काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले तेश्रो स्थापना दिवस मनाएको छ । अस्पतालमा उपचार सेवा संचालन भएको तेश्रो वर्ष पुरा भएको उपलक्षमा आज ग्रान्डी अस्पताल परिसरमा एक संक्षिप्त कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
संचालनको तेश्रो वर्ष पुरा गर्दा सम्म यस अस्पतालले इभिडेन्स बेस्ड मेडिसिन मा आधारित उपचारका माध्यमबाट हजारौंको संख्यामा बिरामीहरुलाई उपचार गरिसकेको छ । चिकित्सक र नर्सिङ स्टाफ सहितको एयर एम्बुलेन्स सेवाको माध्यमबाट आकस्मिक उपचार र उद्धार गरी सयौंको संख्यामा बिरामीहरुलाई अस्पतालमा ल्याएर सफल उपचार गरिसकेको छ । यस कार्यमा अस्पतालको छतमा रहेको सुरक्षित हेलिप्याडले पनि महत्वपुर्ण भूमिका खेलेको छ ।
अस्पतालको आइसियू सिसियू र हाईकेयरले बिरामीको उपचारमा आवश्यक विशेष उपचार आवश्यकतालाई पुरा गर्नकालागि महत्वपूर्ण भूमिका खेलेको छ । हृदयाघात भएर आएकाहरुकोलागि कार्डियाक इन्टरभेन्सन देखी मुटुमा छुरा रोपिएर आएका बिरामीको सफल शल्यकृया सम्म अनि छिनेका हात र औंलाहरु जोड्ने सम्मका जटिल शल्यकृयामा यस अस्पतालले सफलता हाँसिल गरिसकेको छ । त्यसैगरी दुर्घटनाबाट हुने चोटपटक जन्य बिरामीहरुका लागि यो अस्पताल एउटा उत्कृष्ट गन्तब्यका रुपमा स्थापित भएको छ ।
खेलकुदका बखत लाग्ने चोटपटकको क्यामेराको प्रयोगबाट गरिने आर्थोस्कोपिक उपचार र स्पोर्टस् मेडिसिनमा पनि ग्रान्डी अस्पताल पहिलो गन्तब्यका रुपमा रहेको छ । त्यसैगरी न्यूरो सर्जरी, स्पाइनल सर्जरी र ल्याप्रोस्कोपिक रेनल र एब्डोमिनल इन्टरभेन्सनकालागि पनि यो अस्पताल उच्च प्राथमिकताको गन्तब्यको रुपमा स्थापित भइसकेको छ । यस किसिमका उपचार सेवा अत्याधुनिक र बिश्वस्तरिय उपकरण र दक्ष तथा अनुभवि डाक्टरहरुको टिमले प्रदान गर्ने हुनाले यो अस्पताल सार्थकरुपमा एक अन्तर्राष्ट्रिय अस्पताल बन्न सफल भएको छ ।
स्त्री तथा प्रसुतिरोग सेवा र नियोन्याटल केयर सहितको बालरोग सेवाले पनि अस्पताललाई पुर्णता दिएको छ ।
ग्रान्डी अस्पतालमा संचालित ह्यान्ड हाइजिन प्रोग्राम तथा एन्टिवायोटिक स्टिवर्डसिप प्रोग्रामले पनि यस अस्पतालको सेवाको गुणस्तरलाई खास उचाई प्रदान गरेको छ । त्यसैगरी संक्रमित बिरामिहरुलाई अलग्गै राखेर उपचार गरिने बिशेष कार्यक्रम समेत ग्रान्डी अस्पतालमा संचालित छ ।
ग्रान्डी अस्पतालमा एकैछानामुनी ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेका छन् । अलग अलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरुको उपचार समेत संभव हुने गरेको छ ।
setopati



