×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

राहतको बजेटबाट हेलिकोप्टर

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिवप्रसाद उप्रेती

                                      फोटो : न्यानोका सामग्री ओसार्दै हेलिकोप्टर। तस्बिर: अन्‍नपूर्ण
    केरौंजा (गोरखा): भुकम्पपीडितलाई मानवीय सहायताका नाममा आएको ठूलो बजेट विभिन्न गैरसरकारी संस्थाहरूले हेलिकोप्टर चार्टर गरेर उडाइरहेका छन् । यातायातका अन्य साधन पुग्ने गाविसहरुमा पनि हेलिकोप्टर प्रयोग गरेर बजेट दुरुपयोग गरिरहेका हुन्।
    काशिगाउँ, केरौंजा, उहिया लगायतका गाविसहरुमा भुकम्पले भत्काएको बाटो मर्मत भएर खच्चर चल्न थालेको दुई महिनाभन्दा बढी भइसक्यो । ‘खच्चडले पनि बोक्छ, मान्छेले पनि बोक्छन्’, केरौंजा माविका प्रधानाध्यापक सुन्दर खनालले भने, ‘तर मानवीय सहयोगको नाममा आएको बजेट संस्थाहरुले हेलिकोप्टरमा उँडाइरहेका छन्।’
    मान्छेले बोकेमा वा खच्चडले बोकेमा कम खर्च पनि हुने, स्थानीयले आम्दानी पनि गर्न पाउनेमा त्यसो हुन नसकेको अर्का स्थानीय सुकबहादुर गुरुङको भनाइ छ।’आर्खेत, सोतीसम्म गाडीले ल्याइहाल्छ। त्यहाँबाट भरियाले बोक्न सक्छन्’ गुरुङ भन्छन् ‘तर धेरै खर्च गरेर हेलिकोप्टर उँडाइरहेका छन्। खै किन हो हामी बुझ्दैनौं।’
    उनका अनुसार केरौंजाका अधिकांश बासिन्दा पर्यटकको भारी बोक्ने गर्छन्। यो बर्ष पर्यटक आवागमन सुनसान भएकाले उनीहरु रोजगारबिहिन भएर बसिरहेका छन्।’भोटखोलामा भारी बोक्ने खच्चड पनि अहिले धेरैजसो फाल्टु बसेका छन्।
    पर्यटकको भारी बोक्ने भरियाहरु पनि फाल्टु छन्। राहतको सामान बोक्न पाए रमाएर बोक्थे। परिवार पाल्न पनि सजिलो हुन्थ्यो’ उनले भने ‘हेलिकोप्टरले एकखेपको एक लाख ५० हजार लिन्छ । मान्छेले भए एक हजारमा बोक्ने थिए।’ राहतको पैसा कसरी आएको छ, कसरी गएको छ पत्तो नभएको स्थानीयहरु बताउँछन्।
    हेलिकोप्टरले अहिले स्वीटर, ज्याकेट, कम्मल, त्रिपाल, खाना पकाउने भाँडाकुँडा, सौचालयका प्यान लगायतका सामग्रीहरु ओसारिरहेका छन् । ‘एकखेपमा करिब २० हजारको सामान बोक्छ तर हेलिकोप्टर भाडा एकलाख तिर्छ’ अर्का शिक्षक अर्जुन श्रेष्ठ भन्छन् ‘हामीले किन २० हजारको सामानलाई एकलाख खर्च गरेर बोकाउनु भएको भनेर पनि सोध्यौं। उनीहरुले छिटो सेवा दिन भनेर ढाकछोप गरे।’
    केरौंजा, काशिगाउँ, उहिया, सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र छेकम्पार गाविसमा हेलिकोप्टर चार्टर हुने गरेका हुन्। केरौंजा, उहिया, काशिगाउँ हिमाल वारिका र अरु सात गाविस हिमाल पारिका हुन्। यी गाविसहरुमा स्थानीय ब्यापारीहरुले खच्चडबाट सामान ढुवानी गरिरहेका छन्।
    भुकम्प पीडितलाई सहयोग गर्न आएको बजेट भने संघसंस्थाले हेलिकोप्टरमा चर्को भाडा तिरेर सिध्याएका छन्।’हेलिकोप्टरको यति दुरुपयोग भएको छ कि, संस्थाका तल्लो तहका कर्मचारी एक गाउँबाट अर्को गाउँ जान पनि हेलिकोप्टर चढ्छन्। कहिलेकहीं राहत सामग्री हुदैन।
    मान्छे मात्रे बोकेर पनि हेली आउँछ’ स्थानीय सोभन गुरुङ भन्छन् ‘यसरी हेली उँडाएर पैसा सिध्याउनु भन्दा बरु भुकम्प र पहिरोमा घरजग्गा सबै गुमाएकाहरुलाई जग्गा किन्दिए हुन्थ्यो, गाविस भवन छैन, हुलाक, स्वास्थ्य चौकी भवन भत्केको छ। त्यो खर्च यता गरिदिए कति राम्रो हुन्थ्यो।’ सहयोग गर्न गाउँमा आउने संस्थाहरुले ठाँटबाँट, साजसज्जामा धेरै खर्च गर्ने गरेको गाउँलेहरुको गुनासो छ।
    जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले यातायातका अन्य साधन जान सक्ने ठाउँहरुमा भरिया वा खच्चडमार्फत् बोक्ने वातावरण मिलाउन संघसंस्थाहरुलाई निर्देशन दिने बताए। स्थानीयबासीलाई आम्दानी पनि हुने र काम गर्ने बानी विकास पनि हुने भएकाले यो बिकल्प उत्तम भएको उनको भनाइ छ।
    पहिलो चरणमा राहत र उद्धारमा ९५ वटा गैरसरकारी संस्था खटिएको गोरखामा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ४५ वटा गैरसरकारी संस्थाहरुले काम गरिरहेका छन्।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.