×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाल पहिलो गन्तव्य

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – सुरज कुँवर , काठमाडौं

    पुस २२, २०७२- भूकम्प र भारतको नाकाबन्दीले थिलथिलो बनेको पर्यटन उद्योगलाई ठूलै बल पुग्ने गरी बेलायती प्रकाशन गृह ‘रफ गाइड’ ले नेपाललाई २०१६ का लागि पहिलो पर्यटकीय गन्तव्यमा राखेको छ ।

    ‘हिमालयदेखि तराईका जंगलमा पाइने बाघ, हात्ती र गैंडासहित विविधतापूर्ण परिदृश्य भएको नेपाल २०१६ मा भ्रमणको पहिलो विकल्प हुन सक्छ,’ रफ गाइडका लागि नियात्राकार/लेखक सफिक मेग्जीले ई–पुस्तकमा लेखेका छन्, ‘नेपालको सांस्कृतिक परिदृश्य उसको भूगोलजस्तै विविधतापूर्ण छ ।’

    उक्त प्रकाशन गृहले पर्यटकीय गन्तव्यबारे सूचना पुस्तिकासहित सन्दर्भ सामग्री प्रकाशन गर्दै आएको छ । तिब्बतसँग सीमा जोडिएको नेपाल देशाटनका लागि उपयुक्त रहेको उल्लेख गर्दै पदयात्राबारे गहन ई–पुस्तक प्रकाशन गरिएको हो ।

    नेपाल भ्रमण गर्न चाहनेले उक्त पुस्तक अनलाइनमार्फत १८ डलरमा खरिद गर्न सक्छन्, जसलाई एप्पल र एन्ड्रोइड अपरेटिङ प्रणाली रहेका ग्याजेट र किन्डलमार्फत अध्ययन गर्न सकिन्छ ।

    चर्चित प्रकाशन गृह ‘पेनगुइन र्‍यान्डम हाउस’ ले सञ्चालन गरेको ३४ वर्ष पुरानो रफ गाइडले विश्वभरका पर्यटकीय गन्तव्यबारे जानकारीमूलक सामग्री प्रकाशित गर्छ । विश्वभर वितरण हुने यसका प्रकाशन पर्यटन उद्योगमा प्रख्यात मानिन्छन् ।

    विनाशकारी भूकम्पपछि पर्यटन उद्योग पुन: ब्युँतिने प्रयासमा रहेको ई–पुस्तकमा उल्लेख छ । भूकम्पबाट लाखौं घरबारविहीन भएका र दैनिक जीवन पूर्ण सामान्य अवस्थामा आइनसकेको मेग्जीले लेखेका छन् ।

    ऐतिहासिक स्थल भने बिस्तारै पुन:स्थापित भइरहेको र पदमार्गहरू पनि पुन: सुचारु भइरहेको जानकारी पनि दिएका छन् ।

    मेग्जीले पुस्तकमा बौद्ध, पाटन दरबार, अन्नपूर्ण, सगरमाथा आधार शिविर, माथिल्लो मुस्ताङ, नदीमा र्‍याफटिङ, चितवन र बर्दियाको बाघ सफारीबारे वर्णन गरेका छन् । नेपालबारे साढे पाँच मिनटको श्रव्यदृश्य सामग्री पनि वेबपेजमा राखिएको छ, जसमा बौद्ध र हिन्दु धर्मको अद्वितीय गन्तव्य बनेको मुलुक (नेपाल) भर फैलिएका थुप्रै जातीय समूहले पनि यसलाई पृथक् गन्तव्य बनाउन मद्दत गरेको उल्लेख छ ।

    उत्कृष्ट १० मा नेपाल पहिलो नम्बरमा राखिएको छ । त्यसपछि कोलम्बिया, क्युबा, जोर्डन, अल्बानिया, रोमानिया, एल साल्भाडोर, वेल्स, केन्या र श्रीलंका छन् । यसअघि मंसिरमा नेसनल जोग्राफिक च्यानलको ट्राभलर म्यागजिनले पनि नेपाललाई पर्यटकीय गन्तव्यको अग्रस्थानमा राखेको थियो ।

    उक्त सूचीमा नेपालपछि चीनको सांघाई, मोजाम्बिक, बोस्निया, रियो दी जेनेरियो, अर्जेन्टिनालगायत थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.