×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अनुदानमा प्राप्त चिनियाँ इन्डक्सन चुल्होको मूल्य ९२ सय !

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नाकाबन्दीमा चीनले दिएको अनुदान किन बेच्दैछ सरकार ?

    १९ पुस, काठमाडौं । नेपाली बजारमा भारतबाट आएको इन्डक्सन चुल्होको मूल्य सामान्यतः ४ हजारदेखि ७ हजारसम्म पर्ने गरेको छ । तर, चीनले अनुदानस्वरुप दिएको चुल्होको दाम नेपाल सरकारले अहिलेसम्म तोक्न सकेको छैन ।

    Induction-Cookerचीनले अनुदानमा दिएको झण्डै ११ हजार ३ सयवटा इन्डक्सन चुल्हो अहिलेसम्म साल्ट ट्रेडिङको गोदाममा थन्किएको छ ।

    वाणिज्य मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेका अनुसार मूल्य निर्धारण नभए पनि चीनबाट आएको इन्डक्सन चुल्हो प्रतिगोटा ९ हजार २ सय पर्ने देखिएको छ ।

    चीनले दिएको मूल्यसूची, ढुवानी खर्च र भन्सार लागत अनुसार चीनबाट आएको इन्डक्सन निकै महंगो पर्ने देखिएको घिमिरेको भनाइ छ । ‘एउटा इन्डक्सन ९ हजार २ सय रुपैयाँमा बेच्नुपर्ने देखिएको छ । अब के गर्ने भनेर अर्थ मन्त्रालयमा राय मागेका छौं’ सहसचिव घिमिरेले अनलाइनखबरसँग भने-‘अर्थले दिने सुझावका आधारमा मूल्य तोकेर बेच्न सुरु गरिनेछ ।’

    चीनले अनुदानमा दिएको इन्डक्सन चुल्हो सर्वसाधरणलाई नेशनल ट्रेडिङले बेच्नेछ । अर्थ मन्त्रालय पनि नियमित अनुदान कटौती हुने गरी आएको सहयोग भएकाले त्यसलाई लागत अनुसार नै बेच्नुपर्ने पक्षमा देखिएको छ ।

    यदि अर्थ मन्त्रालयले लागतअनुसार बेच्नुपर्ने भनेर सुझाव दिएमा एउटा चिनियाँ इन्डक्सनको मूल्य ९ हजार २ सय रुपैयाँ नै पर्नेछ । भारतीय इन्डक्सन ४ देखि ७ हजार रुपैयाँसम्म नेपालमा पाइरहेका बेला चिनियाँ इन्डक्सक्नको मूल्य बढी पर्ने भएको छ ।

    नियमित रकमबाटै नाकाबन्दीमा चीनको अनुदान

    नेपालले उर्जा र आपूर्तिको संकट बेहोरिरहेको समयमा चीनले नेपालमा तेल, इन्डक्सन चुल्हो र खाद्यान्न अनुदानमा पठाएको थियो । सकंट पर्दा मन खोलेर सहयोग गरेको भन्दै आम नागरिकले चीनको निकै प्रशंसा पनि गरे । भारतले हेपेका बेला चीनले नेपालमा सहयोग बढाएको भनेर नेपालीले खुशी मनाए ।

    तर, नाकाबन्दीमा चीनले दिएको अनुदान पूर्वघोषित नियमित सहयोग रकमबाटै कट्टा हुने गरी आएको हो भन्ने कुरा धेरै नेपालीले महसुस गरेनन् । ‘कतियलाई सरकारले अनुदानमा ल्याएको तेल पनि बेचेर खायो भन्ने परेको छ’ वाणिज्य मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेले भने- ‘तर, त्यसो हुँदै होइन, चीनले यो अनुदान थप अनुदान घोषणा गरेर दिएको होइन, अप्ठेरोलाई सहज गराउन नियमित अनुदानभित्रकै रकम काटिने गरी तेेल, इन्डक्सन र खाद्यान्न पठाएको हो ।’

    नियमित अनुदानबाट कट्टा हुने गरी चीनले नेपाललाई आर्थिक सहयोग गरेका कारण कटौती भएको अनुदान रकम उठ्ने गरी मात्रै तेल, इन्डक्सन र खाद्यन्न बेच्नुपर्ने अवस्था आएको घिमिरेले बताए ।

    चीनबाट आएको तेल नेपाल आयल निगमले बिक्री गरिसकेको छ । अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वयन महाशाखाका प्रमुख मधुरमण मरासिनीले तेल बचेको रकम आयल निगमसँग मागिने बताए ।

    ‘नियमित अनुदानमा आएको रकम विकासमा खर्च हुन्छ । आयल निगमले चीनबाट आएको तेल बेचेकै हो । अब हामीले आयल निगमसँग त्यो रकम माग्छौं ।’ मरासिनीले भने-‘अनुदानको रकम सबै अन्यत्र खर्च गर्दा विकास आयोजनाहरु प्रभावित हुन्छन् । त्यसैले अनुदानमा नै आएका सामग्री पनि नबेची सुख छैन ।’

    चीनले नेपाललाई यसअघि नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानमा दिएको थियो । अब फेरि सोही परिमाणमा इन्धन दिन चीन सहमत भइसकेको छ । यस्तै ११ हजार ३ सय वटा इन्डक्सन चुल्हो दिएको ३० टन चामल, १० टन तोरीको तेल र १० टन नुन अनुदानमा दिएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.