सुवास गोतामे
फोटो :फाइल फोटोकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर काठमाडौं आउन लागेको नेपाली सेनाको सुपर पुमा हेलिकोप्टर ललितपुरको गिम्दीमा बिग्रिएको छ ।
ललितपुरको गिम्दी–९ सोभानबेंसीस्थित बागमती नदीमा निर्मित झोलुङ्गे पुल उद्घाटन गरेर फर्कनै लाग्दा उड्न तयारी अवस्थाको सेनाको हेलिकोप्टर बिग्रिएको हो ।
उड्न इन्जिन चलाइसकेको अवस्थामा अचानक बिग्रेको हेलिकोप्टरलाई काठमाडौंबाट गएको नेपाली सेनाको अर्को टोली मर्मत गर्न पुगेको एक सुरक्षा अधिकारीले जानकारी दिए ।
मर्मतमा खटिएको टोलीले आजै काम पुरा नगर्ने भएपछि बिग्रेको हेलिकोप्टर गिम्दीमै ग्राउन्डेड भएको छ । सो हेलिकोप्टर भोलिसम्ममा मर्मत गरेर काठमाडौं ल्याइने भएको छ ।
बिग्रेको हेलिकोप्टर नबनेपछि नेपाली सेनाको अर्को एमआई १७ हेलिकोप्टर गएर प्रमसहितको टोलीलाई काठमाडौं ल्याएको छ ।
annapurnapost




















