×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एन्फाका चार गाडी गायब

  •  
  • बिहिबार, पुष २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दीपेन्द्र गुरुङ

    फोटो :फाइल फोटो
    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न मितिमा खरिद गरेका चारवटा गाडी एन्फाको स्वामित्वमै नरहेको तथ्य फेला परेको छ।
    एन्फाको पैसामा किनिएका ती गाडी एन्फाको नाममा नामसारी नगरी अन्यत्रै प्रयोग र पुनः किनबेच हुँदै आएको छ।संसद्को सार्वजनिक लेखा समितिमा बुझाइएको लेखापरीक्षण प्रतिवेदनअनुसार एन्फाले २०६० यता ठूलो रकम खर्च गरेर चारवटा गाडी किनेको छ।
    एन्फाले खरिद गरेकामध्ये तीन गाडीको मात्रै एक करोड ३० लाख ४० हजार मूल्य पर्छ भने अर्को एक गाडीको मूल्य खुलेको छैन। ती गाडी खरिदबिक्री गर्दा अनिवार्य रूपमा जारी गर्नुपर्ने सार्वजनिक सूचनासमेत गरिएको छैन।
    गाडी खरिदका विषयमा एन्फा कार्यसमितिको बैठकबाट निर्णय पनि गराइएको छैन। यी गाडी खरिदबिक्री गर्दा गणेश थापा एन्फाको अध्यक्ष थिए। उनी हाल भ्रष्टाचार आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) द्वारा १० वर्षे प्रतिबन्धमा छन्। फिफाको निलम्बनसँगै उनी एन्फा जिम्मेवारीबाट पनि निलम्बित छन्।
    पदबाट हटिसकेको अवस्थामा पनि थापाले अहिले एन्फाकै पैसामा खरिद गरिएको एक करोड १० लाख रुपैयाँबराबरको फर्टचुनर गाडी चढिरहेका छन्। त्यो गाडी फर्काउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र फिफाले निर्देशन दिएको छ। एन्फाका पदाधिकारीले झन्डै २१ वर्ष एन्फामा रहेका थापाबाट उक्त गाडी फिर्ता ल्याउन सकेका छैनन्।
    एन्फाले २०६० सालमा तत्कालीन केन्द्रीय सदस्य लाक्पादोर्जे लामासँग जिप किनेको थियो। एन्फालाई गाडी बेच्ने जाउलाखेलका गलैंचा व्यवसायी लामा अहिले क्यानडामा छन्। त्यो गाडी एन्फाको नाममा नामसारी नै नगरी बिक्री गरेको देखिन्छ।
    त्यो गाडीका बारेमा एन्फाको लेखापरीक्षण प्रतिवेदनमा समेत उल्लेख छैन। त्यसपछि २०६६ सालमा एन्फाकै पैसामा अर्को टाटा सुमो गाडी किनेको देखिन्छ । आर्थिक वर्ष २०६६/६७ को लेखापरीक्षण प्रतिवेदनमा २३ लाख ४० हजार रुपैयाँमा टाटा सुमो खरिद गरिएको देखाइएको छ।
    टाटा सुमो ०६८ सालको लेखापरीक्षण प्रतिवेदनसम्म एन्फाको सम्पत्तिमा देखाइएको छ। त्यसपछि भने त्यो विषय लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छैन। लेखापरीक्षण प्रतिवेदनमा न गाडी देखाइएको छ न त बेचेर आएको रकम उल्लेख छ।

    सोही वर्ष एन्फाकै पैसामा अर्को पजेरो खरिद गरिएको रेकर्ड छ। बा ३ च २२९४ नम्बरको त्यो पजेरो आयुष श्रेष्ठसँग खरिद गरिएको थियो। त्यसका लागि श्रेष्ठलाई ४० लाख रुपैयाँ भुक्तानी दिइएको थियो।

    एन्फाले खरिद गरेकामध्ये तीन गाडीको मात्रै एक करोड ३० लाख ४० हजार मूल्य पर्छ भने अर्को एक गाडीको मूल्य खुलेको छैन।
    २०६९ सालको लेखापरीक्षण प्रतिवेदनमा उक्त रकम बेरुजुमा देखाइएको छ। गाडी श्रेष्ठकै नाममा रहेकाले एन्फाको नाममा नामसारी गर्न लेखापरीक्षण प्रतिवेदनमा सुझाव दिइएको छ। यद्यपि एन्फाले त्यो गाडीलाई पनि आफ्नो नाममा ल्याएको छैन । त्यो पजेरो २०७० को लेखापरीक्षण प्रतिवेदनसम्म एन्फाको सम्पत्तिमा देखाइएको छ।
    यातायात कार्यालयको रेकर्डअनुसार आयुष श्रेष्ठपछि त्यो पजेरो अन्य तीनजनाको नाममा नामसारी भइसकेको छ। अहिले बा ३ च २२९४ नम्बरको त्यो पजेरो मुस्ताङका कर्मा गुरुङको नाममा दर्ता छ।
    २०७० सालकै लेखापरीक्षण प्रतिवेदनमा त्यो पजेरोसँगै हाल तात्कालीन अध्यक्ष थापाले प्रयोग गरिरहेको फर्टचुनर गाडीलाई पनि एन्फाको सम्पत्तिमा देखाइएको छ। फर्टचुनर गाडी पनि एन्फाको नाममा आएको छैन। त्यो गाडी ललितपुरस्थित एक गाडी कम्पनीको नाममा दर्ता छ।
    एन्फाका वर्तमान पदाधिकारी हाल थापाले प्रयोग गरिरहेको फर्टचुनरसहित चारवटै गाडी एन्फाको सम्पत्ति भएको दाबी गर्छन् । यद्यपि ती गाडी एन्फाको नाममा ल्याइए÷नल्याइएको बारे भने एन्फा पदाधिकारी आफैं अनभिज्ञ छन्।
    पुराना गाडीबारे सोध्दा एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधर भन्छन्, ‘उहाँ (गणेश थापा) ले पुराना गाडी बिक्री गरेर नयाँ किन्नुभएको हो, उहाँले चढ्नुभएको फर्टचुनर गाडी एन्फाको हो।’
    सीईओ तुलाधरले गाडी फिर्ता ल्याउनेबारे छलफल भइरहेको दाबी गरे। एन्फाले थापाबाट त्यो गाडी फिर्ता ल्याउनेबारे निर्णय भने गरिसकेको छैन।’गाडी फिर्ता ल्याउने विषयमा हामीले कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठसँग कुरा गरिरहेका छौं, निर्णय भइसकेको छैन’, तुलाधरले भने।
    नेपाली खेलकुदबारे जानकार वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने कुनै पनि खेल संस्थाले सार्वजनिक सूचना जारी गरेरमात्रै सामान खरिद गर्नुपर्ने नियम रहेको बताउँछन्। उनका अनुसार सार्वजनिक संस्थाहरूले कुनै सामान खरिद गर्दा बोर्डमार्फत निर्णय गरी सार्वजनिक सूचना जारी गर्नुपर्ने र आएका प्रस्तावमध्ये विशेषज्ञको सुझावमा सबैभन्दा कम मूल्यको सामान रोज्नुपर्ने हुन्छ।
    त्यसो नगरिएमा सम्बन्धित निकायमाथि कारबाही गर्न सकिने न्यौपानेको भनाइ छ। ‘सार्वजनिक सूचनाबिना सामान खरिद गर्दा भ्रष्टाचार हुने सम्भावना रहन्छ। संस्थालाई मितव्ययी बनाउने कर्तव्यबाट च्यूत भएको मानिन्छ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा राष्ट्रिय खेलकुद परिषद्, मन्त्रालय वा अन्य कुनै निकायले कारबाही अघि बढाउन सक्छ।’
    तात्कालीन अध्यक्ष थापाले गाडी किनेको वा बेचेकोबारे आफ्नै समितिका पदाधिकारीलाई जानकारी दिएका थिएनन् । एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पा भन्छन्, ‘थापा गाडी फेरी-फेरी चढेर हिँड्थे तर कहिले र कसरी गाडी किनियो, त्यसको स्रोत के हो, कसैलाई जानकारी हुँदैनथ्यो।’
    एन्फाको पैसामा गाडी सुविधा लिने थापाले आफ्नो नाममा रहेको व्यक्तिगत गाडी भने एन्फालाई नै भाडामा लगाउँदै आइरहेको देखिन्छ। उनले सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकप फुटबलबाट फर्केलगत्तै टोयोटा कार किनेका थिए।
    त्यो कार थापाले नेपाली राष्ट्रिय टोलीका विदेशी प्रशिक्षकलाई भाडामा दिने गरेका छन्। विदेशी प्रशिक्षकलाई भाडामा दिएबापतको भाडा भने एन्फाले नै तिर्दै आएको छ। थापाको त्यो कार पूर्वप्रशिक्षकहरू ग्राहम रोबर्टस् र ज्याक स्टेफानोस्कीले चढेका थिए।
    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न मितिमा खरिद गरेका चारवटा गाडी एन्फाको स्वामित्वमै नरहेको तथ्य फेला परेको छ।
    एन्फाको पैसामा किनिएका ती गाडी एन्फाको नाममा नामसारी नगरी अन्यत्रै प्रयोग र पुनः किनबेच हुँदै आएको छ।संसद्को सार्वजनिक लेखा समितिमा बुझाइएको लेखापरीक्षण प्रतिवेदनअनुसार एन्फाले २०६० यता ठूलो रकम खर्च गरेर चारवटा गाडी किनेको छ।
    एन्फाले खरिद गरेकामध्ये तीन गाडीको मात्रै एक करोड ३० लाख ४० हजार मूल्य पर्छ भने अर्को एक गाडीको मूल्य खुलेको छैन।ती गाडी खरिदबिक्री गर्दा अनिवार्य रूपमा जारी गर्नुपर्ने सार्वजनिक सूचनासमेत गरिएको छैन।
    गाडी खरिदका विषयमा एन्फा कार्यसमितिको बैठकबाट निर्णय पनि गराइएको छैन। यी गाडी खरिदबिक्री गर्दा गणेश थापा एन्फाको अध्यक्ष थिए। उनी हाल भ्रष्टाचार आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) द्वारा १० वर्षे प्रतिबन्धमा छन्। फिफाको निलम्बनसँगै उनी एन्फा जिम्मेवारीबाट पनि निलम्बित छन्।
    पदबाट हटिसकेको अवस्थामा पनि थापाले अहिले एन्फाकै पैसामा खरिद गरिएको एक करोड १० लाख रुपैयाँबराबरको फर्टचुनर गाडी चढिरहेका छन्। त्यो गाडी फर्काउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र फिफाले निर्देशन दिएको छ। एन्फाका पदाधिकारीले झन्डै २१ वर्ष एन्फामा रहेका थापाबाट उक्त गाडी फिर्ता ल्याउन सकेका छैनन्।
    एन्फाले २०६० सालमा तत्कालीन केन्द्रीय सदस्य लाक्पादोर्जे लामासँग जिप किनेको थियो। एन्फालाई गाडी बेच्ने जाउलाखेलका गलैंचा व्यवसायी लामा अहिले क्यानडामा छन्। त्यो गाडी एन्फाको नाममा नामसारी नै नगरी बिक्री गरेको देखिन्छ।
    त्यो गाडीका बारेमा एन्फाको लेखापरीक्षण प्रतिवेदनमा समेत उल्लेख छैन। त्यसपछि २०६६ सालमा एन्फाकै पैसामा अर्को टाटा सुमो गाडी किनेको देखिन्छ । आर्थिक वर्ष २०६६/६७ को लेखापरीक्षण प्रतिवेदनमा २३ लाख ४० हजार रुपैयाँमा टाटा सुमो खरिद गरिएको देखाइएको छ।
    टाटा सुमो ०६८ सालको लेखापरीक्षण प्रतिवेदनसम्म एन्फाको सम्पत्तिमा देखाइएको छ। त्यसपछि भने त्यो विषय लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छैन। लेखापरीक्षण प्रतिवेदनमा न गाडी देखाइएको छ न त बेचेर आएको रकम उल्लेख छ।
    सोही वर्ष एन्फाकै पैसामा अर्को पजेरो खरिद गरिएको रेकर्ड छ। बा ३ च २२९४ नम्बरको त्यो पजेरो आयुष श्रेष्ठसँग खरिद गरिएको थियो। त्यसका लागि श्रेष्ठलाई ४० लाख रुपैयाँ भुक्तानी दिइएको थियो।
    एन्फाले खरिद गरेकामध्ये तीन गाडीको मात्रै एक करोड ३० लाख ४० हजार मूल्य पर्छ भने अर्को एक गाडीको मूल्य खुलेको छैन।
    २०६९ सालको लेखापरीक्षण प्रतिवेदनमा उक्त रकम बेरुजुमा देखाइएको छ। गाडी श्रेष्ठकै नाममा रहेकाले एन्फाको नाममा नामसारी गर्न लेखापरीक्षण प्रतिवेदनमा सुझाव दिइएको छ। यद्यपि एन्फाले त्यो गाडीलाई पनि आफ्नो नाममा ल्याएको छैन । त्यो पजेरो २०७० को लेखापरीक्षण प्रतिवेदनसम्म एन्फाको सम्पत्तिमा देखाइएको छ।
    यातायात कार्यालयको रेकर्डअनुसार आयुष श्रेष्ठपछि त्यो पजेरो अन्य तीनजनाको नाममा नामसारी भइसकेको छ। अहिले बा ३ च २२९४ नम्बरको त्यो पजेरो मुस्ताङका कर्मा गुरुङको नाममा दर्ता छ।
    २०७० सालकै लेखापरीक्षण प्रतिवेदनमा त्यो पजेरोसँगै हाल तात्कालीन अध्यक्ष थापाले प्रयोग गरिरहेको फर्टचुनर गाडीलाई पनि एन्फाको सम्पत्तिमा देखाइएको छ। फर्टचुनर गाडी पनि एन्फाको नाममा आएको छैन। त्यो गाडी ललितपुरस्थित एक गाडी कम्पनीको नाममा दर्ता छ।
    एन्फाका वर्तमान पदाधिकारी हाल थापाले प्रयोग गरिरहेको फर्टचुनरसहित चारवटै गाडी एन्फाको सम्पत्ति भएको दाबी गर्छन् । यद्यपि ती गाडी एन्फाको नाममा ल्याइए÷नल्याइएको बारे भने एन्फा पदाधिकारी आफैं अनभिज्ञ छन्।
    पुराना गाडीबारे सोध्दा एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधर भन्छन्, ‘उहाँ (गणेश थापा) ले पुराना गाडी बिक्री गरेर नयाँ किन्नुभएको हो, उहाँले चढ्नुभएको फर्टचुनर गाडी एन्फाको हो।’
    सीईओ तुलाधरले गाडी फिर्ता ल्याउनेबारे छलफल भइरहेको दाबी गरे। एन्फाले थापाबाट त्यो गाडी फिर्ता ल्याउनेबारे निर्णय भने गरिसकेको छैन।’गाडी फिर्ता ल्याउने विषयमा हामीले कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठसँग कुरा गरिरहेका छौं, निर्णय भइसकेको छैन’, तुलाधरले भने।
    नेपाली खेलकुदबारे जानकार वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने कुनै पनि खेल संस्थाले सार्वजनिक सूचना जारी गरेरमात्रै सामान खरिद गर्नुपर्ने नियम रहेको बताउँछन्। उनका अनुसार सार्वजनिक संस्थाहरूले कुनै सामान खरिद गर्दा बोर्डमार्फत निर्णय गरी सार्वजनिक सूचना जारी गर्नुपर्ने र आएका प्रस्तावमध्ये विशेषज्ञको सुझावमा सबैभन्दा कम मूल्यको सामान रोज्नुपर्ने हुन्छ।
    त्यसो नगरिएमा सम्बन्धित निकायमाथि कारबाही गर्न सकिने न्यौपानेको भनाइ छ। ‘सार्वजनिक सूचनाबिना सामान खरिद गर्दा भ्रष्टाचार हुने सम्भावना रहन्छ। संस्थालाई मितव्ययी बनाउने कर्तव्यबाट च्यूत भएको मानिन्छ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा राष्ट्रिय खेलकुद परिषद्, मन्त्रालय वा अन्य कुनै निकायले कारबाही अघि बढाउन सक्छ।’
    तात्कालीन अध्यक्ष थापाले गाडी किनेको वा बेचेकोबारे आफ्नै समितिका पदाधिकारीलाई जानकारी दिएका थिएनन् । एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पा भन्छन्, ‘थापा गाडी फेरी-फेरी चढेर हिँड्थे तर कहिले र कसरी गाडी किनियो, त्यसको स्रोत के हो, कसैलाई जानकारी हुँदैनथ्यो।’
    एन्फाको पैसामा गाडी सुविधा लिने थापाले आफ्नो नाममा रहेको व्यक्तिगत गाडी भने एन्फालाई नै भाडामा लगाउँदै आइरहेको देखिन्छ। उनले सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकप फुटबलबाट फर्केलगत्तै टोयोटा कार किनेका थिए।
    त्यो कार थापाले नेपाली राष्ट्रिय टोलीका विदेशी प्रशिक्षकलाई भाडामा दिने गरेका छन्। विदेशी प्रशिक्षकलाई भाडामा दिएबापतको भाडा भने एन्फाले नै तिर्दै आएको छ। थापाको त्यो कार पूर्वप्रशिक्षकहरू ग्राहम रोबर्टस् र ज्याक स्टेफानोस्कीले चढेका थिए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.