×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

व्यापारीद्वारा तराई बन्दको प्रतिकार

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मनिका झा

    फोटो : बन्‍दको प्रतिकार गर्ने क्रममा बिहीरबार जनकपुरका व्‍यापारीले जलाएका मोर्चा नेताका मवटरसाइकल। तस्बिर: अन्‍नपूर्ण
    जनकपुरधाम: मधेसी मोर्चाले लामो समयदेखि जनकपुरमा गरेको बन्दको बिहीबार व्यापारीले प्रतिकार गरेका छन्। सोही क्रममा स्थानीय जानकीचोकमा मोर्चाका कार्यकर्ता र व्यापारीबीच झडप भएको छ।
     मोर्चाका कार्यकर्ताले मोटरसाइकल जुलुस प्रदर्शनसहित पसल र व्यापारिक प्रतिष्ठानमा तोडफोड गर्दै जबर्जस्ती बन्द गर्न दबाब दिएका थिए।
    व्यापारीले पसल बन्द गर्न नमानेपछि झडप भएको थियो।
    सोही क्रममा मोर्चाका नेता र कार्यकर्ताले केही पसलमा तोडफोड गरेपछि अक्रोशित व्यापारीले स्थानीय जनकचोकमा जम्मा भई कोणसभाको तयारीमा रहेका सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जयकुमार सिंहको ज २ प ५४१९ र तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष रूपनारायण मण्डल चढेको ज ३ प २९९१ नम्बरको मोटरसाइकलमा आगो लगाएका हुन्।
    आक्रोशित व्यवसायीको समूहले आक्रामक हुँदै जनकचोकमा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष शेषनारायण यादव, सद्भावनाका सञ्जय सिंहसहित नेतालाई लखेटेका थिए । व्यवसायीले नेताहरूलाई आक्रमण गर्न खोज्दा उनीहरू चोकका होटेलमा छिरेका थिए । युवा व्यवसायीले होटेलभित्रै पुगेर नेतामाथि हातपात गर्न खोजेका थिए।
    सद्भावनाका जिल्ला अध्यक्ष सिंहले भने कांग्रेसका जिल्लास्तरीय नेता तथा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार साहको इशारामा घटना भएको बताएका छन्।उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष शिवशंकर साह हीराले लामो समयदेखि आन्दोलनमा व्यापारीहरूले सक्दो समर्थन गर्दै आए पनि पसल र व्यापारिक प्रतिष्ठानमा तोडफोड गर्नु दुःखदायी भएको बताए।
    केही मधेसविरोधी तत्वले यस्तो घटना गराएको र मोर्चाका नेताहरूको मोटरसाइकल जलाउने कार्यमा पनि व्यापारीको नभई घुसपैठियाको हात रहेको साहको भनाइ छ।आक्रमणपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक दलहरूको बैठकले शुक्रबारदेखि आमहडताल थप सशक्त बनाउँदै उद्योग, व्यापार, कलकारखाना र सम्पूर्ण शैक्षिक संस्था बन्द गराउने निर्णय गरेको छ।
    बैठकमा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार साह, व्यवसायी आनन्द झा, पंकज जैन र सन्तोष साहलाई मधेसविरोधी घोषणा गर्दै उनीहरूको पसलमा तालासमेत लगाइएको छ। मोर्चा सम्बद्ध नेता तथा कार्यकर्ताको अगुवाइमा निस्केको जुलुसले चारवटै व्यापारीको पसलमा तालाबन्दी गर्दै सर्टरमा मधेसविरोधी लेखेको थियो।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.