×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

द्वन्द्वकालका हत्यारालाई माफी हुँदैन: सर्वोच्च

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    यम विरही
    काठमाडौं: शान्तिप्रक्रिया र माओवादी द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दालाई महत्वपूर्ण रूपमा प्रभावित गर्ने गरी सर्वोच्च अदालतले हत्याका दोषीलाई माफी दिन नमिल्ने फैसला गरेको छ।
    सर्वोच्च अदालतको संवैधानिक इजलासद्वारा द्वन्द्वकालमा भएको एउटा हत्यामा दोषी ठहर भएका एमाओवादी नेता तथा पूर्वसभासद् बालकृष्ण ढुंगेललाई माफी दिन बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको निर्णयविरुद्ध परेको रिटमा बिहीबार यस्तो फैसला भएको हो।
    माओवादी द्वन्द्वका बेला हत्या गरिएका ओखलढुंगा पोकलीका भुवन भनिने उज्जनकुमार श्रेष्ठको कर्तव्य ज्यान मुद्दाका आरोपी ढुंगेललाई सजायको मागसहित मृतककी दिदी सावित्री श्रेष्ठद्वारा दायर रिटमा उक्त निर्णय भएको हो। प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीश सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मि श्र सम्मिलित संवैधानिक इजलासले गरेको उक्त फैसलासँगै अब पुनरावलोकनको बाटोसमेत सकिएको छ।
    हत्याको १८ वर्षपछि पीडितको न्याय प्राप्तिको लडाइँ टुंगिएको छ।सर्वोच्च अदालतको उक्त निर्णयले द्वन्द्वकालीन समयमा भएका गैरराजनीतिक हत्या, यातना र बेपत्ता प्रकरणमा मुद्दा चलेका अभियुक्तमाथि सत्यनिरूपण तथा मेलमिलाप आयोगको छानबिनबिनै कारबाही चलाउन मार्गप्रशस्त भएको कानुनविद्ले बताएका छन्।
    ‘यो राजनीतिक घटना थिएन। यो निर्णयले द्वन्द्वकालीन घटनाका विषयमा सामान्य अदालतमा चलेका मुद्दामा कारबाही अघि बढाउन थप मार्गप्रशस्त गरेको छ’, पीडितका कानुन व्यवसायी रहेका नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले भने, ‘विचाराधीन मुद्दामा मेलमिलाप आयोगलाई कुर्नु पर्दैन।’
    सर्वोच्चले अन्तिम फैसला कार्यान्वयन गर्न अदालतमा समर्पण नगरी माफी दिँदा कानुनी शासनको सिद्धान्त उल्लंघन हुने ठहर गरेको छ। सर्वोच्चले नयाँ जारी भएको नेपालको संविधानमा माफीसम्बन्धी कानुन अभावमा त्यस्तो निर्णय गर्न नसकिने जनाएको छ।
    सर्वोच्चबाट दोषी ठहरिएका ढुंगेलले फैसला कार्यान्वयन प्रक्रियाको सुरुआत नै नगरेको र कानुनले निर्धारण गरेको माफी मिनाहासम्बन्धी प्रक्रियासमेत अवलम्बन गरेको नदेखिएको निर्णयमा उल्लेख छ।’भेदभावपूर्वक कसैलाई लाभ दिने गरी भएको निर्णयबाट समानताको हक, स्वच्छ सुनुवाइ एवं अदालतको निर्णयको अन्तिमताको सिद्धान्त र कानुनी शासनको सिद्धान्तको समेत उल्लंघन हुने’ सर्वोच्चको निर्णयमा उल्लेख छ, ‘सजाय माफी दिने गरी भएको मन्त्रिपरिषद्को सिफारिस निर्णय कार्यान्वयन गर्न दिन मिल्ने नहुँदा त्यस्तो सिफारिस उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ।’
    सर्वोच्चले ‘यथाअवस्थामा माफी नदिनूनदिलाउनू’ भन्दै राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई परमादेशसमेत दिएको छ। कर्तव्य ज्यानसम्बन्धी मुद्दामा २०६६ साल पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो।
    एमाओवादी पूर्वसभासद्लाई आममाफी दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
    यसअघि नै सात वर्ष जेलसजाय भुक्तान गरेका ढुंगेलले अब १२ वर्ष ७ महिना २२ दिन कैद बस्नुपर्नेछ।पुनरावेदन अदालत राजविराजले अभियोगबाट सफाइ दिने गरी भएको फैसला उल्ट्याउँदै ढुंगेललाई सर्वोच्चबाट सुरुमा उक्त सजाय भएको थियो।
    ओखलढुंगा जिल्ला अदालतले भने २०६१ साल वैशाख २८ गते जन्मकैदको सजाय तोकेको थियो। ढुंगेल २०६४ सालमा ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् थिए।
    सर्वोच्चको अन्तिम फैसलापछि कारागार चलान गर्नुपर्नेमा सभासद् बनाइएको दाबीसहित श्रेष्ठले २०६८ साल वैशाखमा रिट दायर गरेकी थिइन्। उक्त रिट विचाराधीन रहेकै अवस्थामा सोही वर्ष कात्तिक २२ गते बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले माफीका लागि राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गरेको थियो।
    उक्त निर्णय कार्यान्वयन भएमा न्यायिक उपचारको हकमा गम्भीर आघात पुगी फौजदारी न्याय र न्यायिक स्वतन्त्रता औचित्यहीन बन्ने दाबीसहित       श्रेष्ठले अर्को रिट दायर गरेकी थिइन्। उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश दिँदै माफीको प्रस्ताव रोकेको थियो।
    २०५५ असार १० गते उज्जनको गोली हानी हत्या भएको थियो । हत्यापछि लिखु खोलामा फ्याँकिएका उज्जनको लास अझै बेपत्ता छ। आफ्ना भाइको हत्या भएको भन्दै ढुंगेललगायत व्यक्तिविरुद्ध किटानी जाहेरी दिएका दाजु गणेशकुमार पनि २०५९ मंसिरमा माओवादीबाटै मारिएका थिए।
    आफ्ना बाबु गणेशकुमारको हत्याका कारण विक्षिप्त बनेकी रचना श्रेष्ठले आत्महत्या गरेकी थिइन्। उज्जन हत्यामा जन्मकैद तोकिएका पुष्कर गौतमलाई पक्राउ गरी थुनामा राखिएको छ।
    ‘त्यो घटना व्यक्तिगत रिसइबि नै थियो। त्यो सबै फैसलामै छ । एमनेस्टीको प्रतिवेदनले पनि स्पष्ट भनेको छ’, न्यायका लागि सर्वोच्च पुगेकी श्रेष्ठले अन्नपूर्णसँग भनिन्, ‘१८ वर्षपछि न्यायको ढोका खुल्यो। पीडित परिवार एकदम खुसी छौं। न्यायको ढोका ढकढक्याए ढिलै भए पनि न्याय पाइँदो रहेछ।’
    उनले किटानी जाहेरी दिएको नाममा मारिए पनि आफ्ना दाजु गणेशकुमारको पनि जित भएको बताइन् । ‘यो फैसलाले अरू पीडितलाई पनि न्यायप्राप्तिको सन्देश दिएको छ’, श्रेष्ठले भनिन्।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.