×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सम्झौता कार्यान्वयन गराएरै छाड्छु : डा. केसी

  •  
  • बुधबार, पुष २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – अतुल मिश्र 

    फाइल तस्बिर
    ‘मागबारे सरकारबाट कुनै सकारात्मक प्रतिक्रिया आएको छैन’

    पुस २२, २०७२- प्रा.डा. गोविन्द केसीले सरकारसँग भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गराएरै छाड्ने बताएका छन् । केसीले सम्झौता कार्यान्वयनका लागि सरकारलाई दिएको एक साताको अल्टिमेटमको म्याद बुधबार सकिँदै छ । उनले सरकारलाई चिकित्सा शिक्षा नीति निर्माण गर्ने र चिकित्सा शिक्षासम्बन्धी सम्पूर्ण निर्णय गर्ने जिम्मेवारीसहित तुरुन्त चिकित्सा शिक्षा आयोग बनाउन अल्टिमेटम दिएका थिए ।

    ‘हाम्रो मागप्रति उहाँहरूको प्रतिक्रिया भोलि (बुधबार) सम्म हेर्छु,’ डा. केसीले मंगलबार राति कान्तिपुरसँग भने, ‘सरकारका तर्फबाट खासै कुनै सकारात्मक प्रतिक्रिया आएको छैन ।’

    डा. केसीले नयाँ चिकित्सा शिक्षा नीति ऐनका रूपमा जारी नभएसम्म सम्बन्धन, विस्तारित कार्यक्रम, प्रतिष्ठान वा अरू कुनै पनि बहानामा चिकित्सा विषयका नयाँ शिक्षण संस्थाहरू नल्याउनसमेत सरकारलाई सचेत गराएका थिए ।

    ‘राष्ट्रिय चिकित्सा शिक्षा नीतिबारे नयाँ सरकारले हालसम्म केही काम गरेको छैन,’ उनले भने, ‘तर सरकारले हामीसँग गरेको सम्झौता उल्लंघन गर्दै प्रतिष्ठानका रूपमा सम्बन्धन दिलाउने मनसायले विधेयक प्रस्तुत गर्न भ्यायो ।’ नाफाका लागि खोलिएको मनमोहन मेमोरियल मेडिकल कलेजलाई सरकारले बलजफ्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूप दिन खोजेको उनको भनाइ छ । मुलुकको असहज, कष्टकर स्थितिमा संसद्मा विगतका सहमति र राज्यको नीतिविरुद्ध बनाइएको कथित विधेयकले प्रवेश पाउनु लज्जाजनक रहेको उनले बताए ।

    मनमोहन कलेजलाई प्रतिष्ठान बनाउने वर्तमान एमाले नेतृत्वको सरकारको पहललाई इंगित गर्दै डा. केसीले भने, ‘प्रधानमन्त्रीसँग हालै भएको भेटवार्तामा हामीले अमूर्त प्रतिबद्घताबाहेक केही पाएनौं ।’

    मनमोहन वा कुनै पनि मेडिकल कलेजलाई मुलुकमा चिकित्सा शिक्षा नीति नबनेसम्म कुनै नाम, प्रक्रिया वा विधिअन्तर्गत सम्बन्धन दिन नहुने जनाउँदै डा. केसीले भने, ‘नीति बनेपछि त्यसमा व्यवस्था भएअनुसार सरकारले सम्बन्धनलगायतका प्रक्रिया सञ्चालन गर्नुपर्छ ।’

    एउटा विश्वविद्यालयले राज्यको कार्यकारी र न्यायपालिकाकै मानमर्दन गर्दै मेडिकल कोर्समा भर्ना प्रक्रिया अघि बढाउँदा त्यसका पदाधिकारीलाई बर्खास्तीसम्मका सख्त कारबाही गर्नुपर्ने राज्यको दायित्व भए पनि केही नगरी दण्डहीनतालाई प्रश्रय दिन लागिएको आरोप डा. केसीको छ ।

    हाल सरकारले विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रियाअन्तर्गत राजनीतिक हस्तक्षेप हटाउने कानुनी व्यवस्था गर्ने विगतको सहमतिलाई लत्याएको उनले बताए ।

    लामो समयदेखि जारी चिकित्सा शिक्षा र सेवाको गुणस्तर, पहुँच विस्तारको संघर्षको परिणामबाट आएका उपलब्धि संस्थागत गर्ने निर्णय कार्यान्वयन नहुन्जेल कुनै अर्थ नराख्ने जनाउँदै डा. केसीले भने, ‘कसैले शंका नगरे हुन्छ, हामी आन्दोलनलाई सफल बनाएरै छाड्छौं ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.