×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

साढे ३ महिनामा नयाँ शक्तिलाई पार्टी बनाउने भट्टराईको घोषणा

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं, पुस १८ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई २०७२ सालभित्रमै आफ्नो नयाँ शक्ति अभियानलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्ने जानकारी दिनुभएको छ ।

    रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै भट्टराईले नयाँ शक्तिलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्न अहिले आफू सबै पक्षसँगको छलफलमा रहेको जानकारी दिनुभयो । आर्थिक विकासमा राजनीतिक हस्तक्षेप गर्न पनि पार्टीको रुपमा रुपान्तरण हुनु पर्ने उहाँले बताउनुभयो ।

    ‘देशको आर्थिक विकासमा राजनीतिक रुपमा हस्तक्षेप नगरे त्यो अघि बढ्न सक्दैन’ भट्टराईले भन्नुभयो ‘नयाँ पार्टीले बैकल्पिक शक्तिको रुपमा भ्रष्टाचार मुक्त भएर आर्थिक विकास र समृद्धिको लागि काम गर्छ ।’

    सीमांकनमै मुल समस्या

    समानुपातिक समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने बारेमा दलहरुबिच मोटामोटी सहमति बनिसकेको उल्लेख गर्दै मुल समस्या सीमांकनमा रहेकोले अहिले नै सहमति गरेर गए राम्रो हुने बताउनुभयो ।

    सीमांकनमा धेरै छलफल भईसकेकोले यसलाई तत्काल टुङग्याउँदा राम्रो हुने भन्दै उहाँले नभए मधेस आन्दोलन राजनीतिक दलको हातबाट अरु तिर जाने खतरा औंल्याउनुभयो । ‘सीमांकन तत्काल टुङग्याउँदा राम्रो हुन्छ’ उहाँले भन्नुभयो ‘त्यसो गरे झगडाको बिऊ बाँकी रहँदैन ।’

    पहिलो संविधानको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति र सरकारले गठन गरेको राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको वरिपरि रहेर सींमाकनमा समाधान खोजे समाधान हुन सक्ने उहाँको भनाई छ ।

    भारतसँगको कटुता तत्काल अन्य गरेर सम्बन्ध सुधार गर्नु पर्ने आवश्यकता औल्याउँदै उहाँले भारतसँगको सम्बन्धमा केही समय अवरोधमात्रै भएको उल्लेख गर्नुभयो ।

    डा. भट्टराईले नेपालको राजनीतिक अवस्थिती विशिष्ट किसिमको भएको भन्दै दुई विश्वको आर्थिक महाशक्ति हुने तरखरमा रहेकोले नेपाल दुई देशवीचको गतिशिल पुल बनेर विकासमा अघि बढ्नु पर्ने बताउनुभयो ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.