पुस १९, २०७२- केही दिनदेखि रोकिएको सरकार, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीचको वार्ता आज हुने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीबीच वार्ता हुने र ६ बजे मधेसी मोर्चासहित तीन दलको वार्ता हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
जोगवनी झडपमा घाइते भएका सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएपछि आजको वार्ता नहुने अनुमान गरिएको थियो । आजको वार्तामा ४ बुँदे रोडम्याप र ११ बुँदे माग पत्रमाथि छलफल हुने बताइएको छ ।
मोर्चा नेताहरु उपेन्द्र यावद, महेन्द्र राय र लक्ष्मणलाल कर्ण काठमाडाैं बाहिर छन् । उपत्यका बाहिर रहेका एमाअोवादी अध्यक्ष पुष्पकमल दाहाल आज दिउसो काठमाडाैं फर्किदैछन् ।
ekantipur




















