×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपालका आठ जिल्‍ला किन छुट्याउन खोज्‍दैछ भारत ?

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं: एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दिल्लीले नेपाललाई सिक्किम, क्रिमिया र पूर्वी पाकिस्तानजस्तो बनाउन खोजेको बताएका छन्।
    दिल्लीले नेपालका आठ जिल्लालाई अलग्याउन खोजेको पनि उनले बताए। भारतले छुट्ट्याउन खोजेका जिल्ला कुनकुन हुन् र किन भारत नेपाललाई अलग्याउन खोज्दैछ भन्नेचाहिँ दाहालले बताएनन्।
    उनले भने, ‘नेपाल टुक्र्याउन दिल्लीले राजनीतिक विङको नेतृत्व महन्थ ठाकुर र उपेन्द्र यादवलाई दिएको छ भने मिलिटरी विङको नेतृत्व सीके राउत र जयकृष्ण गोइतहरूलाई दिएको छ।’
    क्रान्तिकारी पत्रकार संघको केन्द्रीय कार्यालय बैठकमा दाहालले नेपालमाथि नाकाबन्दी लगाएका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वभर बेइज्जत भएकाले उनी नाकाबन्दी लम्ब्याउने पक्षमा नरहेको पनि बताए। संविधान संशोधन हुनासाथ नाकाबन्दी खुल्ने दाहालको भनाइ थियो।
    दाहालले भने, ‘संविधान बनाएपछि भारतले नाकाबन्दी लगाएको छ तर मोहन वैद्यजीहरू समाजवाद उन्मुख संविधानलाई साम्राज्यवादी भनिरहनुभएको छ। बुझिनसक्नु छ।’बैठकमा दाहालले भने, ‘दस वर्ष जनयुद्धमा बिताएँ । दस वर्ष शान्तिप्रक्रियामा बिताएँ। समाजवाद उन्मुख संविधान बनेको छ। अब दस वर्ष समाजवादका लागि लड्छु।’
    केही दिनअघि सकिएको पार्टी केन्द्रीय समितिको बैठकमा पार्टी कोषाध्यक्ष हरिबोल गजुरेलले ‘वैद्यजीहरू यही पार्टीमा बसेको भए संविधान बन्दैनथ्यो, बाबुरामजीका कारण पार्टी बनाउन सकिएन’ भनेको सन्दर्भ कोट्ट्याउँदै दाहालले भने, ‘कुरा त्यस्तै हो।’
    एक वर्षपछि पार्टी अध्यक्ष दिन्छु भनेकाले बाबुराम भट्टराई एक वर्षसम्म टिकेको पनि दाहालले बताए। संविधान घोषणा गर्ने ८-१० दिनअघिदेखि नै भट्टराई संविधान जारी गर्ने प्रक्रियाबाट पछि हटेको दाहालले बताए।
    दाहालले संविधान जारी हुनुभन्दा केही दिनअघि भारतीय विदेशसचिव जयशंकरले आफूहरूलाई धम्क्याएको सन्दर्भ उठाए। दाहालले जयशंकरलाई उद्धरण गर्दे भने, ‘हामीले सहयोग नगरेको भए राजतन्त्र जाँदैनथ्यो। गणतन्त्र आउँदैनथ्यो। हामीले नस्वीकारेसम्म विश्वले मानेकै भरमा नेपालमा संविधान कार्यान्वयन हुनसक्छ?’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.