सुनसरी, पुस १८ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारसँग विमति भएपनि तत्काल सरकारबाट नबाहिरिने जानकारी दिनुभएको छ ।
एकीकृत नेकपा माओवादीका एक नम्बर प्रदेशका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा क्रममा सुनसरीको इटहरीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकारसँग विमत भएपनि सत्ता समिकरणमा असर नपर्ने बताउनुभयो ।
उहाँले मन्त्रालय फुटाएको, जम्बो मन्त्री परिषद निर्माण गरेको बिषयमा आफूहरुको एमालेसँग असहमति रहेको स्पष्ट पार्नुभयो । ओली सरकारको बिषयमा आपसी र आन्तरिक छलफल छलफल भने बृहत रुपमा चलेको उहाँले बताउनुभयो ।
प्रचण्डले तीन महिना भित्रमा प्रदेशको सीमांंकन हुनु पर्ने प्रस्तावमा मोर्चाले एक महिना भित्र हुनु पर्ने सर्त राखेको भन्दै मोर्चा सहमतिमा आए १५ दिनमै सीमांकनको विवाद पनि टुंग्याउन सकिने बताउनुभयो ।
नाकाबन्दी र मधेस आन्दोलन छिटो भन्दा छिटो समाधान हुने संकेत उहाँले गर्नुभयो । आइतबार हुने चार दलको बैठकबाट केही न केही टुंगोमा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
ujyaaloonline




















