×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मकै पिँध्ने घट्टबाटै निकाल्न सकिन्छ बिजुली

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तपाईले पनि आफ्नै गाउँमा बिजुली निकाल्ने कि ?

    Pani Ghata bata electry (1)

    रविन्द्र घिमिरे

    १९ पुस, काठमाडौं । खोल्साखाल्सीमा बगिरहेको पानीबाट घट्ट चलाउने र कुटानी पिसानीको काम गर्ने प्रचलन नेपालमा पुरानो र मौलिक परम्परागत प्रविधि हो । अब आधुनिकतासँगै ती पानीघट्टबाट थोरै लगानीमै आफ्नो गाउँलाई चाहिने बिजुलीसमेत निकाल्न सकिने ‘मेसिन’ बजारमा आइसकेको छ ।

    काठमाडौंको भृकुटीमण्डपमा आयोजित वैकल्पिक ऊर्जाको प्रदर्शनीस्थलमा यस्तै एउटा सामान्य मेसिन देखियो, जसबाट थोरै खर्चमा सहजै बिजुली निकाल्न सकिँदोरहेछ । ढुंगाको जाँतोसमेत जोडिएको मेसिनबाट कसरी बिजुली निस्कन्छ भनेर हामीले चासो राख्यौं ।

    गाउँघरमा प्रायः स-साना खोल्साहरुमा पानी बगिरहेकै हुन्छ । त्यही खोल्सा र खोलाको पानी सदुपयोग गर्ने जाँगर स्थानीयलाई आयो भने लोडसेडिङ मात्रै होइन, प्राधिकरणको महंगो बिजुलीको बिलबाट पनि मुक्ति पाउन सकिने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारीहरुको दाबी छ ।

    परम्परागत घट्टलाई सामान्य सुधार गर्दा एक घण्टामा तीन पाथीसम्म खाद्यान्न पिस्ने घट्टले ७ पाथीसम्म पिँध्न सक्छ । पुरानो शैलीका घट्टहरुलाई सुधार गरेर बिजुली निकाल्दा काठका मदानीको ठाउँमा फलामको मदानी जोडिन्छ । बगेर आएको पानी मदानीमा ठोक्किदाँ मदानीसँगै घट्ट र सँगै राखिएको जेनेरेटर पनि घुम्छ । घट्ट घुमिरहँदा पिसानीको कामसँगै बिजुली पनि निस्किन्छ ।

    कहाँ-कहाँ भएको छ यसको प्रयोग ?

    गाउँघरमा कुटानी पिसानीका लागि जोडिएका पानीघट्टबाटै बिजुली निकाल्न सकिन्छ भन्ने अझैसम्म धेरैलाई थाहा छैन । घट्ट चल्ने क्षमताको खोल्साको पानी नै बिजुली निकाल्न पर्याप्त हुन्छ । प्राविधिकरुपमा भन्ने हो भने प्रतिसेकेण्ड २५ देखि ३० लिटर पानी बग्ने खोल्साबाट बिजुली निकाल्न सकिन्छ ।

    अहिलेसम्म परम्परागत घट्टलाई सुधार गरेर नेपालमा ४० भन्दा बढी ठाउँबाट बिजुली निकालिएको छ । काभ्रेको हात्तिसारमा घट्टबाटै निस्किएको ५ किलोवाट बिजुली ६८ घरले उपयोग गरिरहेका छन् ।

    यस्तै मकवानपुर, धादिङ, सिन्धुली, बैतडी, सुर्खेत, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्लामा घट्ट सुधिार गरेर नै बिजुली निकालिएको छ ।

    लघु जलविद्युत आयोजनामार्फत बिजुली निकाल्न चाहेमा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सुगमता हेरेर क्षमताअनुसार प्रतिकिलोवाटका लागि १ लाख ६५ हजार रुपैयाँदेखि २ लाख ५५ हजार रुपैयाँसम्म अनुदानको समेत व्यवस्था गर्दै आएको छ ।

    लोडसेडिङका कारण अहिले गाउँदेखि शहर सबै क्षेत्र आक्रान्त भइरहेका बेला खोल्साबाट विजुली निकाल्ने यो प्रविधि पहाडमा निकै प्रभावकारी हुने देखिन्छ ।

    शहरमा लगानी गर्न सक्नेले इन्भर्टर, सोलार र जेनेरेटरलगायतका सामाग्री प्रयोग गरेर लेडसेडिङको विकल्प खोजेका छन् । तर, गाउँघरमा खासै लोडसेडिङको विकल्प खोजिएको पाइँदैन । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका प्राविधिकहरु भन्छन् – हामीले बुद्धि पुर्‍याउने हो भने लोसेडिङबाट मुक्ति पाउन गाउँघरमा सानो लगानी र प्रयास नै पर्याप्त छ ।

    कति घरलाई कति लगानी चाहिन्छ ?

    घट्टलाई सुधारेर बिजुली निकाल्नका लागि केही लगानी र मेहनत आवश्यक पर्छ । घट्टलाई सामान्य सुधार गरेर बिजली निकाल्न कुनै समस्या नपर्ने ग्रामीण वातावरण विकास केन्द्रका साहयक कार्यक्रम अधिकृत मिलन श्रेष्ठ बताउँछन् । पैसाका साथै श्रमदानबाट पनि कतिपय काम गर्न सकिन्छ ।

    Pani Ghata bata electry (2)

    सामान्यतया गाउँघरमा चल्ने साधारण घट्टमा २ लाख ५० हजार रुपैयाँ खर्च गर्ने हो भने १ किलोवाट बिजुली निकाल्न सकिने श्रेष्ठले बताए । १ किलोवाट बिजुलीले १० परिवारलाई आरामले बिजुली बाल्न पुग्छ ।

    यदि त्यही घट्टबाट ५ किलोवाट बिजुली निकाल्ने हो भने पानीको मात्रा र उचाइलाई त्यसैअनुरुप बढाउनुपर्छ । बिजुली निकाल्ने गरी घट्टमा जनेरेटर र प्राविधिक सामाग्री जोड्ने हो भने बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले प्रतिकिलोवाट ७० देखि ८० हजार रुपैयाँसम्म अनुदान पनि दिन्छ ।

    एक किलोवाट बिजुली निकाल्न २ लाख ५० हजार रुपैयाँसम्म खर्च पर्याप्त हुन्छ । १ किलोवाट बिजुली निकाल्न १० परिवारले १८/१८ हजार रुपैयाँ लगानी गर्दा लोसेडिङ पूर्ण रुपमा हट्छ ।

    घट्टस्थलबाट गाउँघरसम्म लामो दुरी छ भने तार टाँग्दा भने खर्च बढ्न सक्छ । यदि स्थानीयले श्रमदान गरे भने त्यो लागत अझ घट्न सक्छ । घट्ट पनि सुधार हुने र कार्यक्षमता बढ्ने अनि बिजुली पनि निस्कने भएकाले यो निकै उपयोगी हुन्छ ।

    घट्टबाट ५ किलोवाट बिजुली निकाल्ने हो भने त्यसैअनुरुप पानीको मात्रा र उचाइ बढाउनुपर्छ । ५ किलोवाटसम्म बिजुली निकाल्दा ५० घरलाई बिजुली बाल्न पुग्छ ।

    घर छेउबाट बग्ने खोल्सामा खेर गइरेको पानीमा १८ हजार रुपैयाँ खर्चिँदा लोडसेडेडिङ हट्छ भने किन यसबारे नसोच्ने ?

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.