×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हाइड्रोजन बम परीक्षणपछि सुरक्षा परिषद्को आकस्मिक बैठक

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सोल : उत्तर कोरियाले बुधबार हाइड्रोजन बम सफलतापूर्वक परीक्षण गरेको समाचारले विश्वव्यापीरुपमा तरङ्ग पैदा गरेको छ ।
    उसको यो घटनाको विश्वव्यापीरुपमा निन्दा गरिएको छ भने छिमेकी देश दक्षिण कोरियाले यसबाट उत्पन्न हुनसक्ने सुरक्षाको प्रश्न उठाएको छ ।
    दक्षिण कोरियाले यस बम परीक्षणपछि आवश्यक कदमका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई आग्रह पनि गरेको छ ।
    दक्षिण कोरियाका राष्ट्रपतिले उक्त घटनाको कडा शब्दमा विरोध गरेका छन् । उनले यसले एसियामा मात्र नभएर संसारकै सुरक्षामाथि पनि प्रश्न उठाएका छन्।
    राष्ट्रपतिको कार्यालयद्वारा प्रकाशन गरिएको विज्ञप्तिमा उत्तर कोरियाको यो आणविक होडको गल्तीलाई दक्षिण कोरिया एवम् संसारको कुनै पनि देशले स्वीकार गर्न नसक्ने बताइएको छ ।
    हो नै भन्न सकिन्न–संयुक्तराज्य अमेरिका 
    उक्त बम परीक्षणको समाचारलाई संयुक्त राज्य अमेरिकाले भने हो नै भनेर भन्न नसकिने प्रतिक्रिया दिएको छ ।
    अमेरिकी सरकारले प्रकाशन गरेको विज्ञप्तिमा यसलाई उत्तर कोरियाको उत्तेजनामा आएर दिएको अभिव्यक्ति पनि हुनसक्ने जनाएको हो ।
    हामीले यी हल्लाहरुलाई अहिले नै विश्वास गर्न सक्दैनौँ तर पनि यस्ता कुनै पनि किसिमको हिंसात्मक कामलाई सबैले निन्दा गर्नुपर्छ–ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
    अमेरिकाले विश्व समुदायले निशस्त्रिकरणका लागि उत्तर कोरियालाई आग्रह गर्दागर्दै पनि बम नै परीक्षण गर्नु भनेको राष्ट्रसङ्घीय सुरक्षा परिषदको शान्तिसम्बन्धी प्रस्तावको उल्लङ्घन हो भनेको छ ।
    सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै 
    यस बम परीक्षणसम्बन्धी विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।
    सो परिषद्ले तत्कालै आकस्मिक बैठकबसी उत्तर कोरियाको यस कदमको कडा शब्दमा विरोध गर्ने भएको जनाएको छ । उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणसम्बन्धी यस घटनाले परिषद्को निशस्त्रिकरणसम्बन्धी नीतिको उल्लङ्घन गरेको छ ।
    पन्ध्र सदस्यीय यस परिषद् संयुक्त राष्ट्रसङ्घको शक्तिशाली निकाय हो ।
    चीनको पनि विरोध 
    उता चीनले पनि उत्तर कोरियाको यस कार्यको विरोध गरेको छ । चीनले यस घटनाको विरोध गरेको समाचार चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जनाएको छ ।
    सिन्ह्वाले भनेको छ, ‘चिनियाँ विदेशमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा सो हाइड्रोजन बम परीक्षणसम्बन्धी’ कार्यको विरोध गरेको छ ।
    चीन पनि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र हो ।
    रासस /सिन्ह्वा/एएफपी

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    विश्व बजारमा तेलको मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.