×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘पृथ्वी जयन्ती’ मनाउनेबारे क्याबिनेटमा आधा घण्टा बहस

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माधव धिताल
    प्रधानमन्त्रीले भने: म यसबारे खुला छु

    पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनेबारे मन्त्रिपरिषदको बैठकमा करिब आधा घण्टा बहस भएको छ।

    एक मन्त्रीका अनुसार मङ्गलबार साँझ अबेरसम्म चलेको मन्त्रिपरिषदको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री तर्फबाट सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले केहि वर्षअघि खारेज गरिएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने परम्परा पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव राखेका थिए।

    थापाले जोडदार रूपमा सो प्रस्ताव राख्दै जसरी भएपनि यो वर्षदेखि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरी सरकारले तयारी गर्नु पर्नेमा जोड दिएका थिए। थापाले सरकारमा नहुँदा पनि पुस २७ लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने भन्दै सरकारलाई ज्ञापनपत्रसमेत दिएका थिए।

    थापाको प्रस्तावपछि प्रधानमन्त्री ओलीले  पुस २७ लाई एकता दिवस मनाउने बारेमा आफू खुला रहेको भन्दै अन्य मन्त्रीहरूसँग राय मागे।

    राजसंस्था अन्त्यपछि गिरीजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारले पुस २७ मा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय खारेज गरेको थियो। त्यो निर्णयसँगै पुस २७ गते दिँदै आएको सार्वजनिक बिदासमेत कटौति भयो।

    सबै मन्त्रीले सो प्रस्तावमा धारणा राख्न थाले यसैकारण बुधबारको मन्त्रिपरिषद बैठक लम्बिएको एक मन्त्रीले सेतोपाटीलाई बताए। प्रधानमन्त्रीले रायमागेपछि सबै उपप्रधानमन्त्रीहरू र मन्त्रीहरूले सो विषयमा आफ्नो धारणा राखेका थिए।

    बैठकमा अधिकांश मन्त्रीहरूले एकता दिवस मनाउँदा केही फरक नपर्ने भन्दै छलफल गरेर निर्णय लिँदा राम्रो हुने राय व्यक्त गरे। उपप्रधान एवम् महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले उपप्रधानमन्त्रीमध्ये सबैभन्दा अगाडि आफ्नो धारणा राख्दै एकता दिवस मनाउनुपर्ने बताएका थिए।

    यसैगरी उपप्रधान एवम् भौतिक योजना तथा यातायात मन्त्री विजयकुमार गच्छदारले एकता दिवस मनाउँदा आफूलाई कुनै आपत्ति नहुने जानकारी गराए।

    तर, उनले मनाउन लायक परिस्थिति भने अहिले नभएको तर्क गरे। त्यसपछि बोलेका टोपबहादुर रायमाझीले सबैसँग सल्लाह गरेर मनाउँदा राम्रो हुने भन्दै सबैको विचार बुझेर निर्णय गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए।

    एक मन्त्रीले दिएको जानकारी अनुसार शान्ति मन्त्री एकनाथ ढकालले पनि पुस २७ लाई एकता दिवसका रूपमा मनाउँदा आफ्नो पार्टीलाई कुनै आपत्ति नहुने तर प्रतिपक्षी कांग्रेससँग यसबारेमा छलफल गरेर निर्णय लिनुपर्ने सुझाएका थिए।

    मन्त्रिपरिषद बैठकमा ढकालले सबै दलसँग सर्वदलीय बैठक गरेर यस विषयमा सहमति खोज्नुपर्ने राय दिएका थिए। आधाघण्टा भएको छलफलमा राप्रपाका तर्फबाट मन्त्री भएका श्रममन्त्री दिपक बोहराले पनि एकता दिवस मनाउँदा आपत्ति नहुने तर छलफल गर्नुपर्ने धारणा राखे।

    बैठकमा राप्रपा नेपालका नेता तथा भूमिसुधार मन्त्री रामकुमार सुब्बाले पुस २७ राष्ट्रिय एकताको दिवस भएकाले यसलाई तामझामका साथ मनाउनुपर्ने भन्दै जोडदार रूपमा बैठकमा कुरा राखेका थिए।

    प्रधानमन्त्री ओलीले सबैका कुरा सुनेपछि आफू एकता दिवस मनाउने पक्षमा रहेको तर सबै दलसँग छलफल गरेर निर्णय लिनु आवश्यक रहेको भन्दै अर्को मन्त्रिपरिषद बैठकमा यसबारे थप छलफल गर्ने बताएपछि बैठक अन्य विषयमा प्रवेश गरेको थियो।

    २०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रस्तावमा मन्त्रिपरिषदले पुस २७ लाई पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस मनाउने परम्पराको अन्त्य गरेको थियो।

    एकता दिवस मनाउने प्रज्ञाको सरकारलाई प्रस्ताव केही दिन अघिमात्रै नेपाल प्रज्ञा प्रतिष्ठानले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने भन्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले संस्कृति मन्त्री आनन्द पोखरेलमार्फत सरकारलाई प्रस्ताव पठाएको छ। प्रज्ञाले पृथ्वी जयन्तिका दिन प्रतिष्ठान परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण कार्यक्रम समेत आयोजना गरेको छ।

    यसैगरी सिंहदरबारको पश्चिमतर्फको मूल गेट अगाडि नै रहेको शाहको शालिकमा माल्यार्पणको कार्यक्रम पनि प्रज्ञाले राखेको छ।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.