×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ४ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

भारतमा आठ म्याग्निच्यूडमाथिको भूकम्प आउने चेतावनी

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :भारतको मणिपुरमा सोमबारको भूकम्पले भत्काएको घर । तस्बिर : एजेन्सी
    नेपाल, भुटान र म्यानमारसम्म प्रभावित हुने 
    काठमाडौं : भारतको केन्द्रीय गृह मन्त्रालयका आपतकालिन प्रबन्धन विशेषज्ञहरुले चाँडै भारतमा शक्तिशाली भूकम्पले विध्वंस मच्चाउने चेतावनी दिएका छन् ।
    भारतीय गृहमन्त्रालयका विशेषज्ञहरुको भनाइलाई मान्ने हो भने निकट भविष्यमै भारतमा कम्तिमा ८.२ म्याग्निच्यूड या त्योभन्दा पनि शक्तिशाली भूकम्पले हिमालय क्षेत्रलाई हल्लाउन सक्नेछ ।
    भारतीय गृहमन्त्रालयका विशेषज्ञहरुले सोमबार मणिपुरको राजधानी इम्फाललाई केन्द्रबिन्दु बनाएर गएको ६.७ म्याग्निच्यूड भन्दा सयौं गुणा शक्तिशाली भूकम्प निकट भविष्यमा यस इलाकामा जाने दाबी गरेका हुन् ।
    सोमबार मणिपुरमा गएको ६.७ म्याग्निच्यूड, नेपालमा वैशाख १२ मा गएको ७.३ म्याग्निच्यूड र सन् २०११ मा सिक्किमा गएको ६.९ म्याग्निच्यूडको भूकम्पका कारण यस क्षेत्रको भूगर्भीय प्लेटमा उथलपुथल आएको आधारमा उनीहरुले यो निचोड निकालेका हुन् ।
    सन् २०११ मा सिक्किमा आएको पहिलो भूकम्पले यहाँको भूगर्भीय प्लेटमा दरार पैदा गरेको थियो । तर, वैशाखमा नेपालमा र सोमबार मणिपुरमा गएको भूकम्पले यो दरार अझ गम्भीर अवस्थामा पुगेको छ ।
    विशेषज्ञका अनुसार यसैकारणले यस क्षेत्रमा अन्य कयौं भूकम्प आउन सक्छन् । जसमा ८ म्याग्निच्यूडको भूकम्प पनि आउन सक्ने अवस्था छ ।
    नेपालमा आएको भूकम्पपछि भारतीय गृहमन्त्रालयको राष्ट्रिय आपतकालिन प्रबन्धन संस्था (एनआईडीएम) ले गरेको विश्लेषणमा भारतको पूर्वोत्तर र खासगरी पहाडी इलाकामा भयंकर ठूलो भूकम्प आउने सम्भावना बढेर गएको उल्लेख गरिएको छ ।
    भारतको इटानगरमा हालै आयोजित एनआईडीएमको एक बैठकमा यो मुद्दा गम्भीरतापूर्वक उठाइएको थियो । भारतका ११ पहाडी राज्यका नीति निर्माताहरुले यो बैठका भाग लिँदै पहाडीक्षेत्रमा मडारिइरहेको यो गम्भीर संकटसँग जुध्नका लागि सबै राज्यले छु्टटै कार्यक्रम नै सञ्चालन गर्ने निर्णय गरेका थिए ।
    यो संस्थाका निर्देशक सन्तोष कुमारले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भने अनुसार नेपाल, भुटान, म्यानमानर र भारतको भूगर्भीय प्लेट एकापसमा जोडिएका छन् । यस क्षेत्रमा धेरै ठूलो भूकम्पीय विध्वंश हुने अनुमान गरिएको छ ।
    ‘शक्तिशाली भूकम्पको खतरा भारतका पहाडी राज्यहरु बिहानर, उत्तर प्रदेश र यहाँसम्म कि भारतीय राजधानी दिल्लीमा पनि मडारिइरहेको छ’, उनले भने, ‘भारतीय राजधानी दिल्ली भूकम्पीय इलाकाको वर्गीकरण अनुसार एकदमै संवेदनशील मानिने वर्ग ४ को हिस्सा हो ।’
    भारतको पूर्वोत्तर राज्य र पहाडी भूभागका राज्यहरु वर्ग ५ मा पर्छन् । अर्कातिर केही भारतीय वैज्ञानिकहरुकै मत भातरीय गृहमन्त्रालयका विज्ञहरुको भन्दा फरक रहेको छ । अन्तर्राष्ट्रिय विज्ञहरुको भनाइ मान्ने हो भने अहिलेको दरारयुक्त अवस्था र ताजा भूकम्पहरुलाई विश्लेषण गर्दा वर्ग ४ क्षेत्रमा ८ म्याग्निच्यूडमाथिको भूकम्प आउने अवस्था छ ।
    विज्ञहरुका अनुसार यदि यस्तो भूकम्प आउन समय लाग्यो भने सदियौंदेखि जम्मा भएको दबाबले कयौं गुणा शक्तिशाली भूकम्पलाई निम्ता दिन सक्नेछ ।
    कुमारले बताए अनुसार भारतीय केन्द्र सरकाले सबै पहाडी इलाका भएका राज्यलाई यसबारेमा जानकारी गराइएकेको छ ।
    केन्द्र सरकारले राज्य सरकारहलाई भूकम्पको विनाशसँग जुध्न एउटै भवन संहिता अपनाउन पनि भनेको छ । यो योजना अन्य भारतीय इलाकामा लागू योजना भन्दा फरक हो ।
    बताइए अनुसार नेपालमा आएको भूकम्पपछि पूर्वोत्तर पहाडमा दबाब धेरै बढेको छ । मणिपुरमा सोमबार आएको ६.७ म्याग्निच्यूडको भूकम्पले अझै पनि प्लेटबीचको दबाब पूर्णरुपमा बाहिर नआएको संकेत गरेको उनीहरुको भनाइ छ । दबाब बरु झन गम्भीर हुँदै गएको विज्ञहरुको भनाइ छ ।
    एनआईडिएका विज्ञहरुका अनुसार उत्तरमा हिमालय क्षेत्रको भूगर्भीय प्लेटको पूर्वमा इन्डो–बर्मिज प्लेटसँग ठोक्किएका कारण संकट अझै बढेको हो । विज्ञहरुले यो संकट उच्च विन्दुमा पुगेको उल्लेख गरेका छन् ।
    भूकम्पीय संवेदनशीलता बमोजिम भारत चार क्षेत्रमा बाँडिएको छ । सबैभन्दा संवेदनशील क्षेत्र वर्ग पाँचलाई मानिन्छ । यो वर्गमा भारतका पूर्वोत्तर राज्यहरु, नेपालसँग जोडिएको बिहार, उत्तारखण्ड, हिमाञ्चल प्रदेश, जम्मु–कश्मीर र अंडमान र निकोबार द्वीप रहेका छन् ।
    भारतीय राजधानी दिल्ली यीनीहरु भन्दा संवेदशील क्षेत्रमा पदर्छ । विशेषज्ञहरुका अनुसार यस्तो संकटको स्थितिसँग लड्नका लागि भारतको सहरी इलाकाको स्थिति धेरै कम्जोर छ । यदि धेरै बाक्लो बस्ती भएको भारतको कुनै सहरमा भूकम्प आयो भने धनजनको ठूलो क्षति हुने सम्भावना छ ।
    एजेन्सीको सहयोगमा

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरान थप आक्रामक बन्दै
    इरानसँगको युद्धमा अमेरिकाकाे हालसम्म ३७.५ अर्ब डलर खर्च
    अभिनेत्री केली हटलको निधन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.