×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रचण्डको पछि लागेर ल्हाक्र्याल किन पुगे बैंकक ?

  •  
  • बिहिबार, पुष २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सीता र प्रकाश पार्टीको खर्चमा बैंकक गएका होइनन्ः प्रवक्ता

    Prachanda With Lharkyal

    • प्रचण्डका साथमा प्रकाश दाहाल (१) र ल्हाक्र्याल लामा (२)

    २३ पुस, काठमाडौं । एमाओवादी सचिव वर्षमान पुनको उपचारमा खर्च अभाव भएको गुनासो परिवारबाट आइरहेका बेला अध्यक्ष प्रचण्ड पत्नी र छोरालाईसमेत लिएर बैंकक पुगे । प्रचण्ड स-परिवार बैंकक गएकोमा सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

    सभामुख ओनसरी घर्ती आफ्नो श्रीमान गम्भीर अवस्थामा भएका बेला बैंकक जानु आवश्यक थियो । पार्टी अध्यक्ष भएका हिसाबले अभिभावकत्व प्रदर्शन गर्न र वर्षमानको स्थिति बुझ्नका निम्ति अध्यक्ष प्रचण्ड बैंकक पुग्नु राम्रै हो ।

    तर, प्रचण्डकी पत्नी सीता दाहाल र छोरा प्रकाश सँगसँगै किन बैंकक गए ? वर्षमानको उपचार खर्चसम्बन्धी अनलाइनखबरमा प्रकाशित समाचारमा एक पाठकले यस्तो कमेन्ट लेखेका छन्- ‘उनीहरु त्यहाँसम्म आउआउ गर्ने पैसा बिरामीको उपचारमा लगाएको भए राम्रो हुन्थ्यो कि ? प्रचण्ड बिरामी हेर्न गएका हुन् कि परिवार घुमाउन ?’

    प्रचण्डपत्नी सीता र प्रकाश बैंकक आउजाउ गर्न लाग्ने हवाइ टिकट र त्यहाँ तीन दिन बस्दाखेरिको खर्च वर्षमानको उपचारमा लगाएको भए अर्थपूर्ण हुन्थ्यो भन्ने पाठकको आशय देखिन्छ ।

    ट्राभल एजेन्सीले दिएको जानकारीअनुसार बैंकक जान-आउन एक जनाको हवाइ टिकटमा ४९ हजार ८ सय रुपैयाँ लाग्छ । सीता र प्रकाश दाहाल बैंक नगएको भए टिकमा मात्रै करिब १ लाख रुपैयाँ बच्ने थियो । त्यहाँ रहँदाको होटल खर्च बेग्लै हो ।

    प्रवक्ता शर्मा भन्छन्- उहाँहरु पार्टीको खर्चमा जानुभएको होइन

    एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रचण्ड परिवारको बैंकक यात्रा ‘समाचार बनाउने विषय नभएको’ प्रतिक्रिया दिए । शर्माले भने, ‘उहाँहरु आफ्नो खर्चमा बैंकक पुगेर आउने हैसियत नभएको व्यक्ति होइन, यसलाई समाचार बनाइरहनु आवश्यक छैन ।’

    प्रवक्ता शर्माले प्रचण्ड परिवार पार्टीको खर्चमा बैंकक नगएको दाबी गरे ।

    ल्हाक्र्याल पनि सँगसँगै ?

    प्रचण्डको अघिपछि लागेर ल्हाक्र्याल लामा पनि बैंकक पुगेका छन् । दुई वर्षअघि मात्रै एमाओवादीमा प्रवेश गरेका ल्हाक्र्याल व्यक्तिगतरुपमा वर्षमानका निकट होइनन् ।

    एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थराज्य मन्त्री बनाइएका लामाले दोहोरो नागरिकताको विवादमा परेपछि राजीनामा दिएका थिए । ०७० साल कात्तिक ५ गते एमाओवादीमा प्रवेश गरेका लामा दोस्रो संविधानसभा चुनावपछि समानुपातिक सभासद बन्न सफल भएका हुन् ।

    लामा पैसाको बलमा समासद बनेको आरोप हालै एमाओवादी छाडेका नेता हेमन्तप्रकाश ओलीले लगाएका छन् ।

    एमाओवादी अध्यक्ष प्रचण्डका निजी सचिव जोखबहादुर महराले भने ल्हाक्र्याल र प्रचण्ड परिवार बैंकक सँगै नगएको बताए । ‘संयोगले एउटै प्लेन परेछ,’ महराले भने, ‘तर आ-आफ्नो हिसाबले छुट्टाछुट्टै जानुभएको हो ।’

    एमाओवादी प्रवक्ता दीनानाथ शर्माले पनि ल्हाक्र्याल आफ्नै खर्चमा बैंकक गएकाले प्रचण्डसित जोडेर नहेर्न आग्रह गरेका छन् । उनले प्रश्न गरे- ‘ल्हाक्र्याल लामा आफ्नो खर्चमा बैंकक पुगेर आउन नसक्ने व्यक्ति हो र ?’

    निजी सचिव महराका अनुसार प्रचण्डका परिवार शुक्रबार नेपाल फर्किने कार्यक्रम छ । सभामुख तथा वर्षमान पत्नी ओनसरी घर्ती भने केही दिन उतै बस्ने भएकी छिन् । ल्हाक्र्याल कहिले फर्किन्छन् भन्ने विषयमा भने महराले बताउन चाहेनन् ।

    खर्च समस्या छैन

    एमाओवादी प्रवक्ता शर्माले वर्षमानको उपचारका लागि खर्चको व्यवस्थापन पार्टीले गरिरहेको बताए । पुनको उपचारका लागि भनेर अहिलेसम्म सहयोग संकलन कतै नगरिएको र सरकारबाट पनि सहयोग नभएको शर्माको भनाइ छ ।

    ‘पार्टीको र परिवारको तर्फबाट खर्चको व्यवस्थापन भइरहेको छ,’ उनले भने, ‘परिवारले यसमा कुनै गुनासो गरेको छैन’ पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीसित सल्लाह गरेरै बैंकक लगिएको भए पनि सरकारसित अहिलेसम्म सहयोग नमागिएको उनले जानकारी दिए ।

    यसैवीच प्रचण्डपुत्र प्रकाश दाहालले बैंककको ‘बाङ साङ बिच’ मा घुमघाम गरेको पारिवारिक फोटो फेसबुकमा पोष्ट गरेका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.