×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

फेसबुकमा ‘लभ’ गर्दा पाँच लाख स्वाहा ! होटलमा कोठा दिँदा छोरो गायव !

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अपराधमा यसरी बढ्न थाल्यो महिला सहभागिता

    रमेश धमला

    २२ पुस, काठमाडौं । युवतीका हातमा हत्कडी थियो । अनुहारमा खासै अपसोच र सन्ताप थिएन । कलाकारदेखि डाक्टरसम्म फसाएर ठगी गरेको आरोपमा पक्राउ परेकी भगवती केसीले आफ्नो ‘ठगी-यात्रा’ देखि पक्राऊ पर्दासम्मको कहानी निर्धक्क सुनाइन् ।

    Bhagawati-Kc

    होटलवालाकै छोरालाई भगाइन्
    पुस ७ गते ठमेल स्थित एक होटलमा ‘डा. सुहाना केसी’ले कोठा लिइन् । डाक्टर सुहानाले आफु डीआइजीकी छोरी भन्दै परिचय दिएपछि होटलका सञ्चालकले पनि सहजै कोठा दिए ।

    त्यहीवीचमा डा. सुहानाले होटलका सञ्चालकका छोरालाई आफ्नो मायाजालमा पारिन् । १९ दिनपछि अर्थात डिसेम्बर २२ मा होटलबाट डा. सुहाना र होटलवालाका छोरा गायब भए । छोरा र युवती दुबै हराएको थाहा पाएपछि होटल सञ्चालक अपराध महाशाखामा पुगे । महाशाखाले तत्काल अनुसन्धान सुरु गर्दा डा. सुहाना र युवक भारत पुगिसकेका थिए ।

    मोटरसाइकलमा भैरहवा हुँदै भारत पुगेका दुबैजना जब फेला परे, तब खुल्यो यिनी न डाक्टर सुहाना थिइन्, न त कुनै डीआइजीकी छोरी नै । उनी थिइन् गुल्मीबाट बुटवल झरेकी ‘नटवरलाल’ अर्थात भगवती केसी । जसले धेरैलाई एउटै शैलीमा ठगिसकेकी थिइन् ।

    आफैं ठगिएपछि शुरु भयो ठग्ने यात्रा

    केही वर्षअगाडि ‘शक्ति’ नाम गरेका एक पुरुषसँग भगवती केसीको प्रेम विवाह भएको थियो । ती पुरुषले आफूलाई कान्छी श्रीमती बनाएर लगेको खुलेपछि भगवती उनीसँग झगडा गरेर निस्किइन् ।

    त्यसपछि पुरुषलाई फसाउने र ‘मूर्गा’ बनाउने धन्दा उनले सुरु गरिन् । पोखरास्थित फेवा अस्पतालमा तिनले चिनेको कोही साथी थियो । त्यही व्यक्तिमार्फत अन्य डाक्टरहरुसँग उनको चिनजान भयो । र, तिनै डाक्टरमार्फत चिकित्सासम्बन्धी सामान्य कुरा सिकेपछि उनले बिरामीको चेकजाँचसमेत गर्न थालिन् । र, आफ्नो परिचय डा. सुहाना बनाइन् । त्यतिबेलासम्म थुपै्र डाक्टरसमेत सुहानाको मायाजालमा फसिसकेका थिए ।

    जब सुहाना वास्तविक डाक्टर नभएको र अस्पतालका डाक्टरसमेत उनीबाट ठगिएको थाहा भयो, त्यसपछि उनी भूमिगत भइन् । उनले एकजना डाक्टरको एप्रोनसमेत चोरी गरिन् । जुन उनलाई डाक्टरजस्तो देखिनका लागि अपरिहार्य थियो ।

    बाँकी नतिरेको उजुरी

    अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालका अनुसार अहिलेसम्म सुहाना भनिने भगवती केसीबाट ठगिएका ८ जना पीडितले उजुरी गरेका छन् । नयाँ बसपार्क क्षेत्रका होटलमा बस्ने गरेको र पैसा नतिरेको सूचना समेत प्रहरीकोमा आएको छ ।

    कतिपयलाई सामान खरिद गर्न लगाउने, कतिपयसँग नगदै सापट लिने गरेर ठगी गर्ने तिनको शैली भएको एसएसपी खनाल बताउँछन् । महाशाखाका डीएसपी रमेश थापा भन्छन्- कलाकारलाई आफु पनि कलाकार भन्ने र डाक्टरलाई डाक्टरै भन्ने सुहानाको शैलीमा डाक्टर तथा कलाकारहरु नै फसेका छन् गजबको कुरा छ ।

    ठगी धन्दामा बढ्दो महिला सहभागिता !

    ठगी धन्दामा संलग्न रहनेमा भगवती केसी एक्ली महिलाचाँहि होइनन् । पछिल्ला दिनहरुमा ठगीलगायतका आपराधिक कार्यमा महिलाको सहभागिता बढ्न थालेको प्रहरी अनुसन्धानले देखाएको छ । युवती भनेपछि आकर्षित हुने र फेसबुकबाट साथी बनाउन खोज्ने ‘स्त्री प्रेमी’ पुरुषहरु बढी ठगिने गरेको पाइएको छ ।

    Kanchan-Subba-and-Aashis

    गत साउन १ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा एउटा उजुरी आयो । सोनामबहादुर तामाङले आफु युवतीबाट ठगिएको भन्दै उजुरी गरे ।

    रोजगारीका लागि साउदी अरब पुगेका सोनामको फेसबुकमार्फत सुनसरीकी कञ्चन सुब्बा नाम गरेकी युवतीसँग उनको चिनजान भयो । चिनजान विस्तारै ‘माया’ मा बदलियो । सोनामले ‘भर्चुअल’ प्रेमिका कञ्चनका लागि खर्चस्वरुप अरबबाटै पैसासमेत पठाउन थाले । करिब दुई वर्षको वीचमा उनले ५ लाख १२ हजार रुपैयाँ पठाए ।

    सोनाम अरबबाट गत असारमा नेपाल आए । उनी कञ्चनसँग बिहे गर्ने सपना बोकेर आएका थिए । तर, नेपाल आउँदा उनले न कञ्चनलाई भेटे, न त आफुले पठाएको पैसा नै । त्यसपछि सोनामले काठमाडौं प्रहरी परिसरमा उजुरी गरे । प्रहरीले कञ्चन र उनका सहयोगी सुनसरीकै आशिक राईलाई पक्राउ गर्‍यो ।

    त्यस्तै केही दिनअघि सोह्रखुट्टे प्रहरी वृत्तले ठमेलमा शारीरिक सम्वन्धको प्रलोभन देखाएर ठगी गर्ने एक युवतीलाई पक्राउ गर्‍यो । काभ्रेकी २४ वर्षीया गीता भन्ने वर्षीया तिम्सिनाले ठमेल पुगेका एक पुरुषलाई फकाई-फुल्याई होटलमा लगिन् र निदाएपछि पाँचतोला सुन, मोबाइल र २८ हजार नगद लिएर फरार भइन् ।

    एक वर्षमा २८ जना ठग समातिए

    अमेरिका तथा युरोप पठाइदिनेदेखि प्रहरीमा जागिर लगाइदिनेसम्मका बाहाना बनाएर ठगी गरेको भन्दै यो आर्थिक वर्षमा मात्र अपराध महाशाखाबाट २८ जना पक्राउ परेका छन् । यसरी समातिनेमा केही हजारदेखि लाखौं ठगी गर्नेहरुसम्म छन ।

    पछिल्लो समय ठगी धन्दामा महिलाको सक्रियता बढ्न थालेको प्रहरीको भनाइ छ । अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार जघन्य अपराधमा प्रायः महिलाको प्रयोग हुने गर्छ ।

    तर, ठगी धन्दाको योजना भने महिला आफैंले बनाउने गरेको कमै भेटिएका छन् । अपराध गरेर पैसा कमाउने लोभमा परेर महिलाहरु ठगीधन्दामा लाग्ने गरेको एसएसपी खनालको विश्लेषण छ ।

    महिलाको रुपले फसाउँछ

    अपराध महाशाखाका डीएसपी रमेश थापा भन्छन्-महिला भन्नेबित्तिकै चाँडै विश्वास गर्ने पुरुषका कारण पनि महिलाहरु बढी अपराधमा सक्रिय हुने थालेका हुन् । अनुहार राम्रा भएका युवती देखेपछि प्रलोभनमा परेर त्यस्तो पुरुषहरु फस्ने गरेका छन् ।1 (2)

    कतिपय पुरुषहरु महिलासँग शारीरिक सम्बन्ध राख्न पाउने लोभमा पनि फस्ने गरेको डीएसपी थापा बताउँछन् ।

    काठमाडौंमा माया प्रेमको बहानामा पुरुषहरुलाई फसाउने र बलात्कार तथा जबरजस्तीको आरोपमा ब्ल्याकमेलिङमार्फत् सम्पति कमाउने धन्दामा युवतीहरुको गिरोह नै सक्रिय भएको प्रहरीको भनाइ छ ।

    तर, अधिकांश घटनाहरु सामाजिक लाजका कारण प्रहरीसम्म आइपुग्दैनन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.