×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

म सुरुदेखि नै लखेटिएकी थिएँः आयुक्त गुरुङ

  •  
  • बिहिबार, पुष २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शरद अधिकारी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री थापा (गुरुङ)ले नियुक्तीसँगै आफूलाई लेखेट्ने क्रम सुरु भएको र यो क्रम अझै जारी रहेको बताएकी छन् । आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले बुुधबार आयुक्त गुरुङले सम्हाल्दै आएका विभिन्न जिम्मेवारी खोसेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।
    प्रमुख आयुक्तबाट जिम्मेवारी खोसिएपछि सेतोपाटीसँग गुरुङले भनिन्, ‘आयोगका आयुक्तहरुलाई प्रमुख आयुक्तहरुलाई जिम्मेवारी बाडफाँडको क्रममा मलाई पनि केही जिम्मेवारी दिइएको छ। तर ती जिम्मेवारीबाट मलाई हटाइएको मैले पनि सुनें। तर मलाई जिम्मेवारीबाट हटाइएको औपचारिक जानकारी मैले पाएको छैन।’
    आयोगका विभिन्न आयुक्तहरुलाई प्रमुख आयुक्तले विभिन्न मन्त्रालय तथा विभागका गतिविधि र आयोगमा परेका उजुरी हेर्न जिम्मेवारी तोक्ने गरेका छन्। प्रमुख आयुक्त कार्कीले बुधबार आयुक्त गुरुङलाई हेर्न तोकिएका मन्त्रालय हेर्ने जिम्मेवारीबाट मुक्त गरेका छन्।
    उनलाई परराष्ट्र, सिँचाई, भौतिक योजना तथा पूर्वाधार, बाणिज्य, आपूर्ति र उद्योग मन्त्रालय लगायत मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्रका सरकारी कार्यालयको प्रारम्भिक अध्ययन गर्ने जिम्मेवारी तोकिएको थियो। उनलाई जिम्मेवारीबाट हटाइएको समाचारप्रति आश्चर्य व्यक्त गर्दै गुरुङले भनिन्, ‘म आयोगको आयुक्त भएदेखि नै मलाई लखेट्ने काम भएको हो। अहिले आएका कुरा पनि त्यसैको एउटा सिलसिलामात्र हो।’ उनले आयोगमा काम गर्ने वातावरण नभएको पनि बताइन्।
     आयोगमा गुरुङसहित ५ आयुक्त २०७१ चैत १९ गते नियुक्त भएका थिए। उनी आयुक्तमा नियुक्त हुनु अघि त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदमा आवेदन दिएकी थिइन्। प्राध्यापक हुने आशाले गर्दा उनले सहप्राध्यापक पदमै एक बर्षको बेतलवी विदा स्वीकृत गराएकी थिइन्।
    गुरुङबारे सर्वोच्च अदालत लगायत विभिन्न पत्रपत्रिकामा नैतिक तथा कानुनी प्रश्न उठेपछि आयोगका प्रमुख आयुक्तले वुधबार उनले सम्हाल्दै आएको जिम्मेवारीबाट हटाएका थिए। आयोगको आयुक्तमा नियुक्त भए यता पनि गुरूङले त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पदबाट राजीनामा नगरी दोहोरो सुविधा लिएको आरोप लगाउँदै एक कानुन व्यवसायीले सर्वोच्चमा मुद्धा हालेका थिए।
    दोहोरा सुविधा लिएकोबारे सोधिएको प्रश्नमा गुरुङले भनिन्, ‘मैले मेरो नियुक्ती विरुद्ध मुद्दा हालिएकोबारे मलाई कहींकतैबाट केही जानकारी प्राप्त भएको छैन । केवल पत्रपत्रिकाबाट पढेकोमात्र हो । यो सन्दर्भमा चर्चा चल्नु अघि नै मैले त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पदबाट राजीनामा गरिसकेको छु । विश्वविद्यालयले मेरो राजीनामा स्वीकृत गरिसकेको छ ।
    ’
    यसअघि पनि अख्तियार लगायतका संवैधानिक आयोगमा आफू कार्यरत संस्थामा पद कायम राख्दै नियुक्ती लिने र काजमा जाने गरेको आधारमा आफूले पनि त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पदलाई कायम राख्दै वेतलवी विदा स्वीकृत गराएर आयुक्तको पदमा नियुक्ती लिएको उनले बताइन्।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.