×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्पमा आफन्त गुमाएका र घाइतेलाई प्लस टु पढ्न छात्रबृति

  •  
  • बिहिबार, पुष २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – मकर श्रेष्ठ, काठमाडौं

    उच्च माध्यमिक शिक्षा परिषद्ले ११ र १२ कक्षा अध्ययनरत भूकम्पपीडित विद्यार्थीलाई आवाससहित मासिक ५ सयदेखि ७ हजार रुपैयाँसम्म छात्रवृत्ति दिने भएको छ । १ सय ३४ विद्यार्थीले यो अवसर पाउने छन् ।

    परिषदका उपाध्यक्ष चैतन्य शर्माका अनुसार पीडित विद्यार्थीलाई ६ समूहमा विभाजन गरेर मासिक रूपमा छात्रवृत्ति वितरण गर्न लागिएको हो । ‘भूकम्पमा आमाबुबा दुवै वा एक जना गुमाएका विद्यार्थीलाई आवाससहित मासिक भत्ताको व्यवस्था गरेका छौं,’ शर्माले भने । परिषदमा छात्रवृत्तिका लागि आवेदन दिएकामा आमाबुबा दुवै गुमाएका विद्यार्थी तीन जना छन् । त्यस्तै आमा वा बुबामध्ये एक जना गुमाएका ३५ जना छन् ।

    भूकम्पको धक्काले घर भत्किएका र आमाबुबा गुमाएका, बुबा वा आमा र पतिपत्नी गुमाएका, परिवारका अन्य सदस्य गुमाएका, विद्यार्थी स्वयं घाइते भएका, अभिभावक ‘क’ वर्ग या ‘ख’ वर्गको घाइते भएका वर्गीकरण गरेर छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।  उपत्यकाभित्र, उपत्यकाबाहिरका नगरपालिका र ग्रामीण क्षेत्रमै अध्ययन गरेको आधारमा रकम प्रदान गर्न लागेको हो ।

    परिषदका अनुसार बाबुआमा दुवै गुमाएका र घर भत्किएका विद्यार्थीले उपत्यकामा सात हजार, उपत्यकाबाहिर पाँच हजार र ग्रामीण क्षेत्रमा तीन हजार पाउने छन् । बाबु वा आमामध्ये एक गुमाएकालाई उपत्यकाभित्र पाँच हजार, बाहिरका नगरपालिकामा ३ हजार ५ सय र ग्रामीण भेगमा अध्ययन गर्नेले २ हजार ५ सय पाउने छन् । विद्यार्थी स्वयं घाइते भएमा उपत्यका, बाहिर र ग्रामीणमा क्रमश: चार, तीन र दुई हजार रुपैयाँ पाउने छन् । परिवारका अन्य सदस्य गुमाएका विद्यार्थीले तीन, दुई र एक हजार रुपैयाँ पाउने छन् । विद्यार्थीका अभिभावक ‘क’ वर्गको अपांगता भएमा उपत्यकामा दुई हजार, बाहिरको नगरपालिकामा एक हजार पाँच सय र गाउँमा एक हजार पाउने छन् । अभिभावक ख वर्गको अपांगता भएमा एक हजार, आठ सय र पाँच सय रुपैयाँ प्रदान गर्न लागिएको हो ।

    परिषदको १८२ औं बैठकले भूकम्पबाट आमा, बुबा र घर गुमाएका तथा घाइते भएका विद्यार्थीका लागि कक्षा ११ र १२ नि:शुल्क अध्ययन गराउने निर्णय गरेको थियो । छात्रवृत्तिका लागि गत असारमा आवेदन माग गरिएको थियो । परिषदमा पाँच हजार तीन सय ३० विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका छन् । आवेदन दिएका विद्यार्थीमध्येबाट छनोट गरेर छात्रवृत्ति दिन लागिएको हो ।

    भूकम्पपीडित विद्यार्थीलाई नि:शुल्क अध्ययन गराउने सम्बन्धमा गठित कार्यदलले दिएको सुझावका आधारमा पीडितको आधार तय गरेर वर्गीकरण गरिएको हो । परिषद्ले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली प्रकाशन गरिसकेको छ ।

    छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूले पुस मसान्तभित्र आफ्नो सक्कल कागजात पेस गर्नुपर्ने हुन्छ ।

    परिषद्ले घर मात्रै भत्किएका विद्यार्थीहरूको हकमा छानबिन भइरहेको जनाएको छ । छानबिन प्रतिवेदन प्राप्त भएपछि छात्रवृत्ति दिने वा नदिने भन्ने निर्णय गरिने परिषद्ले जनाएको छ ।

    परिषदका अनुसार आमा र बुबा दुवै गुमाएका भक्तपुर नगरपालिका–५ का अनमोल श्रेष्ठ, भीमेश्वर नगरपालिका–५ दोलखाका बालकृष्ण चापागाईं र सिपापोखरी–३ सिन्धुपाल्चोकका सम्झना श्रेष्ठ छन् ।

    उनीहरूले परिषद्मा आमाबुबाको मृत्यु दर्ता प्रमाणपत्र, विद्यार्थी र मृतकको नाता प्रमाणित, जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गरेको भूकम्पपीडित परिवार परिचयपत्र वा प्रशासनको सिफारिस, अध्ययनरत उच्च माध्यमिक विद्यालयको सिफारिस, शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ । यस्ता विद्यार्थीलाई अन्य संघसंस्थाले छात्रवृत्ति प्रदान गरेको हुनु हुँदैन । परिषद्ले माग गरेको सम्पूर्ण कागजपत्र पूरा गरेर राष्ट्रिय वाणिज्य बैंकको कुनै पनि शाखामा खाता खोलेर खाता नम्बरसमेत परिषद्मा उपलब्ध गराउनु पर्ने हुन्छ ।

    बाबु वा आमामध्ये कुनै एक जना गुमाएकालाई पनि छात्रवृत्तिको व्यवस्था गरिएको छ । त्यस्तै विवाहित विद्यार्थीको पति वा पत्नी गुमाएको भए एक जनालाई छात्रवृति दिने भनिएकोमा कसैले पनि निवेदन दिएका छैनन् । आमा गुमाउनेमा २१ जना छन् । त्यस्तै बुबा गुमाउनेमा १२ जनाले छात्रवृत्ति पाउने भएका छन् । उनीहरूले पनि आमाबुबा दुवै गुमाएका जस्तै सम्पूर्ण कागज पेस गर्नुपर्ने हुन्छ ।

    अभिभावक वा स्वयं विद्यार्थी घाइते भई घर पूर्ण रूपमा क्षति भएकाहरूको सूचीमा ५१ जना छन् । कतिपय विद्यार्थीले घाइतेको उल्लेख गरे पनि को घाइते भन्ने खुलाएको छैन । उनीहरूले प्रस्ट खुल्ने कागजपत्र पेस गर्नुपर्ने हुन्छ । यो समूहमा पर्ने विद्यार्थीले घाइते भई घरसमेत पूर्ण क्षति भएको भनी स्थानीय निकायको सिफारिस पेस गर्नुपर्ने हुन्छ । त्यस्तै अपांगता भएको हो भने वर्ग खुल्ने प्रमाण पेस गर्नुपर्ने हुन्छ । बुबाआमा घाइते भएको हो भने नाता प्रमाणित पेस गर्नुपर्ने हुन्छ । अन्य कागजात मृतक भएका व्यक्तिकै सरह शैक्षिक प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

    एउटै परिवारका सदस्य गुमाएकालाई पनि छात्रवृत्ति दिइने छ । हजुरआमा, हजुरबुबा, दिदीबहिनी, दाजु, भाउजू, भाइ, ठूलो बा, ठूली आमा, भतिजाको मृत्यु भएकाहरूले निवेदन पेस गरेका छन् ।

    परिषदका अनुसार ११ विद्यार्थी स्वयं घाइते भएका छन् । यी सबै कक्षा ११ का विद्यार्थी हुन् । त्यसमा ६ छात्रा छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.