कैलासबावु श्रेष्ठ/गोरखा
पौष १८ गते । गोरखा जिल्लाको बिभिन्न स्थान बाट रोजगारीको शिलसिलामा अष्ट्रेलिया पुगेकाहरुको संस्था गोरखा सेवा समाज अष्ट्रेलियाको आउदो सनिबार अर्थात पौष २५ गते प्रथम साधारण सभा हुने भएको छ ।
नयाँ बर्ष २०१६ को शुभ कामना आदान प्रदान तथा प्रथम साधारण सभा ब्कजाष्भमि Ashfield Park, Ashfield, NSW मा हुने तयारी समेत पुरा भएको अष्ट्रेलिया बाट शिब बञ्जराले जानकारी दिए ।
जनवरी ९ अर्थात पौष २५ गते सनिबार पार्कमा १ बजे देखी ७ बजे सम्म हुने उक्त कार्यक्रममा उपस्थित भै दिनका लागि सम्पुर्ण सिड्नी बासी गोरर्खालीहरुलाई समेत आग्रह गरीएको छ ।
समाजले अहिले प्रकाश बस्ताकोटीको संयोजकत्वमा ५ सदस्यीय समितीले काम गर्दै आएको छ । प्रथम साधारण सभा बाट भने ९ सदस्यीय समितिको चयन हुने गोरखा सेवा समाज अष्ट्रेलियाले जानकारी दिएको छ ।
समाजले थप जानकारीका लागि ०४४९९४९२३२ संयोजक प्रकाश बस्ताकोटी, ०४१३१९७१६५ शिब बञ्जारा र ०४१३९२०५८६ सुरेन्द्रलाई सम्र्पक गर्न सकिने जानकारी गराएको छ ।
गोरखा सेवा समाज अष्ट्रेलियाको प्रथम साधारण सभा सनिबार हुदै
गोरखा सेवा समाज अष्ट्रेलियाको प्रथम साधारण सभा सनिबार हुदै
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















