×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कानुनविपरीत पूर्वविशिष्ट पदाधिकारी र सांसदलाई गाडीलगायतको सुविधा

  •  
  • सोमबार, पुष २०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस १९, २०७२- सरकारले कानुनविपरीत पूर्वविशिष्ट पदाधिकारीदेखि बहालवाला सांसदसम्मलाई धमाधम चालक, इन्धन र मर्मत खर्चसहित विलाशी गाडी सुविधा दिन थालेको छ । सरकारले पूर्वराष्ट्रपतिदेखि कांग्रेस सांसद अमरेशकुमार सिंहसम्मका नेतालाई कुनै कानुन र मापदण्डबिना नै चालक, इन्धनसहितको गाडी सुविधा दिइरहेको छ । सरकारले थप पूर्वविशिष्ट पदाधिकारी र प्रभावशाली नेतालाई यस्तो सुविधा दिने तयारी गरिरहेको जानकारीसमेत एक सरकारी अधिकारीले दिए ।

    अघिल्लो सरकारको पालामा पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई सचिवालय, आवाससहित विलाशी गाडी सुविधा दिने व्यवस्था गर्न विधेयक संसदमा पेस गरेको थियो ।

    पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिने कुराको तीव्र विरोध भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङको निर्देशनमा तत्कालीन गृह मन्त्री वामदेव गौतमले विधेयक फिर्ता गरेका थिए । अहिले आएर कानुनविपरीत गाडी सुविधा लिनेमा नेम्वाङ र गौतम नै अग्रपंक्तिमा रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।

    सरकारबाट विलाशी गाडीसहितको सुविधा पाउनेमा पूर्वराष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, खिलराज रेग्मी, पूर्व सभामुख सुवास नेम्वाङ र पूर्वगृहमन्त्री वामदेव गौतम र कांग्रेस सांसद अमरेशकुमार सिंहसमेत छन् ।
    गृह मन्त्रालय स्रोतका अनुसार चन्दलाई २०७१ फागुन ४ देखि बा १ झ ६४९८ इसुजु जिप, खनाललाई २०७१ जेठ १९ देखि बा ११च ६४३८ नम्बरको स्कोर्पियो जिप उपलब्ध गराइएको उल्लेख छ । पूर्वप्रधानमन्त्रीहरू र मन्त्रिपरिषदका पूर्वअध्यक्षलाई पछुवा सुरक्षाकर्मीसहितको पछुवा गाडी सुविधासमेत दिइएको छ ।

    स्रोतका अनुसार चुनावी मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई २०७१ मसिर २४ देखि बा २ झ ११३ स्कोर्पियो जिप, पूर्वगृहमन्त्री गौतमलाई २०७२ कात्तिकदेखि स्कोर्पियो जिप गाडी सुविधा दिइएको छ । कांग्रेस सांसद सिंहलाई २०७१ फागुन १५ देखि बा ११च ६४३७ स्कोर्पियो जिप र दुई सुरक्षाकर्मी उपलब्ध गराइएको छ ।

    सहरी विकास मन्त्रालयले पूर्वराष्ट्रपति यादवलाई मासिक डेढ लाख रुपैयाँ भाडाको आवास र चार कर्मचारी रहेको सचिवालयसहित विलाशी गाडी दिएको छ । राष्ट्रपति कार्यालयले यादवलाई टोयोटा प्राडो गाडी, चालक, इन्धन र मर्मतसहितको सुविधा दिएको छ ।

    उपराष्ट्रपति कार्यालयले पूर्वउपराष्ट्रपति झालाई टोयोटा प्राडो गाडी र संसद सचिवालयले नेम्वाङलाई ७० लाख रुपैयाँमा खरिद गरी चालक र इन्धनसहितको गाडी सुविधा दिएको छ ।

    सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र सुशील कोइरालालाई पनि विलाशी गाडी सुविधा दिने तयारी गरिरहेको छ । सरकारले पूर्वप्रधानमन्त्रीहरू सबैलाई सुरक्षाकर्मीसहित सवारी साधन भने पहिल्यैदेखि उपलब्ध गराइरहेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष २०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.