×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अरुण तेस्रो प्रवेश मार्गको निर्माण जिम्मा सडक विभागलाई

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – बलराम बानियाँ, काठमाडौं

    पुस २२, २०७२- ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी सतलजले आयोजनाको प्रवेश मार्ग (सडक) निर्माणको जिम्मा सडक विभागलाई दिएको छ ।

    लगानी बोर्डको समन्वयमा सतलज र सडक विभागबीच उक्त सडक निर्माण गर्ने समझदारीपत्र (एमओयु) मा मंगलबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा विभागका तर्फबाट कोसी कोरिडोर सडक आयोजनाका प्रमुख गोपाल सिग्देल र सतलजका तर्फबाट अरुण तेस्रो आयोजनाका प्रमुख कार्यकारी अधिकार रोशनलाल नेगीले हस्ताक्षर गरेका छन् ।

    विभाग र सतलजबीच एक वर्षभित्रै सडक निर्माण गरिसक्ने समझदारीसमेत भएको छ । प्रवेश मार्ग बनेपछि उक्त आयोजनाको निर्माण कार्य सुरु हुनेछ । विभागलाई प्रवेश मार्ग निर्माणको जिम्मा दिएपछि १ खर्ब ४ अर्ब रुपैयाँ लागतको विदेशी लगानीको ठूलो आयोजना बन्ने सुनिश्चित भएको लगानी बोर्डका अधिकारीहरू बताउँछन् ।

    विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएको सतलजले आयोजना निर्माण गरेपछि उत्पादित कुल बिजुली २१.९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट नेपाललाई नि:शुल्क दिने छ । सतलजले सन् २०२१ मा अरुण तेस्रो आयोजना सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढाइरहेको छ ।

    उत्पादन सुरु भएको २५ वर्षपछि उक्त आयोजना सतलजले नेपालले चालू हालतमा फिर्ता गर्ने छ । २५ वर्षको अवधिमा नेपालले उक्त आयोजनाबाट ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ प्राप्त गर्ने छ भने २५ वर्षपछि उक्त आयोजना नेपालको स्वामित्वमा आउने छ ।

    समझदारीपत्रअनुसार विभागले कोसी कोरिडोरको छ्याङखुटीबाट अरुण तेस्रो आयोजनास्थलसम्म प्रवेश मार्ग निर्माण गर्ने छ । करिब ५२ किलोमिटर लामो सडक निर्माणको सम्पूर्ण खर्च भने सतलज कम्पनीले बेहोर्ने छ ।

    विभागका महानिर्देशक माधव कार्कीले विभागले छ्याङखुटीबाट अरुण तेस्रो आयोजनास्थलसम्म ५.५ मिटर चौडा कालोपत्रे सडक (सहायक राजमार्गस्तरको) निर्माण गर्ने छ । भारतबाट प्राविधिक ल्याएर सडक बनाउन महँगो र बढी समय लाग्ने भएकाले छिटो बनाउन विभागलाई दिइएको जानकारी स्रोतले दिए ।
    उनका अनुसार सतलजले आयोजना र प्रवेश मार्ग निर्माणको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ ।

    विभागले तीन महिनाभित्र डीपीआरको पुनरावलोकन गरी सडक निर्माणको खाका, लागत र लाग्ने प्रस्ताव गर्ने छ । तीन महिनापछि सतलज र विभागबीच सडक निर्माणका लागि अन्तिम सम्झौता भई काम अघि बढ्ने छ ।

    सतलजले सडक विभागमार्फत सडक निर्माण कार्य अघि बढाउन लगानी बोर्डसमक्ष प्रस्ताव गरेको थियो । बोर्डको आग्रहमा विभागमा उक्त सडक निर्माण गर्न राजी भएको हो ।

    सतलजले सडक निर्माणको जिम्मा विभागलाई दिनु आयोजना विकास सम्झौता (पीडीए) समेत भइसकेको अरुण तेस्रो आयोजनाको निर्माण कार्य अघि बढ्ने दिशामा कोसेढुंगा भएको बोर्डका अधिकारी बताउँछन् । ‘सतलजले सडक निर्माणको जिम्मा विभागलाई दिएपछि अरुण तेस्रो आयोजना निर्माण हुने सुनिश्चित भएको छ,’ ती अधिकारीले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.