पुस १८, २०७२- एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्नौ पार्टी नेतृत्वको सरकारको आलोचना गरेका छन् । यहाँ शनिवार एमालेको कोशी अञ्चल स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले सरकारले तराईमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै असन्तुष्टी ब्यक्त गरे ।
‘तराईको शान्ति सुरक्षाको अवस्था कम्जोर भएका कारण सरकारले सञ्चालन गरेको संविधानको प्रचार अभियान समेत प्रभावित भएको छ,’ खनालले भने, ‘अहिलेपनि तराईका ग्रामीण इलाका सम्म प्रचार अभियान पुगेको छैन् ।’ खनालले नाका वन्दी र बन्दको फाइदा उठाउदै कालो बजारी बढ्दा समेत सरकार मुख दर्शक भएको बसेको भन्दै प्रभावकारी काम गर्न सरकारलाई आग्रह गरे
अव सवै खाले लडाई सकीएर राष्ट्रियताको लडाईमा प्रवेश गरेको भन्दै नेता खनालले राष्ट्रियताका सवालमा आफुहरु कसैको अगाडी शिर निहुर्याउन तयार नभएको वताए । केहि मान्छेलाई चित्त बुझेन भनेर संविधान फेरी लेख्न काम नहुने उनको भनाइ थियो । ‘अव जे हुन्छ संविधान अनुसारै हुन्छ,’ उनले भने, ‘संसोधन भएपनि संविधान अनुसार हुन्छ यदी कसैलाई संविधानको पुर्नरलेखन हुन्छ भन्ने भ्रम छ भने त्यो त्यागे हुन्छ कुनै सक्तिलेपनि अव यो संविधानको पुर्नर लेखन गराउन सक्दैन ।’
एमालेका अर्का नेता माधवकुमार नेपालले पनि सरकारको काम प्रति असन्तुष्टी जनाए । ‘यो सरकारले जनमुखी काम गर्न नसकेकै हो,’ उनले भने, ‘जनताले प्रतक्ष्य अनुभुती हुने गरी काम हुनु पर्यो ।’ संविधानको तराई क्षेत्रमा गलत प्रचार गरीएको र त्यसलाई चिर्न सरकारको तर्फ वाट भएको काम पनि झारो टार्ने खालको मात्र भएको नेपालको आरोप छ । ‘संविधानका वारेमा अहिलेपनि जनतामा अन्योल छ,’ उनले भने, ‘सरकारले दुइ चार पाना छापारे सदरमुकामा केहि प्रति वितरण गर्ने काम मात्र गर्यो जसलाई संविधानमा के छ भन्ने कुरा वुझाउनु पर्ने उनीहरु अहिलेपनि बेखवर छन् ।’ नेता नेपालले हरेक नेपाली हातमा पुग्ने गरी संविधानको पुर्ण विवरण पुर्याउने पर्ने वताए ।
कुन प्रदेशमा बस्ने भन्ने अधिकार त्यही जिल्लाका बासीन्दालाई रहेको भन्दै मोरङ र सुनसरी जिल्लालाई टुक्रयाउने कि न टुक्रयाउने भन्ने अधिकारी तिनै जिल्लाका जनतामा रहेको उनको भनाइ थियो । ‘एमालेलाई मधेस विरोधी हो भन्ने भ्रम छर्न केहि सक्ती लागि परेका छन्,’ उनले भने, ‘त्यसलाई चिर्न हामीले सक्नु पर्छ ।’
ekantipur





















