×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सरकारबाट ‘बाहिरिने’ बारे एमाओवादी छलफलमा

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रेवती सापकोटा

    फोटो :फाइल फोटो
    काठमाडौं: एमाओवादीले सरकारमा रहिरहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्ने भएको छ । सरकारबाट फिर्ता हुनसक्ने एजेन्डासहित एमाओवादीका मन्त्री र उनीहरूको अनुगमन गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको संयन्त्रको बैठक आइतबार हुँदैछ ।
    एमाओवादीले सरकारको तीनमहिने कार्यकालबारे पनि गम्भीर समीक्षा गर्न लागेको छ । सरकार गठन भएको सय दिन पुग्दासम्म पनि जनतालाई राहत दिने परिणाममुखी काम नदेखिएको भन्दै जनआक्रोश बढ्दै गएपछि एमाओवादीले सरकारको समीक्षा गर्न लागेको हो ।
    ‘सरकारमा रहने कि समर्थन कायम राखेर बाहिरिने भन्नेमा छलफल हुन्छ’, एक नेताले अन्नपूर्णसँग भने, ‘कुनै पनि कोणबाट नतिजामुखी परिणाम नदेखिएमा सय दिन पुगेलगत्तै सरकारबाट बाहिरिने निर्णय हुन पनि सक्छ ।’
    अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा भएको तीन नम्बर प्रदेशको बैठक र शनिबार इटहरीमा भएको एक नम्बर प्रदेशको बैठकमा पनि नतिजा नदेखिने हो भने पार्टी सरकारमा रहिराख्नुको औचित्य नहुने धारणा दोहोर्‍याएका छन् । ‘हामीमाथि चौतर्फी हमला भइरहेको छ । त्यसलाई छिचोलेर अगाडि बढ्नुको विकल्प छैन’, इटहरी बैठकमा दाहालले भनेका थिए ।
    दाहालले पार्टीलाई तेस्रोबाट पहिलो नम्बरमा पुर्‍याउन आफूलाई काठमाडौंभन्दा गाउँ प्यारो रहेको बताए । नेता र कार्यकर्ताबाट नेताहरू सुविधाभोगी भएको आरोप लागिरहेका बेला दाहालले आफू गाउँमा खट्न तयार रहेको बताएका हुन् । दाहालले दुई वर्षभित्र पार्टीलाई पहिलो नम्बरमा पुर्‍याउने बताउँदै आएका छन् ।
    एमाओवादीको कोचिला, लिम्बुवान र किराँत प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रममा दाहालले उक्त क्षेत्रका नेताप्रति लक्षित गर्दै भने, ‘म गाउँमा आएर खट्न चाहन्छु । मलाई काठमाडौं बस्ने रहर छैन । मलाई तपाईंहरूले गाउँमा बोलाउनुस् ।’
    सुनसरीको इटहरीमा शनिबार भएको एक नम्बर प्रदेशको दुई चरणको बैठकमा दाहालले त्यस क्षेत्रका नेता तथा कार्यकर्ताको गुनासो सुनेपछि जबाफ दिएका हुन् ।
    बाबुराम भट्टराई र मोहन वैद्यले पार्टी विभाजन गराएपछि सांगठनिक रूपमा कमजोर बनेको एमाओवादीलाई पहिलो नम्बरको पार्टीमा रूपान्तरण गर्न नेता–कार्यकर्ताले आफ्ना गल्तीकमजोरी स्वीकार गरी सच्चिएर अगाडि बढ्नुको विकल्प नरहेको दाहालले बताए ।
    दाहालका साथमा उपाध्यक्ष श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र उत्पादन ब्युरो प्रमुख लोकेन्द्र बिष्टमगरले पनि प्रशिक्षण दिएका थिए ।
    बैठकमा एक नम्बर प्रदेशका १४ जिल्लाबाट एकएकजनाले रिपोर्टिङ गरेपछि दाहालले एक घन्टा ४५ मिनेट प्रशिक्षण दिएका थिए । त्यसपछि पनि १४ जनाले पुनः अन्तरक्रियामा भाग लिएका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.