कैलासबावु श्रेष्ठ/गोरखा
पौष १९ गते । अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ भाटवाडा निवासी कौशी बि.क. अहिले मात्र २५ बर्षकी भईन । उनको बिहे १३÷१४ बर्षकै उमेरमा भएको थियो ।
सानै उमेरमा बिहे भएका कारण उनलाई त्यस बेला बैबाहीक जीवन बारे केही पनि थाहा थिएन । २७ बर्षका श्रीमान गंगा बि.क. पछिल्लो केही बर्ष यता जागीरको शिलसिलामा भारतमा छन् । श्रीमान जागीर गर्न भारतमा गएको भएतापनि अहिले सम्म श्रीमानले घरमा पैसा नपठाएको कौशीलाले दुखेसो पोखिन् । 
१५ बर्षकै उमेरमा जेठो छोराको जन्म भएको उनले बताईन् । अहिले जेठो छोरा १० बर्ष पुगेको छ भने कान्छो छोरा ८ बर्षको पुरा भयो । ‘१० बर्षिय छोरा शंकर अहिले स्थानीय एक प्रथमिक बिद्यालयमा कक्षा ४ मा पढ्छ ।’ कौशीलाले भनिन् ‘आर्थिक अभावका कारण छोरालाई पनि घरको काम गर्न लगाउनु पर्ने बाध्यताले पढाई निरन्तर गर्न सकिने अवस्था छैन ।’
८ बर्षिय कान्छो छोरा कृष्णको बिद्यालय जाने उमेर भएको भएतापनि आर्थिक अभावका कारण बिद्यालय पठाउन नसकेको उनले बताईन् । श्रीमानले संगै बस्ने भनेर भारतमा बोलाएको बताउने कौशीला केही दिन पहिले मात्र श्रीमानसंग भारतमा जानका लागि धनगढी गएकी थिईन् । तर धनगढी गएपछि श्रीमानले फोन नै नउठाएपछि उनि त्यहाँ अलपत्र परिन् ।
त्यहाँ स्थित एक आफन्तले अछाम आउने गाडीमा पठाई दिएपछि उनि अछाम आईपुगिन् । श्रीमान न घर आउने, न त पैशा नै पठाउने भएपछि कौशीला सहित उनका केटा–केटी अहिले अलपत्र अवस्थामा छन् ।
घरमा खेति किसानी गरेर खाने कौशीलालाई खेति गरेर ३ महिना पनि खान पुग्दैन । श्रीमानले कमाएर पठाउलान् भन्ने आस समेत मार्नु परेपछि अहिले उनको र केटाकेटीको बिचल्ली भएको छ ।
आफुलाई श्रीमान हुँदा–हुँदै पनि एकल महिला जस्तो महसुस् भैरहेको बताउँदै कौशीलाले केटा–केटी समेत टुहुरा जस्तो भएको बताईन् । उनि अहिले जीवन गुजाराका लागि भएपनि कुनै सहयोगी निकायसंग सहयोगको याचना गरिरहेकी छिन् ।
श्रीमान छँदै एकल बनेकी कौशी र वुवा छँदै टुहुरा केटाकेटी
श्रीमान छँदै एकल बनेकी कौशी र वुवा छँदै टुहुरा केटाकेटी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















