×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘राजनीति गर्दा’ खाडी मुलुकमा नेपालीलाई समस्या

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस १९, २०७२- खाडी मुलुकमा समेत गएर ‘राजनीतिक गतिविधि’ गर्न थालेपछि त्यहाँ कार्यरत नेपालीहरूको रोजगारी गुम्ने खतरा बढेको छ । विभिन्न बहानामा संगठित हुने र आफू निकट दललाई सघाउन लेबी उठाउनेजस्ता कार्य गरेपछि त्यहाँको सरकारको आँखामा नेपालीहरू परेका हुन् ।

    हरेक राजनीतिक दलले कतार, साउदी अरब, कुवेत, ओमान, बहराइनलगायत देशमा गोप्य रूपमा संगठन विस्तार गर्दै आएका छन् । रोजगारीमा गएकाबाट रकम उठाउने र त्यहाँ नेताहरू गएर भाषण गर्ने गरेकामा ती मुलुकले अनौपचारिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यस्ता गतिविधि आफ्नो देशमा पाएपछि उनीहरूले ध्यानाकर्षण गराएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । खाडीमा १० लाखभन्दा बढी नेपाली कार्यरत छन् ।

    ‘नेपालीहरू कुनै न कुनै राजनीतिक दलसँग नजिक रहने र आफ्नो दललाई सहयोग गर्न वा आफू निकट नेतालाई घुमाउन भए पनि संगठित भएर पैसा उठाउँछन् । त्यस्तो काम सांस्कृतिक, खेलकुद, चाडपर्व, दुईपक्षीय व्यापारजस्ता बहानामा गरिन्छ,’ खाडीमा काम गरेर फर्किएका परराष्ट्रका एक अधिकारीले भने, ‘यसबारे सम्बन्धित देशले जानकारी पाएकाले केही समय हेर्ने अनि चेतावनी दिनेमा जान सक्ने छन् ।’ पछिल्लो समय सांस्कृतिक कार्यक्रममा समेत उनीहरूले ख्याल गर्न थालेको ती अधिकारीले सुनाए ।

    आफ्नो देशबाट कलाकार लैजाने, सांस्कृतिक कार्यक्रम गर्ने कार्यमा नेपाली मात्र होइन अन्य मुलुकका नागरिकलाई समेत छुट दिइएको छ । गैरसरकारी संस्था वा अन्य नाममा (राजनीति झल्कने) संगठन गर्न भने दिइएको छैन । राजनीति र धर्मबारे नबोल्न सम्बन्धित मुलुकका नेपाली दूतावासहरूले समेत नेपालीलाई सचेत गराउँदै आएका छन् । खाडी मुलुकमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, मधेसी दल र अन्य साना दलका समेत भ्रातृ संगठन छन् ।

    पदमा रहेका नेपाली अधिकारीहरू भने मुख खोलेर अवस्थाको चित्रण गर्न सक्दैनन् । ‘कतै भेटघाटमा कसैसँग गुनासो गरेको भए थाहा भएन । औपचारिक रूपमा यस्तो विषय आएको छैन । रोजगारीमा जानेहरूले त्यहाँको परिस्थिति र बाध्यता बुझेकै हुनुपर्छ । खाडी मुलुकसँग नेपालको सम्बन्ध सुमधुर छ । यसलाई बिग्रन दिनु हुँदैन,’ परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले कान्तिपुरसँग भने, ‘यदि कतै उनीहरूमा राजनीतिक समस्या भए जिम्मेवार दलहरू आफैं पनि सचेत रहने बुझाइ मन्त्रालयको छ ।’

    कोरियामा अमेरिकीविरुद्ध अन्य मुलुकको जुलुसमा सामेल हुँदा एक नेपालीलाई त्यहाँको सरकारले फिर्ता पठाएको थियो । खाडी मुलुक त्यसभन्दा यस्तो मामिलामा कट्टर मानिन्छन् । कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले पनि नेपालीहरूको राजनीतिक गतिविधिप्रति सचेत गराएकोबारे अनभिज्ञता प्रकट गरे । ‘कुवेतमा त्यस्तो कुनै गुनासो आएको छैन । उनीहरूले भित्री रूपमा केही अध्ययन गरेको भए जानकारी छैन । नेपालीहरू राजनीति र धार्मिक विषयमा सचेत छन्,’ उनले टेलिफोनमा भने, ‘परिवार छाडेर काममा आएकाहरू कहिलेकाहीं सांस्कृतिक कार्यक्रम गर्ने र रमाइलो गर्ने त गर्छन्, त्यो राजनीतिक उद्देश्यले भएको हुन्न ।’

    कतारमा कार्यवाहक राजदूत भएर फर्केका कन्सुलर विभागका महनिर्देशक गणेश ढकालले भने, ‘समस्या भए कन्सुलरमा जानकारी आउनुपर्ने हो, तर आएको छैन ।’ निकै सचेत भएर नेपालीहरूले सांस्कृतिक कार्यक्रम मात्र गर्ने गरेको अनुभव आफूले पाएको उनले सुनाए ।

    साउदीमा उपप्रमुख रहिसकेका कन्सुलर विभागको उपप्रमुख रहेका हरिशचन्द्र घिमिरेले पनि राजनीतिक संगठन खाडीमा गर्न नपाउने हुनाले नेपाली सचेत नै रहेको बताए । ‘सांस्कृतिक रूपमा गरेको कामबाट त्यस्तो झल्किँदा भने समस्या पर्ने गरेको हुन सक्छ,’ उनले भने, ‘तर रोजगारी नै जाने खालको अवस्था आउँदैन ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.