×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

यसकारण राजेन्द्र महतो दिल्लीमै बस्न चाहन्छन्, छैन नेपाल आउने योजना

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    Rajendra Mahatoकाठमाडौं । आन्दोलन अलपत्र छाडेर दिल्लीमा चारे होटलमा बसेको भन्दै उनकै कार्यकर्ताले विरोध गरिरहेका बेला सद्भावना अध्यक्ष राजेन्द्र महतो भने अझै दिल्लीमै बस्ने भएका छन् ।

    उनी तत्काल स्वदेश नफर्कनुको खास ठूलो कारण भने छैन । उनलाई एक साता पछि रक्तचापको अवस्थाबारे जाँच गराउन चिकित्सकहरुले सल्लाह दिएका छन् । जुन सामान्य मेडिकलमा पनि सम्भव छ । तर, उपचारमा संलग्न चिकित्सकलाई नै फलोअप गराउनका लागि उनी त्यहाँ बसेका हुन् ।

    आफूसँगै श्रीमतीलाई समेत लिएर गएका महतो दिल्लीस्थित एक तारे होटलमा बसेका छन् । बिरामी भएर गएका महतो तारे होटलमा बस्ने, हामीलाई नाकामा चिसो खुवाएर राख्ने भन्दै वीरगञ्जमा उनको चर्को विरोध भैरहेको छ ।

    उनी नेपाल आउन नचाहरुको अर्को कारण मधेस आन्दोलन नै हो । कार्यदल मार्फत् भैरहेको वार्ता सकारात्मक भएर सहमति गर्ने बेलासम्ममा मात्रै उनी नेपाल फर्कने मनासयमा रहेको बताइएको छ ।

    आफ्ना कारण सहमति भाँडियो भन्ने आरोप लागेपछि उनी दिल्लीमै बसेर सकारात्मक सन्देश चाहेको बताइन्छ । महतो दिल्लीमा बस्नुको अर्को कारण उनी सहमति नभएसम्म काठमाडौं नफर्कने कसम खाएका थिए ।

    मधेसमै बस्दै आन्दोलनमा जानुपर्ने बाध्यता आउने र फेरि रोग बल्झने डर उनमा छ । यस्तै उनले नेपालमा आफू असुरक्षित भएको बताउन समेत थालेका छन् । सहमति नबनेसम्म आफू असुरक्षित हुने भयले उनी उतै अल्झन चाहेका छन् ।

    कार्यदलमा आफ्नो तर्फबाट कसैलाई पनि नपठाएका उनले अन्तिममा कार्यदलले गर्ने निर्णय र महन्थ–उपेन्द्रले गर्ने समझदारी आफूलाई मान्य भएको बताएर आफू पनि वार्ताको पक्षधर भएको पुष्टी गर्न खोजेका छन् ।

    महतोले सहमति सँगै पावर सेयरिङको विषय पनि उठाउन मोर्चाका नेताहरुलाई दबाब दिएका छन् । अनि वर्तमान सरकारको स्वरुप परिवर्तन गरि सत्तामा सामेल हुने योजना पनि दिल्लीमै बनाइरहेको बताइन्छ ।

    यसका लागि उनले दिल्लीको सुत्र प्रयोग गरिरहेको बताइएको छ । सत्ता समिकरणमा सामेल हुने पक्का वातावरण बनाउन पनि उनी दिल्लीमै रहेको स्रोतको दाबी छ ।

    सहमति लगत्तै आन्दोलनरत मधेसी मोर्चालाई पनि सरकारमा समावेश गराउने र उक्त सरकारमा आफ्नो पार्टीलाई महत्वपुर्ण मन्त्रालय चाहिने भन्दै उनले लविङ समेत गरेको स्रोतको दाबी छ ।

    nepalsandesh

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.