पुस २२, २०७२- बुधबार बिहान रक्सौल र वीरगन्जका व्यापारी र मितेरी पुलमा धर्नामा बसेका मोर्चा तथा गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा गठबन्धनका २ कार्यकर्ता घाइते भएका छन् । संघीय समावेसी मधेसी गठबन्धनका नेता राजेशमान सिंहका अनुसार गठबन्धनका २ कार्यकर्ता चुन्नु मिश्रा, सुफ्रुद्दिन अन्सारी घाइते भएका हुन् ।
रक्सौलबाट सामान लिएर वीगन्ज तर्फ पैदलै आइरहेका व्यापारीहरुलाई धर्नाकारीले अवरोध गर्न खोजेपछि विवाद हुँदा उक्त झडप भएको हो । झडपको क्रममा व्यापारीको तर्फबाट ४/५ वटा पेट्रोल बम समेत प्रहार गरिएको छ ।
झडपका कारण अहिले वीरगन्ज–रक्सौल सीमा तनावग्रस्त बनेको छ । थप भिडन्त हुन नदिनका लागि पुलमा प्रहरीको पनि बाक्लो उपस्थिति छ ।

संघीय समावेसी मधेसी गठबन्धनका नेता राजेशमान सिंहसँग झडप बारे बुझ्दै बिहार पुलिसका अधिकारी । तस्बिर : भूषण यादव/कान्तिपुर
ekantipur





















