×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एमाले हठी, कांग्रेस दोधारे, एमाओवादी लाचार !

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यसकारण भएन सरकार र मधेसी मोर्चावीच सहमति

    Trio Barta

    राजकुमार श्रेष्ठ

    २२ पुस, काठमाडौं । अनौपचारिक भेटका क्रममा एकजना शीर्षनेताले अनलाइनखबरसँग भने-देश त बर्बाद हुने नै भो, तर हामीले पनि केही गर्न नसक्ने भयौं ।’ उनले यो पनि थपे कि देशलाई यसरी बर्बाद बनाउनेमा एमाले, कांग्रेस, एमाओवादी र मधेसी मोर्चासमेत कुनै न कुनै रुपमा जिम्मेवार छन् ।

    मधेसी मोर्चा र सत्तारुढ दलवीच लगातारको औपचारिक-अनौपचारिक वार्ताबाट कुनै निकास निकाल्न नसकेपछि ती नेताले व्यक्त गरेको निराशाको अभिव्यक्ति हो यो । नेताहरु निराश पनि किन नहुन्, तराई मधेसमा आन्दोलन सुरु भएको १५० लिन हुन लाग्यो । यो बीचमा औपचारिक र अनौपचारिक अनेकौं सम्वादहरु भए ।

    एमालेका नेताहरु र उनका भ्रातृ संगठनहरुको गतिविधि पनि सहमतिका लागि दबाव दिने भन्दा भिड्नेतिर नै बल पुर्‍याउने खालको रहँदै आएको छ ।

    तर, न आन्दोलन रोकिएको छ, न त कुनै सहमति नै हुन सकेको छ । यही मधेस आन्दोलनलाई देखाएर भारतले नाकाबन्दी गरेको पनि १०० दिन कटिसकेको छ ।

    शीर्षनेताहरुले पार लगाउन नसकेर वार्ता टोली बन्यो । अब यो कार्यदलमा झरेको छ । सहमतिको प्रयास शीर्षनेता, वार्ता टोली र कार्यदलको चक्रमा कहिलेसम्म घुमिरहने हो भन्न सकिने अवस्था छैन । शायद यही गोलचक्करमा फस्नुपरेको पीडा ती नेताले व्यक्त गरेका हुन् ।

    पट्यारलाग्दो वार्तामा बस्दै आएका नेताका अनुसार विषयवस्तुका हिसावमा प्रमुख दलहरु र आन्दोलनकारी दलहरु मिल्नै नसक्ने गरी टाढा पनि छैनन् । तर, पनि सहमति हुँदैन र तत्काल कुनै सम्भावना पनि छैन । आखिर किन ? वार्ता र सम्वादहरुमा सहभागी एक नेताका अनुसार, दलगत र नेताहरुको पेटी स्वार्थ हावी भएकाले अहिलेसम्म सहमति जुट्न नसकेको हो ।

    अहिलेसम्म सहमति हुन नसक्नुमा एमाले, कांग्रेस, एमाओवादी र मधेसी मोर्चाका आ-आफ्ना समस्याले काम गरेको छ । चारवटै पक्षमा देखिएका अड्चन यस्ता छन्:

    एमालेको हठ

    Uml-Top-leader

    सरकारको नेतृत्व गरेको र मुलुकको दोस्रो ठूलो दल हो एमाले । तर, मधेसी मोर्चासँग सहमतिका लागि केपी ओली नेतृत्वको सरकारले वार्ताको वातावरण बनाउने कामसमेत गरेको छैन । सहमतिको वातावरण बन्नै लग्दा एमाले नेताहरु जिल्द्यला टुक्र्याउन दिन्नौं इत्यादि भन्छन् र मोर्चालाई बिच्काउँछन् ।

    देशको सबैभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्ष भए पनि कांग्रेसले द्वैध चरित्र देखाइरहेको छ र जिम्मेवार प्रतिपक्षको भूमिकामा प्रस्तुत हुन सकेको छैन ।

    बेला-बेला आन्दोलनकारी दलहरुलाई चिढ्याउने गरी प्रधानमन्त्री स्वयं भाषण गर्छन् । र, एमालेका नेताहरु र उनका भ्रातृ संगठनहरुको गतिविधि पनि सहमतिका लागि दबाव दिने भन्दा भिड्नेतिर नै बल पुर्‍याउने खालको रहँदै आएको छ ।

    एक नेताले अनलाइनखबरसँग भने- प्रधानमन्त्री केपी ओली र एमालेको नेतृत्वमा रहेका अन्य नेताहरुको दृष्टिकोणमा कुनै अन्तर छैन । र, उनीहरु सहमति होस् वा गर्नुपर्छ भन्ने नै चाहँदैनन् ।’

    सहमतिको प्रयासमा हुने बैठकहरुमा समेत एमाले नेताहरुको प्रस्तुती त्यस्तै रहने गरेको पाइएको छ । प्रधानमन्त्री केपी ओलीले सबैलाई मिलाएर अघि बढ्न भन्दा पनि आफ्नो हठ प्रदशर्न गर्ने गरेका छन् ।

    एमालेभित्रको स्थायी प्रतिपक्षका रुपमा हेरिने माधवकुमार नेपालले पनि सहमतिका लागि भूमिका खेेलेका छैनन् । बेला-बेला उनी पनि चर्को कुरा गर्छन्, र ओलीले लिएको अडानमा नै बल पुर्‍याउँछन् । यसमा माधव नेपालको पेटी स्वार्थले काम गरेको स्रोत बताउँछ । एमालेको माधव नेपाल समूह केपी ओलीलाई असफल बनाउन चाहन्छ र सहमति हुन नदिने शैलीमा प्रस्तुत हुँदै आएको छ ।

    कांग्रेसको द्वैध चरित्र
    Nepali-Congress

    मधेस आन्दोलन चर्किएर धेरैले ज्यान गुमाउँदासम्म सरकारको बागडोर सम्हालेेर बसेको कांग्रेस अहिले प्रतिपक्षमा पुगेको छ । र, उसका शीर्ष नेताहरुलाई महाधिवेशनसमेत लागेको छ ।

    सरकारको नेतृत्वमा बस्दा मधेसीलाई सहमतिमा ल्याउन खासै लचकता नदेखाएको कांग्रेसले सरकार छाड्दै गर्दा संविधान संशोधन विधेयकसमेत दर्ता गरेर मधेससँग नजिकिने प्रयास गर्‍यो । र, पछिल्लो समय ऊ मधेसी मोर्चासँग लगातार सम्वादमा समेत छ । तर, देशको सबैभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्ष भए पनि कांग्रेसले द्वैध चरित्र देखाइरहेको छ र जिम्मेवार प्रतिपक्षको भूमिकामा प्रस्तुत हुन सकेको छैन ।

    एमाओवादीका नेताहरु वार्ता र सम्वादहरुमा लचिलो रुपमा प्रस्तुत पनि हुन्छन् । तर, एमाओवादीको प्रभावहीनता र लाचारीपनका कारण कांग्रेस एमालेमा दबाव पुग्न सकेको छैन ।

    दलहरुबीच हुने वार्ता र सम्वादहरुमा आन्दोलनकारी दलहरुले अघि सारेका ११ बुँदामा नै छलफल गरौं न त भन्छन् तर, सहमतिको विन्दु पहिल्याउन निर्णायकरुपमा कहिल्यै प्रस्तुत हुन सक्दैनन् ।

    कांग्रेस नेताहरु महाधिवेशनलाई हरेर पनि चल्ने गरेका छन् । मधेसलाई चिढ्याउँदा महाधिवेशनले ठूलो धक्का खाने भएकाले कुनै पनि नेता चर्को कुरा गर्दैनन् । हिजो संविधान लेखनका क्रममा मधेसीलाई सहमतिमा आउन नदिनेहरु अहिले समेत मिलाएर जानुपर्छ भन्ने गर्छन् ।

    तर, निर्णायक चरण हिजोका अडान पनि छाड्दैनन् । सभापति सुशील कोइरालासँग कुनै ठोस प्रस्ताव र योजना देखिँदैन । उनी मिलाएर, ‘ऊ गरेर’ जाऔं मात्रै भन्छन्, तर कसरी मिलाउने भन्ने ठोस कुरा गर्दैनन् ।

    वरिष्ठ नेता शेरबहादुर देउवा सीमांकनमा आफ्नो हिजोको अडान विपरीत कुनै पनि सहमति हुन दिने पक्षमा छैनन् । यद्यपि समानुपातिक, समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रबारे भने देउवा केही लचिलो रुपमा प्रस्तुत हुने गरेका छन् । रामचन्द्र पौडेल ११ वटै बुँदामा छलफल गरौं भन्छन् तर के गर्ने भन्ने ठोस योजना कांग्रेसका कोहीसँग पनि छैन ।

    एमाओवादीको लाचारीपन

    Prachanda

    तेस्रो दल भए पनि सरकारको साँचो एमाओवादीसँग छ । र, मधेसले उठाएको धेेरै एजेण्डासँग उसको एजेण्डा पनि मिल्छ । संविधान निर्माणका क्रममा एमाओवादीले राखेको फरक मतलाई हेर्ने हो भने माओवादी र मधेसी मोर्चाका धेरै मागमा समानता देखिन्छ ।

    एमाओवादीका नेताहरु वार्ता र सम्वादहरुमा लचिलो रुपमा प्रस्तुत पनि हुन्छन् । तर, एमाओवादीको प्रभावहीनता र लाचारीपनका कारण कांग्रेस एमालेमा दबाव पुग्न सकेको छैन ।

    अहिले आएर आन्दोलन पनि केही सिथिल देखिएको छ । तर, आन्दोलनका क्रममा उठाएको मागमा कसरी सम्झौता गर्ने भन्ने निर्णय लिन उसलाई गाह्रो भएको छ ।

    मधेसको तीन मुख्य एजेण्डा समानुपातिक समावेशी, निर्वाचन क्षेत्र निर्धारण र सीमांकनमा एमाओवादी लचिलो छ । उसले समानुपातिक समावेशीको क्लष्टर मिलाउने, हिमालका केही क्षेत्रको प्रतिनिधित्व नहट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तयार रहेको बैठकमा बताउने गरेको छ । तर, प्रचण्ड र नारायणकाजी श्रेष्ठका यी कुराहरु एमाले नेताले हावामा उडाइदिने गरेका छन् ।

    सीमांकनको हकमा अहिले नै हेरफेर गर्ने भए पनि तयार भएको एमाओवादीले राजनीतिक संयन्त्र मार्फत जाने हो भने सीमांकन हेरफेर हुन्छ भनेर अहिले नै सुनिश्चित गर्न सकिने बताएको छ । तर, तीन वा चार पक्षको कुनै पनि वार्तामा प्रचण्ड र नारायणकाजी श्रेष्ठहरुले निर्णायक रुपमा भूमिका खेल्न सकेका छैनन् ।

    मधेसी मोर्चाका एक नेताले वार्ताका विषयमा भने, एजेण्डाका हिसाबले एमाओवादीले ठीकै कुरा गरेको छ । तर, जुनरुपमा निणर्ायक भूमिका खेल्नुपर्ने हो, सहमतिका लागि त्यसमा एमाओवादीको नेतृत्व चुकेको देखिन्छ ।’

    केपी ओलीका अगाडि एमाओवादी अध्यक्ष प्रचण्ड लाचार देखिन्छन् । उनले मिल्न र सहमतिमा पुग्नका लागि कुनै दबाव दिन सकेका छैनन् । उनी विगतको प्रचण्ड भन्दा पनि केपी ओलीको सहयोगी जस्तै देखएकिा छन् । नारायणकाजी श्रेष्ठ पनि बैठकमा चर्को कुरा गर्छन्, तर, प्रचण्ड नै नरम भइदिएपछि उनको ‘गनगन’ कसैले नसुन्ने गरेको मोर्चाका एक नेताले सुनाए ।

    मधेसी मोर्चाको अयोग्यता

    Madhesi--morcha

    संविधानलाई लिएर असन्तुष्ट मधेसी मोर्चाले काठमाडौंलाई सरप्राइज दिने गरी आन्दोलन उठायो । उसले आन्दोलन गर्छु भन्दा धेरैले पत्याएका थिएनन् । तर, सिंगो मधेस आन्दोलन भयो र झण्डै १५० दिन पुग्दैछ । तर, यसको सहज अवतरण गर्न सकिरहेको छैन ।

    अहिले आएर आन्दोलन पनि केही सिथिल देखिएको छ । वार्ता र सम्वाद पनि चलिरहेको छ । तर, आन्दोलनका क्रममा उठाएको मागमा कसरी सम्झौता गर्ने भन्ने निर्णय लिन उसलाई गाह्रो भएको छ ।

    खासगरी कतिसम्म सम्झौता गर्‍यो भने मधेसलाई स्वीकार गराउन सकिन्छ भन्ने विश्वासको ठूलो अभाव मधेसी मोर्चाका नेताहरुमा देखिन्छ । आन्दोलन उठे पनि यसलाई बैठान गर्ने कला नजानेका कारण मधेसी मोर्चाका नेताहरु किंकर्तव्यविमूढजस्तै बनेका छन् ।

     onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.