×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘बाहुबली’लाई घरमै ग्यास !

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ


    राजेश बर्मा

    काठमाडौं: पैसा, शक्ति र पहुँच छ भने जति संख्यामा पनि ग्यासको सिलिन्डर घरमै आइपुग्छ। ग्यास उद्योगीले उद्योगबाट सीधै पहुँचवालालाई सिलिन्डर पुर्‍याइदिन्छन्।
    सर्वसाधारणले महिनौं दिनसम्म लाममा बसेर पनि नजिकको बिक्रेताबाट आधा सिलिन्डर ग्यास पाउन नसकेको अवस्थामा पहुँचवालाले ‘अर्डर’ दिएको दुई दिनभित्रमै चाहेको परिमाणमा सहजै ग्यास पाउँदै आएका छन्।ग्यास उद्योगले प्रमाणीकरणमा परेका बिक्रेतामार्फत सिलिन्डर बिक्री गर्नुपर्ने सरकारी नियम बेवास्ता गर्दै ग्यास प्लान्टबाट सोझै सिलिन्डर बिक्री गरेर ढुवानी भाडा खर्चबापतको रकम हडप्नुका साथै बिक्रेताको रोजगारसमेत खोसेका छन्।
    ग्यास उद्योगले खाद्य, मदिरा, ग्रोसरी, मार्ट र इलेक्ट्रिक पसलबाट आफूखुसी सिलिन्डर बिक्री गर्दै आएका छन्।सहज रूपमा सर्वसाधारणलाई ग्यास वितरण गर्न नेपाल आयल निगममा सरकारले स्थापना गरेको ‘कन्ट्रोल रुम’ले तयार पारेको तथ्यांकले पैसा, शक्ति र पहुँचको आडमा केही सीमित व्यक्तिले उद्योगबाट सोझै सिलिन्डर पाउने गरेको पुष्टि गर्छ।
    कन्ट्रोल रुमले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी सुगम ग्यास उद्योगबाट उत्पादित सुगम ब्रान्डको सिलिन्डर सोझै पहुँचवालाको लक्षित स्थानमा पुगेको छ। सुगम ग्यासका प्रमुख शिव घिमिरे ग्यास उद्योग संघका अध्यक्षसमेत हुन्। सिलिन्डरको फुटरिङ काट्ने काण्डमा मुछिएका घिमिरेलाई राज्यले उन्मुक्ति दिएको थियो।
    ग्यास उद्योगले खाद्य, मदिरा, ग्रोसरी, मार्ट, इलेक्ट्रिक पसलबाट आफूखुसी सिलिन्डर बिक्री गर्दै आएका छन्।
    कन्ट्रोल रुमका प्रमुख हरिनारायण बेलबासेका अनुसार सुगम कम्पनीले दुई दिन बिराएर नौ पहुँचवालालाई उद्योगबाट सोझै ठूलो परिमाणमा सिलिन्डर उपलब्ध गराएको छ। तथ्यांकअनुसार ग्यास बिक्रेतामार्फत मात्रै बिक्री गर्नुपर्ने व्यवस्था नटेरी घिमिरेले गत आइतबार र मंगलबार गरी आयुष एन्ड अनिष कोल्ड स्टोरलाई दुई दिनमा ३०/३० थान सिलिन्डर सोझै उपलब्ध गराएका छन्।
    ती दुवै दिनमा सुगमले लिटिल एन्जेल्स आवासीय स्कुललाई ७०/७० थान, बावर्ची रिभिजिटेडलाई २०/२० थान, क्षेत्रपाटी पार्टी प्यालेसलाई २०/२० थान, दिव्या पश्मिना उद्योगलाई २०/२० थान, जी क्याफेलाई २०/२० थान, होटेल डिला अन्नपूर्णलाई ३०/३० थान, होटेल शंकरलाई ३०/३० थान र सापकोटा मिठाइ भण्डारलाई ३०/३० थान सिलिन्डर उपलब्ध गराएको छ।
    यसैगरी सुगमले आइतबार नै दी बेकरी क्याफेलाई ७० र नक्सालस्थित भाटभटेनी सुपर मार्केटलाई ७० वटा सिलिन्डर उपलब्ध गराएको छ। ‘सर्वसाधारण महिनौं दिनसम्म लाममा बसेर नजिकको बिक्रेताले सहज रूपमा एक थान सिलिन्डर पाउन सकेका छैनन्’, वाणिज्य विभागका निर्देशकसमेत रहेका बेलबासेले भने, ‘तर थ्रीएम अर्थात् पैसा बढी भएका, बलियो पाखुरा भएका र ठूलो पहुँच भएका बाहुबलीले सजिलै, भनेकै समयमा सीधै उद्योगबाट सिलिन्डर पाएका छन्। ग्यास आएर पनि सर्वसाधारणले पाउन सकेका छैनन्।’
    बेलबासेले बाहुबलका आधारमा वितरण भइरहेको ग्यासको कालोबजारी रोक्न तत्कालै त्यस्ता उद्योगविरुद्ध कारबाही अघि बढाइने बताए।सुगम मात्रै होइन, सगरमाथा, श्रीराम, बाबा, नेपाल ग्यास, साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ब्रान्डलगायत कम्पनीका ग्यास पनि पहुँचका आधारमा र आफूखुसी बिक्री हुँदै आएको छ।
    सगरमाथा ब्रान्डको सिलिन्डर आधिकारिक बिक्रेताको साटो मदिरा र एग्रोभेट पसलमार्फत वितरण भएको फेलापरेको छ। यसैगरी       श्रीराम ग्यास कोल्ड स्टोर, मिन्ट मार्ट र ग्रोसरीबाट वितरण हुँदै आएको छ।
    बाबा ग्यासले नयाँ डिलर बनाएर नयाँ उपभोक्तालाई मात्रै ५ सय २८ वटा नयाँ सिलिन्डर बिक्री गरेको फेलापरेको छ। यस्तै एसटीसीले बिजुली पसलमार्फत सिलिन्डर वितरण गरेको छ।
    उद्योगीले खाद्य स्टोरमार्फत वितरण गर्दा खाद्य स्टोरले चामल नकिन्ने उपभोक्तालाई सिलिन्डर नबेच्ने समस्या देखिएको ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य राजेश दाहालले बताए।ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाले सर्वसाधारण उपभोक्ता तीन महिनादेखि लाममा बसेर पनि आधा सिलिन्डर नपाएर भोकभोकै बस्नुपरेको अवस्थामा पहुँच भएकाले सजिलै उद्योगबाट भनेको समयमा आवश्यक परिमाणमा सिलिन्डर प्राप्त गर्दै आएको बताए।
    ‘उद्योगले सोझै पहुँच भएकालाई चाहेको परिमाणमा सिलिन्डर वितरण गर्दा सर्वसाधारणले सिलिन्डर पाउन सकेका छैनन्’, उनले भने, ‘अहिले अधिकांश पहुँचवालाले ग्यास पाएका छन्।’ ग्यास उद्योग संघका अध्यक्ष तथा सुगम ग्यासका प्रमुख घिमिरेले उद्योगीले आधिकारिक बिक्रेतामार्फत पारदर्शी रूपमा सिलिन्डर बिक्री गरेको दाबी गरे।
    ‘हामीले उद्योगबाट सोझै एउटा संस्था वा व्यक्तिलाई भनेको परिमाणमा सिलिन्डर वितरण गरेका छैनौं। आधिकारिक बिक्रेतामार्फत पारदर्शी रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने। कन्ट्रोल रुमका अनुसार पुस एकदेखि २३ गतेसम्म एक लाख ३२ हजार सात सय ५४ थान सिलिन्डर वितरण भएको छ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.