नै उनी अहिले सामानको खोजीमा धेरै भौंतारिइरहनु पर्दैन । ‘ठूल्ठूला लेथ मेसिनमा गर्ने कामहरूबाहेक अधिकांश सामान जोडेको छु,’ आले भन्छन्, ‘इन्जिनियरिङका विद्यार्थीहरू सिक्न र रोबोट बनाउनुपर्दा मेरै ल्याबमा आउँछन् ।’ उनको यो आम्दानीको स्रोत पनि हो ।

    इन्जिनियरिङ सकाएर पनि जागिर खोज्नतिर उनले दु:ख गरेनन् । किन त ? उनको उत्तर छ, ‘इन्जिनियरिङका विद्यार्थीहरू प्रोजेक्ट वर्क गर्न मेरै ल्याबमा आउँछन् । सिक्छन् । सामान प्रयोग गर्छन् । यसैबाट खर्च टर्छ । बाँकी समय उनी आफ्नै काममा बिताउँछन् ।’ पछिल्लो समय उनी सेनाका लागि भनेर तयार गरिएको रोबोटको काममै व्यस्त भए ।

    पटकपटक सेनाको बम डिस्पोजल गर्ने प्राविधिक टोलीसँग भेट गर्नु, बम डिस्पोजलबारे जानकारी लिनु र त्यसैअनुसारको डिजाइन तयार गरी रोबोटमा जोड्नु उनको दैनिकी बनेको थियो । पटकपटक बनाएको रोबोट सेनाले भनेजस्तो नहुँदा उनी निराश नभएका होइनन् । ‘बिक्री गरेको रोबोट फाइनल हुनु अगाडि त्यस्तै खाले दुई रोबोट बनाएर देखाउनुपर्‍यो,’ आले भन्छन्, ‘त्यसैले खर्च २० लाख जति छोयो ।’

    रोबोट बिक्री गरिसकेपछि भने उनले सन्तोषको सास फेरेका छन् । भन्छन्, ‘अब अरू प्रोजेक्टमा हात हालिसकेको छु ।’ उनी अबको केही महिना अर्को रोबोटमा व्यस्त हुँदैछन् । भन्छन्, ‘तालको दुई सय मिटर तलसम्म पुगेर सफा गर्न सक्ने रोबोटमा काम गर्दैछु ।’ सेनाका लागि रोबोट बनाउने योजनामा व्यस्त हुँदा पछिल्लो २ वर्ष उनले अमेरिका र क्यानडामा भएका केही प्रतिस्पर्धामा भाग लिने अवसर छुटाउनुपर्‍यो ।

    तर यसबीचमा उनले अमेरिकाको क्यालिफोर्नियामा भएको एउटा प्रतिस्पर्धामा भाग लिन भने भ्याए । रोबोटले हकी खेल्ने प्रतस्पिर्धामा उनी भाग लिन त गए तर उनलाई निराशा हात लाग्यो । भन्छन्, ‘त्यहाँको नियम र प्राविधिक पक्ष नबुझ्दा फरक पर्‍यो ।’ क्यालिफोर्नियाको रोबोटिक्स सोसाइटीले आयोजना गरेको प्रतिस्पर्धामा उनलाई यो वर्ष पनि निम्तो छ । ‘यो वर्ष अघिल्लो वर्षकै थिममा प्रतिस्पर्धा गर्ने विचार छ,’ भन्छन्, ‘यो वर्ष पोहोरको जस्तो नहोला ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.