×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अख्तियारमा यसरी रोकियो राजेन्द्र महतोको नागरिकता छानविन

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    खोई प्रमाण ? माओवादीले डढायो !

    rajendra mahato

    चिरञ्जीवी पौडेल

    १९ पुस, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता प्रसंग फेरि एकपटक चर्चामा आएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालले गृहमन्त्री शक्ति बस्नेतलाई शनिबार ज्ञापनपत्र नै बुझाएर महतोको नेपाली नागरिकता नक्कली रहेको दावीका साथ छानविन माग गर्‍यो ।

    नेपालमा करिब-करिब २५ वर्षदेखि राजनीति गरिरहेका र पटक-पटक मन्त्रीसमेत भएका महतोको नागरिकता विवादमा तानिएको यो पहिलोपटक भने होइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हात हालेर छोडेको विषय हो यो । ०६८ सालमा अख्तियारले गृह मन्त्रालयलाई महतोको नागरिकता सम्वन्धमा पत्राचार गरेको थियो ।

    अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले सर्लाही जिल्ला प्रशासन कार्यालयसित राजेन्द्र महतोको नागरिकता सम्बन्धी विवरण माग्दै पत्रसमेत लेखेको थियो, जतिबेला महतो बहालवाला मन्त्री थिए ।

    जिल्ला प्रशासन कार्यालय सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले ०६९, जेठ २९ मा गृह मन्त्रालय, नागरिकता तथा हातहतियार शाखा, सिंहदरवारलाई पत्रको जवाफ पठाए । प्रजिअले महतोको नागरिकतासम्वन्धी छानविन गर्नका लागि हाल कुनै अभिलेख फेला नपरेको र मन्त्रिपरिषदको सदस्यलाई सिडिओ कार्यालयमा बोलाई छानविन गर्न बाधा परेको जवाफ दिएका थिए ।

    हेर्नुहोस् सर्लाही जिल्ला प्रशासनको पत्र

    Rajendra Mahato Nagarikta

    शनिबार गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएको युवा संघले ०६८ सालमा पनि महतोको नागरिकताका विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सोही साल महतोको नागरिकताबारे अख्तियारमा समेत उजुरी परेको थियो ।

    ‘उहाँका धेरैजसो आफन्तहरु भारतमै छन्,’ महतोलाई नजिकबाट चिन्ने एक सर्लाहीवासीले भने, ‘महतोका बुबाले चाहिँ नेपालमै बसेर उन्नति गर्नुभयो र यतैको नागरिकता लिनुभयो ।’

    युवा संघका अध्यक्ष राजीव पहारीले महतोको नागरिकता नक्कली भएको ठोकुवा गर्दै यसलाई रद्द गरेर कानूनबमोजिम कारवाही गनुपर्ने बताए । ‘नेपालको सामाजिक सदभाव बिथोल्न र आन्दोलन भड्काउन उद्यत भएका महतो नेपाली नागरिक नै होइनन्,’ पहारीले अनलाइनखबरसित भने, ‘झूटो विवरणका आधारमा नेपाली नागरिकता हत्याएका व्यक्तिले मधेस आन्दोलनको नेतृत्व गर्नु हास्यास्पद छ ।’

    सन् २०१० देखि १३ सम्म लाखौंको संख्यामा भारतीयहरुलाई नागरिकता बाँडिएको भन्दै पहारीले त्यसको पनि छानविन हुनुपर्ने बताए ।

    छानविन गर्न चुनौति

    सदभावना पार्टीका प्रवक्ता एवं उपेन्द्र महतोका नातेदार उपेन्द्र महतोलेे नागरिकताका विषयमा छानविन गर्न सरकारलाई चुनौति दिएका छन् ।

    उनले राजेन्द्र महतोसित वैधानिक प्रमाणका आधारमा लिएको जन्मसिद्ध नागरिकता रहेको दाबी गरेका छन् । युवा संघलाई ईंगित गर्दै उपेन्द्रले भने, ‘आफ्नै पार्टीको सरकार भएका बेला किन सडकमा नारा लगाएर हिँड्नुपर्‍यो ? खुरुक्क छानविन गरे भइहाल्यो नि ।’

    मधेसका अन्य नेताहरु सरकारसित झुक्न लाग्दा पनि महतो नझुकेकाले नागरिकताको बहानामा उनलाई निशाना बनाइएको तर्क उपेन्द्रको छ ।

    गृहले के गर्ला ?

    नागरिकता छानविनका लागि दबाव परे पनि गृहमन्त्रालयले तत्काल छानविन गर्ने सम्भावना न्यून देखिएको छ । नागरिकता छानविन गर्दा सरकार र मधेसी मोर्चासितको वार्ता प्रक्रियामा व्यवधान आउने चिन्ताका कारण मन्त्रालय हच्किएको हो ।

    युवा संघको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री बस्नेतले घुमाउरो जवाफ दिएका थिए । उनले नागरिकता विवादमा सरकार गम्भीर रहेको भन्दै यसको समाधानको उपयुक्त विधि सरकारले छनोट गर्ने बताएका थिए ।

    सीतामढीमा पुख्र्यौली घर र ससुराली

    जानकारहरुका अनुसार राजेन्द्र महतोका बुबा खोभारी सुडी भारतीय नागरिक थिए (सुँडीहरुले आजकाल महतो वा साह लेख्ने गरेका छन्, यो जातिको बसोबास नेपालमा समेत छ ) ।

    सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल-भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काकापट्टीका सन्तानहरु बस्छन् । उनका तीन दाजुभाइ भने अहिले नेपालमै छन् ।

    महतोका पिता खोभारी व्यापार गर्न ०२० सालतिर नेपाल आएका हुन् । सर्लाहीको बयलवासमा उनी धान-चामलको व्यापार गर्थे । भारतमा छँदा गतिलो बन्दोबस्त नभएका खोभारी नेपालमा व्यापार गरेर आर्थिक अवस्था उकास्न सफल भए । त्यसपछि सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएर यतै बस्न थाले ।

    महतोको ससुराली पनि भारतमै हो । कोहबरवासँगै जोडिएको मरिया भन्ने गाउँमा बस्ने नागेश्वर महता र दौलतियादेवी महतोकी छोरी शैलकुमारी देवीलाई राजेन्द्रले बिहे गरेका हुन् । शैलकुमारी हाल समानुपातिकबाट संविधानसभा सदस्य छिन् ।

    महतोसित विवाह गरेपछि शैलकुमारीले वैवाहिक अंगीकृत नागरिकता लिएकी थिइन् । शैलकुमारी ०४७ सालबाट राजनीतिमा लागेको र एसएसलसीसम्म अध्ययन गरेको संविधानसभा सदस्यको परिचयात्मक किताबमा लेखिएको छ । उनी मधेसी महिला समाज र सुडी समाजकी केन्द्रीय सदस्यसमेत हुन् । महतो दम्पत्तिका एक छोरा र एक छोरी छन् ।

    कसरी लिए नागरिकता ?

    जानकारहरुका अनुसार राजेन्द्र महतोले ०२७/०२८ को बीचमा नेपाली नागरिकता लिएका हुन् । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको देखिन्छ । उनलाई नागरिकता दिलाउन सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापाको भूमिका थियो ।

    छोराले पहिले र बुबाले पछि नागरिकता लिएको दाबी गर्नेहरु पनि छन् । तर, यसको कुनै प्रमाण छैन । सर्लाही जिल्ला सदरमुकाममा माओवादीले हमला गरेपछि महतो परिवारकोजस्तै धेरैको नागरिकताको प्रमाण नष्ट भइसकेको छ ।

    महतो स्वयम् भने आफूसित जन्मसिद्ध नागरिकता रहेको दाबी गर्छन् । जब कि उनले नागरिकता लिएको समयमा जन्मसिद्द नागरिकता दिने व्यवस्था नै खारेज गरिएको  थियो । २०१९ सालअघि नेपालमा आएर लामो समय बसोबास गरेका आधारमा जन्मसिद्ध नागरिकता दिने व्यवस्था भए पनि २०१९ सालपछि बंशजको नागरिकता मात्रै कायम गरियो ।

    ठेकेदारदेखि मन्त्रीसम्म

    राजेन्द्र महतो ०२१ सालतिर पढ्ने सिलसिलामा काठमाडौं आए । ताहचल क्याम्पसमा बसेर पढ्दा उनको आर्थिक स्थिति सामान्य थियो । उनी पढाइसँगै सानातिना व्यापारहरु पनि गर्थे । केही समय गार्मेन्ट व्यवसायमा हात हालेका उनले बिस्तारै ठेकेदारीको काम सुरु गरे । घरमा रंग लगाउनेदेखि विभिन्न कार्यालयहरुमा स्टेशनरी सामानहरु सप्लाई गर्नेसम्मका काम उनले गरे ।

    पछि त्रिभुवन विमानस्थलको फोहोर उठाउने ठेक्का हात पारेपछि महतोले राम्रै पैसा कमाएको उनीनिकट स्रोत बताउँछ ।
    सदभावना पार्टीका प्रवक्ता उपेन्द्र महतोका अनुसार महतो राजनीतिमा लागेको ०४६ सालपछि हो ।

    प्रजातन्त्रका लागि भएको आन्दोलनमा उनी संलग्न थिएनन् । व्यापारकै क्रममा मधेसवादी नेता गजेन्द्र नारायण सिंहसित सम्वन्ध भएपछि उनी राजनीतितिर ढल्किएका हुन् । ढीलो गरी राजनीति सुरु गरे पनि उनी पटक-पटक मन्त्री बन्ने भाग्यमानी नेता हुन् ।

    पुराना र अनुभवी मधेसी नेताहरुलाई पछि पार्दै महतो अहिलेसम्म चारपटक मन्त्री बनिसकेका छन् । पछिल्लो संविधानसभा चुनावमा भने उनी गृहजिल्ला सर्लाहीबाट हारे । तर, आफूले हारे पनि उनले मधेसका सहिद परिवारको साटो समानुपतिकबाट आफ्नै श्रीमतीलाई सभासद बनाए ।

    अब कहिल्यै मन्त्री नबन्ने ?

    राजेन्द्र महतोले केही समयअघि मात्रै ‘अब कहिल्यै मन्त्री नबन्ने’ घोषणा गरेका छन् । विगतमा पटक-पटक मन्त्री बनेका महतोले काठमाडौंको भीमसेनगोलामा घर किनेका छन् । मधेसलाई काठमाडौंले हेपेको बताउने महतोले काठमाडौंमै करोडौंको आलिसान महल ठड्याएका छन्, जसको स्रोत प्रष्ट छैन ।

    महतोले संविधानसभा चुनाव हारेलगत्तै सर्लाहीमा ७० लाख रुपैयाँमा लजसहितको घर किनेको बताइन्छ । तर, त्यो घर उनको नाममा छैन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.