×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘सरकार हामीलाई यहीं बस्न देऊ’

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    युवराज पुरी

    फोटो :प्रमुख जिल्ला अधिकारीको टोलीसँग गुनासो पोख्दै भूकम्पपछि विस्थापित भएर बाँसखर्कमा बसेका पीडित ।
    सेलाङ (सिन्धुपाल्चोक) : ‘सीडीओ साब’, हाम्रो सरकार तपाईं नै हो । हामीलाई सुरक्षित ठाउँमा बस्ने व्यवस्था हनुपर्छ’, विस्थापितका बस्तीमा पुगेका प्रमुख जिल्ला अधिकारीसामु गोल्चे गाविस १ लिदीका ८० वर्षीय दुम्बल दोङले भने, ‘सरकारले हामीलाई पहिरोमा पुरिएर मर भन्न पाउँछ ? ’
    भूकम्पपछि पहिरोको चपेटाले बर्सात्को सुरुमै गाउँ छाडेर झन्डै १३ घन्टा टाढा सेलाङ गाविसको बाँसखर्कमा बस्दै आएका दोङले चिसो बढेपछि विस्थापित परिवारका लागि राहतस्वरूप ब्ल्यांकेट लिएर गएका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीसँग सरकारले विस्थापितलाई त्यत्तिकै छाड्न नमिल्ने गुनासो गरे ।
    त्रिपालको छाप्रोमा कठ्यांग्रिएर रात काट्नुपरेको पीडा सुनाउँदै दोङले आफ्नो नाममा लिदीमा भएको सबै सम्पत्ति लिएर भए पनि सरकारले अहिले बसेकै ठाउँमा बासको व्यवस्था मिलाइदिनुपर्ने बताए ।
    भएको जमिन पहिरोले बगाएपछि सुरक्षित ठाउँ खोज्दै गुम्बा गाविसको बोल्देबाट बाँसखर्क आएर बसेकी साङ्मो दोङ गाउँ फर्कने अवस्था नभएको बताउँछिन् ।
    ‘घर पनि छैन, जग्गा पनि छैन । त्यहाँ गएर पनि के गर्ने ? ’ उनको प्रश्न छ । सातजनाको परिवारसहित शिविरमा बस्दै आएकी रिस्नुमाया तामाङ भोकले मर्नुपरे पनि पुरानो थलो नफर्कने अडानमा छिन् । उनलाई त्यहाँ फर्किएपछि पहिरोले पुर्छ भन्ने त्रास छ ।
    नेपाली भाषा बोल्न नजान्ने ६० वर्षीया वाङ्जी दोङलाई पहिरोले बगाउन लागेको आफ्नो गाउँ फर्कनुपर्ला भन्ने चिन्ता छ । ‘भूकम्पमा बाँचियो । अब त्यहाँ गएर पहिरोमा पर्नु छ र ? ’ तामाङ भाषामा उनले भनिन्, ‘खेतीपाती पहिरोले लग्यो । घर भूकम्पले लग्यो । के गर्न जानु अब त्यहाँ ? ’ उनीजस्तै ६३ वर्षीया रिल्हामु दोङ खान नपाएर मरे पनि बाँसखर्क छाडेर लिदी नजाने अडान लिन्छिन् ।
    भूकम्पले घरमात्र भत्काएन, सिंगो गाउँ धाँजा फाटेर पहिरोको चपेटामा पर्‍यो । बस्तीमा पहिरो लाग्न थालेपछि सुरक्षित ठाउँ खोज्दै १२ घन्टाभन्दा बढी हिँडेर बाँसखर्कमा आ श्रय लिइरहेकी रिल्हामु आफू मरे पनि परिवार जोगाउन यतै बस्नुपर्ने बताउँछिन् ।
    बाँसखर्कमा आ श्रय लिइरहेका विस्थापितलाई त्रिपालले नथेग्ने शीत र हिमाली सिरेटोभन्दा कुन दिन सरकारले आ श्रय लिइरहेको ठाउँबाट निकाल्ने हो भन्ने त्रासले बढी सताएको छ ।
    चिसो बढ्दै गएपछि हिमाली गाउँ बाँसखर्कमा बसेका विस्थापितका लागि प्रमुख जिल्ला अधिकारीसहित सरकारी टोली ब्ल्यांकेट वितरण गर्न गएको मौका छोपी सर्वसाधारणले बासको व्यवस्था गरिदिन आग्रह गरे ।
    प्रायः सबैले बाँसखर्क नछाड्ने आशय देखाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक विश्व कार्कीले बताए । भूकम्पपछि पहिलोपटक जिल्लाका उच्च तहका धेरै सरकारी अधिकारी आएको बेला गाउँलेले आफ्ना समस्या सुनाएका थिए ।
    भूकम्पपछि गुम्बाको बोल्दे, गोल्चेको लिदी तथा सेलाङकै विभिन्न गाउँ पहिरोको जोखिममा परेको भन्दै बाँसखर्कमा एक सय ८५ परिवार त्रिपालको छाप्रो बनाएर बसिरहेका छन् । सरकारले जग्गा दिएर व्यवस्थित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने माग बाँसखर्कमा बसेकाहरूको छ ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.