×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

क्याम्पसमा काज मागेर अख्तियारको आयुक्त

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सावित्री थापा गुरुङलाई एक वर्षको बेतलबी काज

    – कृष्ण ज्ञवाली

    पुस २१, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री थापा गुरुङले त्रिभुवन विश्वविद्यालयको सेवा यथावत रहने गरी बेतलबी काज स्वीकृत गराएको भेटिएको छ । आयुक्तमा नियुक्ती पाएलगत्तै गुरुङले आयुक्तका हैसियतले नै त्रिभुवन विश्वविद्यालयका राजिष्ट्रारलाई निवेदन लेखेर बेतलबी काज स्विकृत गराएकी हुन् ।

    त्रिभुवन विश्वविद्यालय स्रोतबाट कान्तिपुरलाई प्राप्त कागजात अनुसार, गुरुङले नियुक्ती पाएको करिब तीन सातापछि आयोगमार्फत नै पत्र पठाएको खुलेको हो । उनले निवेदनमा ‘अख्तियारको आयुक्तमा नियुक्त भएकाले म मेरो अध्यापन कार्य नियमित रुपमा गर्न नसक्ने भएकोले २०७१ चैत १९ देखि सो पदमा बहाल रहँदासम्मको लागि बेतलबी काज स्वीकृत गरिदिनु हुन अनुरोध गर्दछु’ भनी उल्लेख गरेकी छन् ।

    आयुक्त गुरुङले आयोगमा दर्ता गराएको निवेदन अख्तियारले बैशाख १७ गते आधिकारिक पत्राचारमार्फत नै त्रिवीको रजिष्ट्रारको कार्यालयमा पठाएको छ । गुरुङ प्रदर्शनीमार्गस्थित नेपाल मानविकी क्याम्पसमा सह–प्राध्यापक छिन् ।

    निवेदनको सुनुवाई गर्दै त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको २०७२ जेठ २८ को बैठकले गुरुङका हकमा एक वर्षको बेतलबी काज स्वीकृत गर्ने निर्णय गरेको हो । २३८९ नम्बरको निर्णयलगत्तै असार २ गते रजिष्ट्रारको कार्यालयले गुरुङको बेतलबी काज स्विकृत गरेको हो ।

    आयुक्त गुरुङको बेतलबी काज विदा नेपालको संविधानको २३८ को उपधारा ८ सँग बाझिने प्रकृतिको छ । सो उपधारामा ‘प्रमुख आयुक्त वा आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राहय हुने छैन’ भनी उल्लेख छ । यो व्यवस्थाअनुसार उनी हालसम्म त्रिभुवन विश्वविद्यालयमा सेवारत र संवैधानिक पदमा पनि रहेको देखिन्छ । यसबारे प्रतिक्रिया लिन खोज्दा गुरुङ भने सम्पर्कमा आउन चाहिनन् ।

    स्रोतका अनुसार, त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले पनि प्रक्रिया मिचेर गुरुङको निवेदन स्विकृत गरेको छ । त्रिभुवन विश्वविद्यालयले कर्मचारी सेवा नियमको २१ अनुसार बेतलबी विदा दिएको छ । तर उक्त नियममा संवैधानिक पदमा जाँदा पद स्विकृत गर्ने व्यवस्था नै छैन ।

    विश्वविद्यायकै एक निकायबाट अर्को निकायमा मात्रै काज पठाउन मिल्ने व्यवस्था छ । विश्वविद्यालय बाहिर सरकारी निकायमा काज पठाउँदा ३ महिनाभन्दा बढीको विदामा कार्यकारी परिषदले निर्णय गर्ने उल्लेख छ । तर गुरुङ भने संवैधानिक हैसियतको अख्तियारमा काजमा पुगेको देखिन्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.