×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मधेसी मोर्चासँग बेलुका निर्णायक वार्ता

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल तस्बिर

    काठमाडौं : मधेस आन्दोलन र मुलुकको असहज अवस्थाको निकासका लागि आन्दोलनरत मधेसी मोर्चा र प्रमुख तीन दलबीच आज वार्ता हुने भएको छ। मधेसी मोर्चासँगको वार्ताअघि प्रमुख तीन दल बसेर मोर्चाका मागबारे छलफल गर्ने तयारी छ।
    मोर्चासँगको वार्ताका लागि बेलुका छ बजे र तीन दल बैठकको समय अपरान्ह चार बजे तय गरिएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिए। आजको वार्तालाई निर्णायक बनाउन दुवै पक्ष आन्तरिक परामर्श र गृहकार्यमा व्यस्त छन्।

    औपचारिक सहमति आजै संभव नभए पनि सहमतिका लागि केही सकारात्मक सन्देश दिनका लागि दुवै पक्षक सकारात्मक देखिएका छन्। संविधान संशोधन विधेयक पारित गर्ने र  मोर्चाले आन्दोलनको स्वरुप बदल्ने सम्बन्धमा एक खालको भद्र समझदारी हुनसक्ने संकेत आन्तरिक छलफलमा सहभागी दुवैपक्षका नेताहरुले दिएका छन्।

    मधेसलाई सम्बोधन गर्नका लागि संसद्मा पेस गरिएको संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिदैछ। मधेसी मोर्चाले घेराउ तथा नाराबाजी गरेर अवरोध गर्दै आए पनि सरकारले विधेयकमाथिको छलफल रोकेको छैन। आज सैद्धान्तिक छलफल सकिएपछि विधेयकमा संशोधनका लागि ७२ घन्टाको समय दिनुपर्ने प्रावधान छ।
    संशोधनका लागि उपलब्ध हुने ७२ घन्टाको म्यादमा मधेसी मोर्चासँग छलफल गरेर सहमति जुटाउने कसरतमा दलहरु लागेका छन् । शनिबार नै मोर्चासँग निर्णायक वार्ता गर्ने भनिए पनि आन्तरिक छलफल र गृहकार्यमा व्यस्त रहेकोले औपचारिक वार्ता हुन सकेको थिएन। यसबीचमा कांग्रेस र एमाओवादीले मोर्चासँग दुईपक्षीय छलफल विभिन्न चरणमा गरेका छन् ।
    संविधान संशोधनमा मधेसी मोर्चा सकारात्मक भए पनि  सरकारले वार्ता नगरीकन एकपक्षीय रुपमा विधेयक अघि बढाएको भन्दै औपचारिक रुपमा विरोध गरिरहेको छ। मधेसी मोर्चाले राखेका मुख्य मागलाई सम्बोधन गर्न संविधान संशोधन विधेयक पेस भइसकेको र सिमांकनका बारेमा मुख्य तीन दलको प्रतिवद्धतासहित मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरिसकेकोले नाकाकेन्द्रित आन्दोलनलाई लम्ब्यान नहुनेबारे मोर्चाभित्रै पनि आन्तरिक वहस सुरु भएको छ। आन्दोलनको स्वरुप परिवर्तन गरेर नाका खुलाउनुपर्छ भन्ने आन्तरिक दबाब मोर्चाभित्रै छ।
    मधेस आन्दोलनलाई सम्बोधन गर्न तत्कालीन कांग्रेस सरकारले दर्ता गराएको संविधान संशोधन गर्ने विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले गत पुस ५ गते तीन बुँदे निर्णय गरेको थियो।
    सरकारले पारित गरेको तीनबुँदेमा राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि संविधानमा संशोधनका निमित्त संसदमा पेश भएको विधेयक पारित गर्न प्रक्रिया अघि बढाइने उल्लेख छ।
    त्यसैगरी प्रदेश सीमांकन सम्बन्धमा आन्दोलनरत दलहरुले उठाएको मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमतिअनुसार संविधानमा उपयुक्त व्यवस्था गरिने र यस्तो राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिने र उक्त संयन्त्रले तीन महिनाभित्र सुझावसहितको प्रतिवदेन दिने र नागरिकता लगायतका अन्य मागहरुलाई समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिने तीनबुँदेमा उल्लेख छ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.