×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ७ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रधानमन्त्रीको बोलीपछि डाङ्डुङेमा डाङडुङ

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    • ‘चलचित्र नगरी’ मा राजनीति
    – राजेन्द्र मानन्धर , दोलखा

    पुस १८, २०७२- महत्त्वकांक्षी ‘चलचित्र नगरी’ निर्माणस्थल डाङ्डुङे डाडाँबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि चलचित्र जगतलाई भन्दा बढी राजनीति जगतलाई तताएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिना सन्दर्भ नेपालकै पहिलो चलचित्र नगरी निर्माणस्थलबारे नजरअन्दाज गरिदिएपछि यो प्रसंगले राजनीतिक पाटोमा प्रवेश पाएको हो । यो विषयलाई लिएर दोलखाको कांग्रेस पार्टीले सत्ताको विरोध गर्ने गतिलो मसला ठानेको देखियो ।

    शुक्रबार संविधानबारे प्रचारात्मक कार्यक्रममा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको गाडी रोकेर असान्दर्भिक आन्दोलन गर्‍यो ।

    प्रधानमन्त्रीको पुत्ला जलाएको र मन्त्रीलाई कालो झण्डा देखाएको विषय राजनीतिक प्रदर्शनको अधिकार ठानिन्छ, हातमा चिर्पट लिएर गाडी रोक्न जानु अशान्तिपूर्ण प्रदर्शनको संकेत हो । जुन चरित्रले दोलखामा चलचित्र नगरी बनाउने दवाव भन्दा सत्ताविरोधी राजनीतिको खेतीमा परिणत गर्‍यो ।

    सामुदायिक बनले उपलब्ध गराएको १५ सय रोपनी क्षेत्रफल र डाङडङ्गे डाँडाको हजारौं रोपनी क्षेत्रको वातावरणले विश्वकै सर्वाधिक आकर्षणस्थलमा चलचित्र नगरी बन्न लोगेको पुष्टि हुन्छ । काठमाडौं उपत्यकाबाट बाहिरिएपछिका हर दृष्यहरु फिलिम सुटिङका लागि उपयुक्त छन् । प्राकृतिक बरदान ठानिने हिमाल, खोला, झरना, हिमपात, डाँडाकाडा, जंगल, बन्यजन्तु, गाउँवस्ती, मानिसका रहनसहन र संस्कृतिहरु चलचित्रका आकर्षक दृष्यहरु हुनसक्छन्, जुन दोलखाको हरस्थलमा पाउन सकिन्छ । यिनै कारणले दोलखाको सहि सुन्दरताको मूल्याङ्कन स्वीस विकासविद्ध स्वर्गीय टोनी हेगनले गरिदिएका थिए । नेपालका दिग्गज चलचित्रकर्मीहरुले गरिरहेकै छन् । त्यसैले डाङ्डुङेमा चलचित्र नगरीको प्रस्ताव भएको हो । जसलाई दोलखाली जनता र सरकारले अनुमोदन गरेर कार्य अगाडि बढिसकेको छ । जिल्ला विकास समिति, गाउँ विकास समिति र सरकारले पनि खर्च गर्न थालेको उक्त आयोजनाप्रति प्रधानमन्त्रीको अनुदारपूर्ण अभिव्यक्ति साच्चिकै दु:खदायीपूर्ण छन् ।’

    चलचित्र उद्यमले पाउने विरलै यस्ता प्रकृति दृष्यहरुले भरपुर क्षेत्रका बारेमा प्रधानमन्त्रीले बिना जानकारी बताउनु उनको कार्यक्षमतामाथिको प्रश्नचिन्ह पनि हो । हुन त आफ्नो गृह जिल्ला आएका बेला विपक्षीको अबरोधको सामना गर्नु परेका मन्त्री आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्रीको भनाइको खण्डन गर्दै दोलखामै चलचित्र नगरी बन्ने विश्वास दिलाए । सरकारको तर्फबाट डाङ्डुङ्गे डाँडामै चलचित्र नगरी बनाउने यसैवर्ष २ करोड बजेट दिने वाचा उनले गरे । एमाले पोलिटव्युरो सदस्य एवं सांसद् पशुपति चौलागाईं र एमाले केन्द्रीय सदस्य पार्वत गुरुङले पनि प्रधानमन्त्रीको भनाइको बचाउ गर्दै फिल्मसिटी बाहिर नजाने जिकिर गरे ।

    चलचित्र विकास बोर्डले प्रस्ताव गरेर सरकारले कार्य अगाडि बढाइसकेको यो विषयलाई यसअघिको सरकारले पनि छायामा राख्न खोजेको थियो । यसका अभियन्ता कलाकार मदनदास श्रेष्ठ, दोलखाका ३ जना सांसद् पशुपति चौलागाईं, आनन्दप्रसाद पोखरेले र पार्वत गुरुङ एवं केही उद्यमीहरुले पूर्वसञ्चारमन्त्री मिनेन्द्र रिजाललाई ‘चलािचत्र स्टुडियो’को फाइल अगाडि बढाउने आग्रह गर्दा प्रतिकात्मक उत्तर आएको थियो । सञ्चारमन्त्री रिजालले अलमलपूर्ण अभिव्यक्ति दिदँै घुमाउरो भाषामा डाङ्डुङेमा चलचित्र नगरीको स्वरुप दिन नसकिने नै बताएका थिए ।

    दोलखावासीको गर्वको यो विषयलाई तोडमोड गर्दै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको कानमा डाङ्डुङे डाँडाप्रति अदृष्य ढंंगले नकरात्मक चेतना भरिदिने काम भइरहकै देखिन्छ । जुन स्थानलाई वातावरणीय प्रभाव मूल्याङ्कनले पनि चलचिात्र नगरीका लागि उपयुक्त ठानेको छ । यस्ता भ्रमहरु हटाउन दोलखावासीहरु जुटेर यथार्थ प्रचार गर्नका लागि एकजुट हुन हितकर छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.