×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दिल्लीबाट पक्राउ गरेर ल्याएकी युवतीले नेपालमा क-कसलाई कसरी ठगिन

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रकाश ढुंगाना

    नक्कली डाक्टर बन्दै दर्जनौ युवाहरुलाई ठगी गर्दै हिड्ने गुल्मी हस्तिचौर ९ की डाक्टर सुहाना भन्ने भगवति केसीले ठाउँ अनुसार पहिचान पनि फेर्दै दर्जनौ युवाहरुलाई ठगेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
    डाक्टर र कलाकार बनेर ठग्दै हिँडेकी हुनी ३ दिनअघि मात्र महानगरीय अपराध महाशाखाको फन्दामा परेकी हुन्।  अनुसन्धानका क्रममा उनले ठगी गर्ने तौरतरिका निकै आश्र्चयजनक भएको प्रहरीले जनाएको छ ।
    …………..
    काठमाडौंको लाजिम्पाटस्थित एक रेष्टुराँ उनले महानायक राजेश हमालसँग फोटो खिचेकी छिन् ।  फोटो खिच्ने इच्छा उनले वेइटरमार्फत हमालसमक्ष पुर्‍याएकी थिईन । वेइटरले डाक्टर सावले तपाईसँग फोटो खिच्ने भन्नुभएको छ भनेपछि हमालले हुन्छ भनेका थिए ।
    त्यसपछि ३ चारवटा फोटो खिचेकी थिईन् । हमालसँग उनको फोटो देखिएपछि हामीले हमालसँग फोटो कसरी खिच्नुभयो भनेर जिज्ञाशा राखेका थियौं । जवाफमा हमालले रेष्टुरेन्टमा भेट भएको र कुराकानीका क्रममा ती युवतीले  आफू डाक्टर भएको र छिट्टै सिनामंगलस्थित केएमसीमा काम गर्न आउन लागेको बताए।
    …………
    गत असोजतिर उनी काठमाडौंको थापाथलीस्थित भक्सवागन गाडीको शो रुपमा गईन। जन्मदिनमा बाबाले कार उपहार दिन्छु भन्नुभएको छ । बिटल भन्ने गाडी देखाउनुस त भन्दै उनी पुगेकी थिईन । गाडी हेरिसकेपछि उनले शो रुम म्यानेजरसँग परिचय गरेर नम्बर साटासाट गरेकी थिईन ।
    भोलिपल्ट शो रुम म्यानेजरले उनलाई गाडी किन्न फोन गरे । जवाफमा उनले मेरो जन्मदिनमा आउन अझै एक दुई महिना बाँकी छ। ठिकै छ आज भेटेर केही कुरा गरौन भन्दै साँझ एक रेष्टुरेन्टमा बोलाइन्।
    म्यानेजरसँगको आधाघन्टाको कुराकानीपछि उनले म्यानेजरको पर्सनालिटीको प्रसंशा गरिन्। हग गर्न मन लाग्यो भन्दै उनले झ्याम्मै अंगाल्लो मारिन्। प्रहरीका अनुसार ती म्यानेजरबाट पनि उनले केही रकम ठगिन्।
    …………
    ९ वटा सिमकार्ड बोकेकी उनको  विभिन्न नाममा ४ वटा फेसबुक एकाउन्ट छ। साँझपख फेसबुकका साथीहरुसँग भिडियो च्याट गर्ने, स्तन तथा अन्य अंगहरु देखाइदिने गर्थिन् । त्यस वापतले उनले फेसुबक साथीहरुलाई मोबाइलमा एक हजार हाल्न आग्रह गर्थिन । ‘युवाहरुले पनि उनले भनेपछि मोबाइलमा रकम रिचार्ज गरिदिएको पाइयो’, अनुसन्धान अधिकृत दुर्गा दाहालले भने ।
    ……………
    ९ वटा नेपालका सिम कार्ड बोकेपनि उनले फाइबर भने पोर्चुगलको नम्बरबाट चलाउँथिइन्। काठमाडौंका धनाढ्य युवाहरुलाई उनले आफू यूरोपमा काम गर्ने गरेको र विदामा आएको बताउँथिन । युरोपमा काम गर्छू भन्दै दर्जनौ युवाहरुसँग उनले ५ देखि २० हजारसम्म सापटी लिने गर्थिन।
    …………….
    पोखरा र काठमाडौंका होटलका मालिकलाई समेत उनले मोहनी लगाइदिने गरेको प्रहरीले जनाएको छ। पोखराका ड्यामसाइट र काठमाडौं गंगबुका विभिन्न होटलका मालिकहरुलाई मायाजालमा पारेर उनले ठगी गरेको प्रहरीले जनाएको छ ।
    होटलमा जाने, कम्तिमा ३ वटा कोठा लिने, अर्के युवालाई नक्कली डिआइजी बनेर होटल मालिकलाई फोन गर्न लगाउने । मेरो छोरी बिदा मनाउँछ आउकी छे, दुई चार दिन बस्छे, राम्ररी हेरचाह गरिदिनोस् म आएर बिल तिरौला भनेर फोन गर्न लगाउने उनको ठगीको आश्चर्यमय तरिका हो ।
    ………..
    उनले एउटा गीतमा मोडलको भूमिका समेत निर्वाह गरेकी छिन् । दोश मेरै हो भन्ने गीतमा उनी सुहानाको नाममा मोडेल बनेर अभिनय गरेकी छिन् । काठमाडौंको गण्डकी दोहरी साँझमा कलाकार बनेर गएकी उनी एक जना ग्राहकको ट्याव लुटेर फरार भएकी थिईन । अन्य दोहरी साँझमा पनि उनले ग्राहकको मोबाइल र रकम लुटेर हिड्ने गरेको प्रहरीले जनाएको छ ।
    ……..
    पोखराको फेवा अस्पतालमा बंगलादेशबाट डाक्टरको पढाइ सकेर आएको र एक  महिना इन्र्टन गर्छु भनेर उनी गईन । अस्पताल संचालकलाई छोटो समयमा नै विभिन्न आश्वासन दिएर उनी त्यहाँ नक्कली डाक्टर बनेर काम गरिन् ।
    त्यहाँ आधा दर्जनभन्दा बढी डाक्टरहरुलाई ठगी गरिन् । स्थानीय एक पत्रिकाले फेवा अस्पतालमा नक्कली मुन्नी एमबीबीएस हेडलाइन राखेर समाचार छापेकै दिन उनी त्यहाँबाट फरार भईन ।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.