×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली युवती बलात्कार गर्ने ७ जनालाई मृत्युदण्ड

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – कान्तिपुर संवाददाता , नयाँदिल्ली

    हरियाणा प्रहरीसामु नेपाली युवती बलात्कारपछि हत्या गरेको अभियोग स्विकारेपछि अभियु्क्तहरु ।फाइल तस्बिर

    बर्दियाको राजापुर मुलघर भएकी एक २८ वर्षीया युवतीको हरियाणाको रोहतकमा बलात्कारपछि हत्या भएको पुष्टि भएपछि उक्त अपराधमा संलग्न ७ जनालाई राज्यको विशेष अदालतले सोमबार मृत्युदण्ड सजाय सुनाएको छ ।

    ‘विशिष्ट प्रकृतिको घटना’का रुपमा लिँदै न्यायिक छानविन तथा अनुसन्धानमा प्राथमिकतामा राखिएको यो घटनामा ६६ जना साक्षी प्रमाणको ९ महिना लामो बयान लिइएको थियो ।

    मानसिक रोगको उपचारका लागि बर्दिया, राजापुरबाट रोहतकमा रहेका आफन्तकहाँ आएकी २८ वर्षीया सुनार युवतीलाई स्थानीय भारतीय र नेपाली कामदारले नजिकैको जंगलमा लगेर जघन्य बलात्कार गरेका थिए । गत फेब्रुवरी १ मा रोहतकको चिनोयट कोलोनीबाट हराएकी युवतीको शव ४ दिनपछि बहु अकबरपुर गाउँको नाली छेउमा फेला परेको थियो ।

    बलात्कारपछि उनको यौनाङ्गमा ढुंगा र फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचारले राष्ट्रिय मिडियामा बहसको स्थान बनाएको थियो । मृतक युवतीको परिवारलाई शोक सान्त्वना दिने क्रममा राज्य सरकारले ५ लाख भारुको सहयोग तत्काल गरेको थियो । सुन्न र बोल्नमा समस्या रहेकी सुनार युवतीको चण्डीगढस्थित पोष्टग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचार गर्न थालिएको थियो ।

    हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सीमा सिंघलले सोमबार गरेको फैसलामा अभियुक्तहरु पदम, पवन, सुनिल, सरवर, राजेश, सुनिल (माडा) र मानबीरलाई जनही १ लाख ७५ हजार रुपैया जरिवाना समेत तोकिएको छ । यी सबैजना स्थानीय खड्डीखेरि गाउँका बासिन्दा हुन् । सबैको उमेर २० वर्षभन्दा कम छ ।

    बलात्कार तथा हत्यामा संलग्न ८ जना अभियुक्तमध्ये सोमबीरले भने प्रहरी पक्राउमा परेलगत्तै आत्महत्या गरेका थिए । बलात्कारमा संलग्न प्युठान घर भएका नेपाली सन्तोषको उमेर १६ वर्ष मुनि रहेकाले उनलाई न्यायलयको नाबालिग दफाअन्तर्गत निगरानीमा राखिएको छ । अभियुक्तहरु स्थानीय पेन्टर, कार्पेन्टर र किराना पसले रहेका छन् ।

    यो घटना अनुसन्धानमा ६६ जना साक्षी प्रमाणको ९ महिना लामो बयान लिइएको थियो । अदालतको यो निर्णयमा असहमति रहेमा सजायका भागीदारले उच्च न्यायालयमा अपिल गर्न सक्ने समाचारमा जनाइएको छ ।

    महिलामाथि भइरहेको जघन्य अपराध तथा बलात्कार र हत्यासम्मका घटनाहरुमा न्यायपद्धतीका हिसाबमा ‘कडा सन्देश’ दिन न्यायधीश सिंघलले मृत्युदण्डको सजाय सुनाएको मिडियाले जनाएका छन् । ‘म एक न्यायिक अधिकारी भइकन एउटा मानवीय संवेदना बुझ्ने महिला समेत हुँ,’ न्यायधीश सिंघलले भनिन्, ‘महिलामाथि हाम्रो समाजमा भैरहेका अपराध र बिभेद हटाउन पनि न्यायिक क्षेत्रले केही कडा कदम चाल्नैपर्ने हुन्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.