व्यवस्थापिका संसद्ले नियमावली मस्यौदा समितिको म्याद दोस्रो पटक थप गरेको छ।
संसद्को आइतबार बसेको बैठकले नियमावली मस्यौदा समितिको म्याद दोस्रो पटकका १५ दिन थप गरेको हो। संसद्ले आफ्नो नियमावली बनाउन गत असोज २५ गते समिति गठन गरेको थियो। संसद्ले समितिलाई एक महिनाको म्याद दिएकामा समितिले मंसिर ४ गतेबाट मात्र काम सुरु गरेको थियो।
समितिका सभापति राधेश्याम अधिकारीले समिति अर्न्तगतको ११ सदस्यीय उपसमितिले नियमावलीको मस्यौदा तयार पारेको तर मस्यौदामाथि छलफल गर्न बाकि रहेको भन्दै समितिको म्याद १५ दिन थप गर्न माग गरे।
सभापति अधिकारीको माग बमोजिम संसद्को बैठकले समितिको म्याद पुस २० गतेबाट लागू हुने गरी १५ दिन थप गरेको छ।




















