पुस १९, २०७२- गत असोज २७ गते गौरमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी घाइते भएका शेख मारिुद्दिनको उपचारका क्रममा आज मृत्यु भएको छ । रौतहटको अकोलवा गाविस–५ का ५० वर्षिय महारुद्दिनको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताए । उनको मृत्युसँगै यसपटकको आन्दोलनमा रौतहटमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
गोली लागेपछि उपचारका लागि काठमाडौं लगिएका माहिरुद्दिन उपचार भएर घर फर्किएका थिए । तर, घाउ बल्झिएपछि एक साताअघि परिवारले वीरगञ्ज लगेका थिए । उनको संवदेनशील अंगमा गोली लागेको थियो ।
ekantipur


