×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नक्सा पास नहुँदा भूकम्पपीडित अन्योलमा

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस २४, २०७२- विनाशकारी भूकम्पपछि भक्तपुर नगरपालिकाले पुनर्निर्माणका लागि गत कात्तिक १५ मा नै नक्सा पास सार्वजनिक गरेको भए पनि कार्यान्वयनमा नल्याएकाले पीडित अन्योलमा छन् ।

    ‘भूकम्पको धक्काले घर भत्किएर अस्थायी टहरामा बसेको ९ महिना बित्न लाग्यो’, भक्तपुर नगरपालिका क्वाठन्डौंका राजेश मानन्धरले भने, ‘नयाँ घर नबनाई नहुने भएको छ, घर बनाउन नक्सा दर्ता गर्न जाँदा वडा कार्यालयले नयाँ नक्साको मापदण्ड तयार भएको छैन भन्दै फर्काउँछ ।’

    भूकम्पका कारण घर भत्किएर अस्थायी आवासमा पुस–माघको चिसो सहँदै कष्टकर जीवन बिताइरहेका पीडितलाई समयमा नक्सा पासको निकासा नदिँदा पुनर्निर्माण अन्योलमा परेको उनको गुनासो छ ।

    नक्सा दर्ताका लागि वडा कार्यालयमा नक्सा लिएर पुगेका भूकम्पपीडितले वडा कार्यालयले नक्सा दर्ता नगरी नगरपालिकामा सम्पर्क राख्न पठाउने गरेको उनीहरूले बताए ।

    भूकम्पपछि रोक्का रहेको नक्सा पास प्रक्रिया खोल्न नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड जारी गरी नगरपालिकालाई २०७२ भदौ महिनाभित्र विशेष परिषद्बाट अनुमोदन गराई कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

    जसअनुसार विशेष परिषद्बाट निर्णय हुन नसकेको र मुख्यत: भक्तपुरजस्तो परम्परागत र ऐतिहासिक सहरमा नयााँ मापदण्ड लागू गर्दा भूकम्पपीडितले घर बनाउनै नपाउने नगरपालिकाले जनाएको छ ।

    १.५ मिटर सेटब्याक अनिवार्य छोड्नुपर्ने, जोडेर घर बनाउन नपाइने जस्ता प्रावधानहरू अव्यावहारिक भए भन्ने गुनासो आएकाले नेपाल सरकार मन्त्रिपरिषद्बाट असोजमा निकालेको बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ जारी भइसकेको भए पनि नगरपालिकाले नक्सापास फुकुवा सार्वजनिक गरेको छैन ।

    नक्सा पासको विषयमा वडा कार्यालहरूमा सम्पर्क गर्दा निर्णय मात्र प्राप्त भएको तर के आधारमा नक्सा दर्ता गर्ने भन्ने कुरा अन्योल रहेको भन्दै वडा कार्यालयले नक्सा पास गर्न नमान्ने गरेको भूकम्पपीडितको गुनासो छ ।

    ‘भूकम्पले घर ध्वस्त भयो, पुनर्निर्माणको लागि के गर्ने अन्योलमा छौं’, कृष्णेश्वरी त्वायनावासुले भनिन्, ‘रात–दिनको चिसोले घरका सबै बिरामी छन्, नगरपालिकामा बुझ्न जाँदा मापदण्ड बन्दै छ, हतार गर्नुपर्दैन भन्दै पठाउँछ ।’

    भक्तपुर नगरपालिकाले नक्सा पासको अन्योलतालाई चिर्दै केही दिनमै नक्सा पास थालिने जनाएको छ । ‘परिषद्को निर्णयमा नगरपालिकाको साबिक मापदण्डमा नेपाल सरकारले हालै जारी गरेको मापदण्डमा रहेका प्रावधानहरू समावेश गरी एकीकृत मापदण्ड तयार गरको छ’, भक्तपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत कमला घिमिरेले भनिन्, ‘उक्त एकीकृत मापदण्ड वडाहरूमा पठाउन केही ढिलाइ भएको अवश्य हो, एक–दुई दिनमा पुग्छ ।’

    नेपाल सरकारले जारी गरेको मापदण्डमा १० मिटर उचाई तथा तीन तलासम्म अग्ला घरहरूलाई ‘ग’ वर्गका संरचना मानिएको र त्यस्ता संरचना बनाउन प्रोत्साहन गर्ने नीति रहेको समेत उनले बताइन् ।

    तीन तलाभन्दा अग्ला घरहरू निर्माण गर्न घरधनीले माटो परीक्षण गराउनुपर्ने, संरचना डिजाइन गर्नुपर्ने तथा आवासीय घरले समेत वरिपरि चारैतर्फ २ मिटर सेटब्याक छोड्नुपर्ने प्रावधान छ । भक्तपुर नगरपालिकाको साबिक मापदण्डमा भने ३५ फिट उचाइ र चार तलाको प्रावधान रहेको छ ।

    नगरवासीहरू ३५ फिट उचाइमा ४ तले घर बनाउन चाहने तर सरकारी मापदण्डमा ३२.८ फिट (१० मिटर) उचाइमा ३ तलासम्मका मात्र घर बनाउन दिने विषय नमिलेकाले एकीकृत मापदण्ड तयार गर्न परिषद् बैठकबाट नक्सा शाखा प्रमुख इन्जिनियर ओमहरि थापाको संयोजकत्वमा गठन गरिएको कार्यदलले प्रतिवेदन तयार गरिसकेको, प्रतिवेदन पारित पनि भइसकेको र उक्त मापदण्ड नगरपालिकाको २९ औं नगरपरिषद्बाट अनुमोदन गरी कार्यान्वयन गर्ने घिमिरेले बताइन् ।

    भक्तपुर नगरपालिकाभित्रका ६ हजार ४ सय ११ घर पूर्ण रूपमा क्षति भएका छन् । ६ हजारभन्दा बढी घरहरू आशिंक रूपमा क्षति पुगेका छन् । नयाँ संरचना निर्माणका लागि नगरपालिकाले स्पष्ट मापदण्ड दिन नसकेको भूकम्पपीडितको गुनासो छ ।

    जिल्लाका अन्य ५ नगरपालिकाहरूले भने बाटोको मापदण्डलाई हेरफेर गरी बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्डअनुसार नै नक्सा पास गरिरहेको जनाइएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.