×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

खिचातानीले राहत रोकियो

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गुल्मीको खड्गकोट ३ की भूकम्पपीडित यमकला थापा । तस्बिर : घनश्याम/कान्तिपुर

    पुस २४, २०७२- दलहरूको विवादले अधिकांश भूकम्पपीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् । खड्गकोट र पूर्तिघाटका पीडितलाई न्यानो कपडाको सरकारले दिने १० हजार रुपैयाँ दलहरूकै खिचातानीले बाँड्न रोकिएको छ ।

    सामान्य घरलाई पनि पूरै क्षति भएको वर्गीकरणमा राख्न दलहरूले दबाब दिँदा पीडितको तथ्यांकले अझै पूर्णता पाउन सकेको छैन । बिहीबारसम्म पनि गाविस सचिव र प्राविधिकको सिफारिसमा ‘छुटपुट थप’ भन्दै जिल्ला प्रशासनमा तथ्यांक थपिँदै छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी बलराम अर्यालले अहिलेसम्म २ हजार ९ सय ५ घर पूर्णक्षतिको विवरणमा आएको बताए । ‘अझै छुटपुट आउने क्रम जारी छ,’ उनले भने, ‘अहिले आएका विवरणलाई छुट्टै राखिएको छ, त्यस्तालाई अनुगमनपछि मात्र निर्णय गरिन्छ ।’

    प्रशासनमा संख्या बढ्ने क्रम बढिरहँदा वास्तविक पीडित भने समस्यामा परेका छन् । ‘पैसा आएको भन्ने सुनियो तर हामीलाई होइन रहेछ,’ खड्गकोट ३ की यमकला थापाले भनिन्, ‘जाडो जान लागिसक्यो, पैसा आएको छैन ।’ भूकम्प आएका दिनमा उनी ४ दिनकी सुत्केरी थिइन् । घर पूरै भत्केपछि उनी स्थानीयले बनाइदिएको छाप्रोमा बस्दै आएकी छन् ।

    न्यानो कपडाको रकम बाँड्न खड्गकोट पुगेका गाविस सचिव टंकप्रसाद आचार्य विवादले रकम पूर्तिघाट प्रहरी चौकीमा राखेर सदरमुकाम फर्किएका छन् । ‘राजनीतिक दलबीच सहमति नहुँदा वितरण गर्न सकिएन,’ उनले भने, ‘पीडितले पाउने २९ लाख ९० हजार प्रहरी चौकीमा राखेर फर्किएको छु ।’

    गृह मन्त्रालयले घर पूर्णरूपमा क्षति भएर टहरा वा छाप्रोमा बस्दै आएकालाई मात्र न्यानो कपडा रकम दिने भने पनि स्थानीय तहका दलले प्रशासनको पूर्णक्षति विवरणमा परेका सबैलाई वितरण गर्नुपर्ने दबाब दिएपछि विवाद भएको हो । खड्गकोटका २ सय ९९ घर पूर्णक्षति विवरणमा छन् । तीमध्ये झन्डै १ सय ५० बस्नै नमिल्ने गरी भत्किएकाले छाप्रो, टहरा र गोठमा बस्नुपरेको छ ।

    गुल्मीका खड्गकोट, पूर्तिघाट, फोक्सिङ र भुर्तुङ भूकम्पबाट सबैभन्दा बढी प्रभावित गाविस हुन् । २ सय १४ घर पूर्णक्षति रहेको पूर्तिघाटमा पनि विवाद भएपछि रकम प्रहरी चौकीमै थन्किएको छ ।

    ग्वादीमा घर भत्किएपछि गोठमा बस्दै आएका ग्वादी ३ का लालबहादुर विकले न न्यानो कपडाको रकम पाए, न राज्यको राहत १५ हजार रुपैयाँ नै । ‘मैले अहिलेसम्म ५ हजारमात्र पाएको छु,’ उनले भने, ‘गोठमा भैंसी र मान्छे सँगै बस्दै आए पनि अहिलेसम्म अन्य कुनै सहयोग पाएको छैन ।’

    वनकरियालाई घर
    हेटौंडा – मकवानपुरको हाँडीखोला ७ का भूकम्पपीडित र विपन्न लोपोन्मुख वनकरिया समुदायका निम्ति निर्माण गरिएका १९ घर बिहीबार हस्तान्तरण गरिएको छ । आदिवासी जनजाति महिला मञ्चले ८ लाख लागतमा निर्माण गरेका १९ घर प्रजिअ रामप्रसाद थपलियाले समुदायका अगुवा सन्तमाया
    वनकरियालाई हस्तान्तरण गरेका थिए ।

    भूकम्पका कारण मुसेधापका वनकरियाको घर भत्कँदा उनीहरू स्याउले छाप्रोमा बस्दै आएका थिए । मञ्चले १९ परिवारलाई घर बनाउन जस्तापाता, किलाकाँटी, मिस्त्री र ज्यामी ज्यालालगायत आवश्यक सामान उपलब्ध गराएको थियो । भूकम्पपीडित गरिब वनकरियालाई बासको सहयोग गरेको मञ्च अध्यक्ष सुनी लामाले बताइन् ।

    ८ महिनादेखि त्रिपालमुनि बस्दै आएका ८३ वर्षीय लालबहादुर वनकरिया दम्पती बिहीबारदेखि जस्ताले छाएको घरमा बस्न थालेका छन् । सोही कार्यक्रममा एसोसिएसन अफ सेन्टमेरिज अल्मुनाई नेपालले १ सय १ थान कम्बललगायतका सामान वितरण गरेको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.